पुनः प्रकाशन नीति
पुनः प्रकाशन नीति

पुनः प्रकाशन नीति

हिमाली जलाधार क्षेत्रले भोग्नुपरेका महत्त्वपूर्ण पर्यावरणीय चुनौतीहरूबारे साझा समझदारीको प्रवर्द्धन गर्नु हाम्रो मुख्य लक्ष्य हो । यसै लक्ष्यअन्तर्गत हामी सबैलाई हाम्रा सामग्री पुन: प्रकाशन गर्न प्रोत्साहन गर्दछौँ । पुन: प्रकाशन गर्दा निम्न नियमहरूको पालना गर्नुपर्नेछ :

अन्यत्र अरू व्यवस्था नगरिएको खण्डमा हाम्रा सबै लिखित सामग्री क्रिएटिभ कमन्स Attribution-NonCommercial-NoDerivatives 4.0 International (CC BY NC ND) लाइसेन्सअन्तर्गत पुन: प्रकाशन गर्न सकिन्छ ।

ग्राफिक, तस्बिर, भिडियो तथा पडकास्टजस्ता मल्टिमिडया सामग्रीको हकमा तल दिइएको मल्टिमिडिया खण्ड हेर्नुहोस् :

यो लाइसेन्सअन्तर्गत तपाईँले हाम्रा सामग्री हामीलाई सूचित नगरी वा हाम्रो सहमति नलिई पनि अनलाइन वा प्रिन्टमा प्रकशन गर्न पाउनुहुन्छ । तर यसो गर्दा तपाईँले सो सामग्री हाम्रो वेबसाइटबाट लिइएको हो भनेर जनाउनुपर्ने र अनलाइनको हकमा हाम्रो वेबसाइटको लिङ्क पनि सामग्रीसँगै राख्नुपर्नेछ । तपाईँले आर्थिक लाभका लागि हाम्रो सामग्री प्रयोग गर्न पाउनुहुनेछैन । त्यस्तै यसलाई परिवर्तन पनि गर्न पाउनुहुन्न ।

स्रोतबारे जानकारी (एट्रिब्युसन)

हाम्रो सामग्री पुन: प्रकाशन गर्दा सम्बन्धित लेखकको बाइलाइन दिनुपर्नेछ र सामग्रीको सुरुमा नै यो सामग्री द थर्ड पोलबाट लिइएको हो भनेर दर्साउनुपर्नेछ । यहाँ हाम्रो वेबसाइट खुल्ने गरी लिङ्क पनि प्रदान गर्नुपर्नेछ । उदाहरणका लागि : ‘द थर्ड पोलमा प्रकाशित यो आलेख क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत यहाँ पुन: प्रकाशित गरिएको हो ।’

आर्थिक लाभ लिन नहुने

हाम्रा आलेखहरू सम्पादकीय रूपमा मात्र प्रयोग गर्न पाइन्छ । यसलाई कुनै पनि तरिकाले पैसा कमाउन प्रयोग गर्न पाइँदैन । हाम्रो लिखित अनुमतिबिना कुनै आलेख बेच्न वा पेवालभित्र राख्न पाइँदैन । विज्ञापन भएका पेजहरूमा हाम्रा आलेख पुन: प्रकाशित गर्न पाइन्छ, तर तिनको प्रयोग गरेर विज्ञापन गर्न पाइँदैन ।

संशोधन गर्न नपाइने 

कुनै पनि आलेखको शीर्षकबाहेक अरू कुनै पनि कुरा संशोधन गर्न पाइँदैन । सम्पादकीय शैलीका कारण समय र स्थान जनाउने शब्दहरू परिवर्तन गर्नुपरेमा भने त्यसो गर्न पाइन्छ । आलेखमा ‘हिजो’ भनिएको भए समयअनुसार त्यसलाई ‘गत हप्ता’ मा परिवर्तन गर्न पाइन्छ भने ‘काठमाडौँ’ लेखिएकोमा ‘यहाँ’ भनेर भन्न पाइन्छ । त्यस्तै आलेखभित्रै ‘द थर्ड पोल’ उल्लेख भएमा त्यसलाई हटाउन सकिनेछ । उदाहरणका लागि, ‘अनुसन्धानकर्ताले द थर्ड पोललाई बताए’ लाई ‘अनुसन्धानकर्ताले बताए’मा परिवर्तन गर्न सकिन्छ । आलेखभित्र रहेका हाम्रा साझेदार वेबसाइटहरूको लिङ्क हटाउन पाइँदैन । तर, अरू वेबसाइटहरूका लिङ्कहरू भने हटाउन पाइनेछ । यदि कसैले कुने आलेख कुनै भाषामा अनुवाद गर्न चाहन्छ भने हामी त्यसको स्वागत गर्दछौँ, तर यसरी गरिएको अनुवाद सक्कल आलेखको मर्मविपरीत हुनुहुँदैन ।

मल्टिमिडिया सामग्री 

मल्टिमिडिया सामग्री भन्नाले ग्राफिक, तस्बिर, भिडियो, पोडकास्ट तथा अडियो रेकर्डिङ बुझिन्छ ।

सामग्री उत्पादकको नामसहित ‘प्रतिलिपि अधिकार सङ्केत’ (© ) भएका मल्टिमिडिया सामग्री उत्पादकको अनुमतिले हाम्रो वेबसाइटमा प्रकाशित गरिएको हो भन्ने बुझ्नुपर्दछ । यस्तो सामग्री  क्रिएटिभ कमन्स लाइसेन्सभित्र पर्दैन र यसलाई पुन: प्रकाशन गर्न पाईँदैन । यदि तपाईँ प्रतिलिपि अधिकार भएको सामग्रीसहितको कुनै पनि आलेख प्रकाशन गर्न चाहनु हुन्छ भने प्रतिलिपि अधिकार जनाइएको सामग्रीबाहेकको  आलेख पुन: प्रकाशन गर्न सक्नुहुनेछ ।

ग्राफिक / तस्बिर :

यदि कुनै ग्राफिक (स्थिर/स्टाटिक वा अन्तःक्रियात्मक/इन्टर्‍याक्टिभ)मा स्रोत उल्लेख गरिएको छैन वा हाम्रो कुनै लोगो दिइएको छ भने त्यो सामग्री हाम्रो हो र त्यसलाई क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा यसरी स्रोत उल्लेख गर्नुपर्दछ :

  • तस्बिर : द थर्ड पोल
  • तस्बिर : सामग्री उत्पादकको नाम / द थर्ड पोल

यस्तो खालको सामग्रीलाई सँगै प्रकाशित आलेखसित वा छुट्टै प्रकाशन गर्न सकिन्छ । तर लाइसेन्सका नियमहरूको पालना भने गर्नुपर्नेछ । यदि पहिले प्रकाशित आलेखसित नै प्रकाशन गर्ने हो भने त्यहाँ जसरी स्रोत उल्लेख गरिएको छ, त्यसरी नै गर्नुहोस् । तर यदि छुट्टै प्रकाशन गर्दै हुनुहुन्छ भने लिङ्कसहित स्रोत उल्लेख गर्नुहोस् । त्यसो गर्दा यो शैली अनुशरण गर्नुहोस् : सामग्री उत्पादकको नाम / द थर्ड पोल, CC BY NC ND

यदी तपाईँलाई उच्च गुणस्तरको सक्कल तस्बिरको फाइल चाहिन्छ भने हामीलाई [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ ।

तल उल्लेखित ढङ्गले स्रोत उल्लेख गरिएका स्टाटिक मल्टिमिडिया सामग्रीका आफ्नै नियमहरू छन् :

यस्तो सङ्केत भएका तस्बिरहरू हामीले अलामीबाट ‘सीमित प्रयोग’ लाइसेन्सअन्तर्गत खरिद गरेका हौँ । अलामीसितको हाम्रो सम्झौताअनुसार हाम्रा आलेखहरूसित प्रकाशित उसका तस्बिरहरू हाम्रा आलेख पुनः प्रकाशन गर्दा प्रयोग गर्न पाइन्छ, तर छुट्टै भने प्रकाशन गर्न पाइँदैन । पुनः प्रकाशन गर्दा पनि क्रिएटिभ कमन्सका सर्तहरू लागू हुनेछन् र उचित तरिकाले स्रोत खुलाइएको हुनुपर्दछ ।

  • ‘Image: सामग्री उत्पादकको नाम / स्रोत अथवा संस्था

हामीले कहिलेकाहिँ विभिन्न संस्थाहरूबाट अनुमति प्राप्त गरी उनीहरूले उत्पादन गरेका सामग्री क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत ‘सीमित प्रयोग’का लागि सार्वजनिक गर्दछौँ । यस्ता तस्बिरहरू हाम्रा आलेख पुनः प्रकाशन गर्दा प्रयोग गर्न पाइन्छ, तर छुट्टै भने प्रकाशन गर्न पाइँदैन । पुनः प्रकाशन गर्दा पनि क्रिएटिभ कमन्सका सर्तहरू लागू हुनेछन् र उचित तरिकाले स्रोत खुलाइएको हुनुपर्दछ ।

  • ‘Image: सामग्री उत्पादकको नाम / स्रोत अथवा संस्था  CC BY (अथवा यस्तै शैलीमा केही )

हामीले क्रिएटिभ कमन्सका विभिन्न लाइसेन्सहरूअन्तर्गत रही बाह्य स्रोतहरूबाट तस्बिरहरू प्राप्त गर्दछौँ । लाइसेन्सका नियमहरूको पालना गर्दै यस्ता तस्बिरहरूलाई सम्बन्धित आलेखहरूसित प्रकाशन गर्न पाइन्छ र आलेखमा जसरी नै स्रोत खुलाउनु जरुरी छ । छुट्टै प्रयोग गर्ने हो भने स्रोतमा भनिएबमोजिम स्रोत खुलाउनु जरुरी छ ।

भिडियोहरू

अन्त कतै अरू कुरा नगरिएसम्म यो वेबसाइटमा भएका सबै भिडियोहरू हाम्रा हुन् । हामी हाम्रा भिडियोहरू सेयर गर्न र यसमा पुनः काम गर्न तपाईँलाई प्रोत्साहन गर्दछौँ । सबै भिडियोहरू Creative Commons Attribution Non-Commercial (CC BY NC) अन्तर्गत सार्वजनिक गरिएका छन् । तपाईँले आर्थिक लाभका लागि भिडियोको प्रयोग नगर्दासम्म द थर्ड पोल र भिडियो निर्मातालाई उचित श्रेय दिएर यी भिडियोहरूलाई पुनः प्रकाशन र पुनः प्रयोग गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि, यदि तपाईँले यो  भिडियो पुनः प्रयोग गर्दै हुनुहुन्छ भने यसरी स्रोत उल्लेख गर्नुहोस् : यो द थर्ड पोलको फिल्म रकिब हमिद नायकद्वारा निर्देशन, छायाङ्कन र सम्पादन गरिएको हो । यसकलाई क्रिएटिभ कमन्स लाइसेन्सअन्तर्गत सार्वजनिक गरिएको हो ।

पुनः सम्पादन गरिएका भिडियोहरूमा पनि यसरी नै स्रोत उल्लेख गर्नुहोस् ।

फुटेजका फाइलहरू प्राप्त गर्न चाहनुहुन्छ भने [email protected] मा सम्पर्क गर्नुहोला ।

पोडकास्ट

हाम्रा पोडकास्टहरू हाम्रा आलेखहरूजस्तै क्रिएटिभ कमन्स लाइसेन्स अन्तर्गत पुनः प्रसारण गर्न सकिन्छ । तर यसलाई परिवर्तन गर्न भने पाइँदैन । साथैमा रहेका अन्य सामग्रीहरूसित वा छुट्टै प्रकाशित गर्दा लाइसेन्सका नियमहरूको भने पालना गर्नुपर्नेछ ।

 

एसियाको पानी संकटबारेको समाचार सिधा आफ्नो इनबक्समा पाउनुहोस् सब्सक्राइब गर्नुहोस्