गोपनीयता
गोपनीयता

द थर्ड पोलको गोपनीयतासम्बन्धी जानकारी

यो गोपनीयतासम्बन्धी जानकारीले तपाईँलाई चाइना डाइलग ट्रस्टले तपाईँको व्यक्तिगत विवरण लियो भने त्यसलाई कसरी व्यवस्थापन गर्छ भन्ने जानकारी प्रदान गर्दछ ।

हाम्रा वेबसाइटहरूका आगन्तुक

कसैले हाम्रा कुनै पनि वेबसाइटहरू (www.chinadialogue.netwww.chinadialogueocean.netwww.thethirdpole.net, www.indiaclimatedialogue.net, www.dialogochino.net) भिजिट गर्दा प्रयोगकर्ताको क्रियाकलापसम्बन्धी सूचनाहरू सङ्कलन गर्दछौँ । वेबसाइटका विभिन्न भागहरूको कति प्रयोग भइरहेको छ भन्ने हेर्न हामीले यो सूचनाको प्रयोग गर्दछौँ । यसरी सङ्कलित सूचना कुनै व्यक्तिलाई किटेरै पहिचान गर्न नसकिने हिसाबले प्रशोधन गरिएको हुन्छ । हामी कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण पत्ता लगाउने कोसिस गर्दैनौँ र गुगललाई पनि यसो गर्न दिँदैनौँ । 

चाइना डाइलग ट्रस्टद्वारा कुकिजको प्रयोग 

हामीले कुकिजको प्रयोग कसरी गर्छौँ भन्ने जान्न हाम्रो  कुकिज नीति पढ्नुहोस् । 

सर्च इन्जिन

हाम्रा वेबसाइटहरूमा भएका सर्चसित सम्बन्धित कार्यहरू वर्डप्रेसको माध्यमबाट सञ्चालित छन् । 

हामी  तपाईँले गर्ने सर्चहरूको एउटा अभिलेख राख्छौँ, जसले हामीलाई हाम्रो वेबसाइटमा सर्च कार्यको प्रभावकारिता बढाउन सहयोग गर्दछ । कुनै पनि प्रयोगकर्ताले हाम्रो वेबसाइटमा आई सर्च गरेको कुराको व्यक्तिगत विवरण न चाइना डाइलग ट्रस्टले सङ्कलन गर्दछ, न अन्य तेस्रो पक्षले नै ।

प्रतिक्रिया 

द थर्ड पोल वेबसाइटमा भएको प्रतिक्रिया जनाउन मिल्ने सुविधा वर्डप्रेसमा आधारित छ । 

हामी हाम्रो वेबसाइटमा प्रतिक्रिया जनाउने प्रयोगकर्ताहरूको नाम र आईपी ठेगाना भण्डारण गर्ने गर्दछौँ । वेबसाइटमा प्रतिक्रिया प्रकाशित हुँदा नामसँगै प्रकाशित गर्नका लागि यसो गरिएको हो । स्पामरहरूलाई रोक्नका लागि र साँच्चिकैका प्रयोगकर्ताहरूलाई मात्र प्रतिक्रिया जनाउन दिन आईपी ठेगाना भण्डारण गरिने गरिएको हो । वेबसाइटमा स्पामलाई रोक्न हामीले आकिस्मेटको प्रयोग गर्दछौँ । थप जानकारीका लागि  अकिस्मेटको गोपनीयतासम्बन्धी सूचना पढ्नुहोस् । 

न्युजलेटर

पाठकहरूलाई मासिक न्युजलेटर पठाउन हामी एउटा तेस्रो पक्षको सेवा (मिलचिम्प) को प्रयोग गर्दछौँ । हाम्रो न्युजलेटर कतिले खोले र पढे भनेर हेर्न हामी प्रकाशन उद्योगमा प्रयोग हुँदै आएको प्रविधिको प्रयोग गर्दछौँ । थप जानकारीका लागि मेलचिम्पको गोपनीयतासम्बन्धी सूचना पढ्नुहोस् ।

होस्टिङ

हाम्रा सर्भरहरूमा रहेका सूचनाहरू हाम्रा वेबसाइटहरूको सञ्चालनका लागि चाइना डाइलग ट्रस्टको स्वामित्वमा रहेका छन् । यी सूचनाहरू कुनै पनि होस्टिङ कम्पनीले विश्लेषण, वितरण वा किनबेच गर्दैनन् ।

  • www.thethirdpole.net ग्रिनहोस्टले होस्ट गर्दछ । ग्रिनहोस्टको गोपनीयता नीति यहाँ पढ्नुहोस्
  • www.chinadialogue.net एमेजन वेब सर्भिसेजले होस्ट गर्दछ । कम्पनीको  गोपनीयता नीति यहाँ पढ्नुहोस्
  • www.chinadialogueocean.net, www.indiaclimatedialogue.netwww.chinadialoguetrust.org कुआलोले होस्ट गर्दछ । कम्पनीको गोपनीयता नीति यहाँ पढ्नुहोस्
  • www.dialogochino.net 34SP.com ले होस्ट गर्दछ । 34SP’s को गोपनीयता नीति यहाँ पढ्नुहोस्

चाइना डाइलग ट्रस्टका दाताहरू

चाइना डाइलग ट्रस्टलाई कसैले विद्युतीय माध्यमबाट अनुदान दिन चाहन्छ भने त्यस्तो व्यक्तिलाई पेपाल सेवामार्फत् सहयोग प्रदान गर्ने व्यवस्था मिलाइएको छ । पेपालमा आफ्नो ठेगाना, कार्डको विवरण, बिलिङ ठेगाना, इमेल र सम्पर्क नम्बर हाल्नुपर्ने हुन्छ । यस्तो सूचना पेपालमा भण्डारण गरिएको हुन्छ र चाइना डाइलग ट्रस्टले त्यसलाई पेपालबाट प्राप्त गर्दछ । भविष्यमा सम्पर्क गर्नका लागि हामीले दाताहरूको नाम र इमेल ठेगाना रेकर्ड गरेर राख्दछौँ । भविष्यमा सम्पर्कमा आउन नचाहने दाताहरूले कुनै पनि बखत त्यसको जानकारी गराउन सक्नुहुनेछ । पेपालले कसरी  व्यक्तिगत सूचनाको प्रयोग र भण्डारण गर्छ भन्ने जान्नका लागि उसको गोपनीयतासम्बन्धी जानकारी पढ्नुहोस् ।

पाठकहरूमाझ गरिने सर्वेक्षण

हाम्रो वार्षिक पाठक सर्वेक्षणका लागि हामीले सर्भे मङ्की प्रयोग गर्ने गरेका छौँ । यसमा पाठकहरू आफ्नै इच्छाले सहभागी हुन्छन् । सर्वेक्षणका क्रममा सर्भे मङ्कीले सङ्कलन गरेका सूचना (एकै यन्त्रबाट धेरै पटक सर्वेक्षणमा भाग नलिऊन् भन्ने उद्देश्यले सङ्कलन गरिएको आईपी ठेगानासहित) दुई वर्षसम्म भण्डारण गरिनेछ । यो सूचना चाइना डाइलग ट्रस्टले आफ्ना सेवाहरूको गुणस्तर सुधार्न र आफ्ना साझेदार तथा दाताहरूलाई पाठकहरूका रुचिबारे बताउन प्रयोग गर्न सक्दछ । तेस्रो पक्षलाई दिइने सूचनामा कुनै पनि प्रयोगकर्ताको व्यक्तिगत विवरण उपलब्ध गराइनेछैन । सर्भे मङ्कीका बारेमा थप जान्नका लागि उसको  गोपनीयतासम्बन्धी जानकारी पढ्नुहोस् ।

चाइना डाइलग ट्रस्टका सेवा प्रयोग गर्ने मानिसहरू

न्युजलेटरजस्ता सेवा दिनका लागि हामीले प्रयोगकर्ताहरूका केही विवरणहरू आफूसित राख्नुपर्ने हुन्छ । तर हामीले यस्तो सूचना सम्बन्धित व्यक्तिले कुन प्रयोजनका लागि दिएको हो, त्यही वा त्यससित मिल्दोजुल्दो प्रयोजनका लागि मात्रै प्रयोग गरिनेछ । उदाहरणका लागि हाम्रो न्युजलेटर पढ्ने पाठकहरूलाई हामी आफ्नो पाठक सर्वेक्षणमा समावेश गराउन सक्नेछौँ । यदि कसैले हाम्रो वेबसाइटको कुनै सेवा सब्स्क्राइब गर्छ भने उसलाई त्यस्तो सेवा पाउन बन्द गराउने विकल्प पनि सहज तरिकाले सधैँ दिइन्छ ।

चाइना डाइलग ट्रस्टमा रोजगारीका लागि आवेदन दिनेहरू, हालका र भूतपूर्व कर्मचारीहरू

अन्त कतै अरू अर्थ नलागेमा तपाईँले दिने सूचनाको नियन्त्रक चाइना डाइलग ट्रस्ट हो । यो प्रक्रियाबारे थप जानकारी चाहिएमा  [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ ।

रोजगारीका आवेदकहरू

तपाईँले दिने सूचना हामीले कसरी व्यवस्थापन गर्छौँ ?

तपाईँले दिने सूचना तपाईँको आवेदन हेर्न र नियामक निकायका सर्तहरू पालना गर्न मात्रै प्रयोग हुनेछन् ।

तपाईँले हामीलाई दिनुभएको सूचना हामी कुनै तेस्रो पक्षलाई दिनेछैनौँ । तपाईँले विद्युतीय रूपमा होस् वा भौतिक रूपमा, हामीलाई बुझाउनुभएको सूचना हामी सुरक्षित तरिकाले राख्नेछौँ ।

तपाईँले हामीलाई दिनुभएको सम्पर्क ठेगाना तपाईँको आवेदनलाई अघि बढाउन प्रयोग गरिनेछ । तपाईँले दिनुभएको थप जानकारी तपाईँको आवेदनको मूल्याङ्कन गर्नका लागि प्रयोग गरिनेछ ।

हामी कस्तो सूचना किन माग्छौँ ?

हामी चाहिनेभन्दा बढी सूचना माग्दैनौँ र चाहिनेभन्दा बढी समय यस्तो सूचना भण्डारण गरेर पनि राख्दैनौँ ।

हामीले तपाईँसँग माग्ने सूचना तपाईँको आवेदनको मूल्याङ्कन गर्न प्रयोग गर्दछौँ । हामीले भनेकै सूचना तपाईँले उपलब्ध गराउनु पर्छ भन्ने छैन । तर तपाईँले यस्तो सूचना उपलब्ध गराउनुभएन भने तपाईँको आवेदनमा असर पर्न सक्दछ ।

आवेदन चरण 

यो चरणमा हामीले तपाईँलाई तपाईँको नाम र ठेगानासहितको व्यक्तिगत विवरण माग्छौँ । हामी तपाईँलाई तपाईँको अनुभव, शिक्षा र सिफारिसकर्ताहरूका बारेमा सोध्नेछौँ । तपाईँले आवेदन दिनुभएको पदसँग सम्बन्धित प्रश्नहरूको उत्तरसमेत तपाईँले दिनुपर्ने हुन सक्छ । हाम्रो पदपूर्ति समितिलाई यी सबै सूचनामा पहुँच हुनेछ । तर यो सूचना तपाईँलाई व्यक्तिगत रूपमा पहिचान गर्न सकिने गरी समितिबाहिरका कर्मचारीलाई दिइनेछैन । 

परीक्षा

छनोटका क्रममा हामीले तपाईँका विभिन्न परीक्षाहरू लिन सक्नेछौँ जसका दौरान तपाईँ र हामी दुबैले सूचना उत्पादन गर्नेछौँ । उदाहरणका लागि तपाईँले केही लिखित परिक्षाहरू दिनुहुनेछ र हामीले अन्तर्वार्ताका क्रममा केही नोट लिनेछौँ । यो सूचना चाइना डाइलग ट्रस्टको नियन्त्रणमा रहन्छ । यदि तपाईँ छनोटमा पर्न असफल हुनुभयो भने तपाईँको विवरण हामीसित छ महिनाका लागि रहनेछ ।

ससर्त अफर

यदि हामीले तपाईँलाई रोजगारीका लागि ससर्त अफर दियौँ भने नोकरी अवधि सुरु हुनुअघि केही जाँचका लागि तपाईँसित थप सूचना लिन सक्छौँ । अन्तिम अफर पाउनका लागि तपाईँले यी सबै जाँचहरू उत्तीर्ण गर्नुपर्ने हुन्छ । कुनै पनि नयाँ कर्मचारी भर्ना गर्दा हामीले निजको पहिचान र उनीहरूको संयुक्त अधिराज्यमा काम गर्न पाउने अधिकारका साथै निजको विश्वसनीयता, निष्ठा र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने हुन्छ ।

त्यसैले तपाईँले हामीलाई निम्न कागजातहरू उपलब्ध गराउनुपर्नेछ :

  • तपाईँको पहिचान खुल्ने कागजात –सक्कल लिएर हाम्रो कार्यालय आउनुपर्नेछ, हामीले नक्कल राख्नेछौँ  ।
  • तपाईँको शैक्षिक योग्यताको प्रमाण –सक्कल लिएर हाम्रो कार्यालय आउनुपर्नेछ, हामीले नक्कल राख्नेछौँ  ।
  • हामीले तपाईँले छनोट गर्नुभएका सिफारिसकर्ताहरूलाई तपाईँबारे बुझ्न सम्पर्क गर्नेछौँ ।

हामीले अन्तिम अफर दियौँ भने निम्न कागजातहरू बुझाउनुपर्नेछ :

  • तलब दिनका लागि ब्याङ्क खाताको विवरण
  • आपतकालीन सम्पर्क विवरण –कामका क्रममा केही आपतकालीन स्थिति सिर्जना भएमा
  • तपाइँको निवृत्तिभरण योजना (पेन्सन स्किम)बारेका कागजात

यदी तपाईँले सबै चरण पार गरेर हामीसित काम गर्न थाल्नुभयो भने तपाईँले आवेदन प्रक्रियामा बुझाउनुभएका कागजातहरू तपाईँको कर्मचारी फाइलमा राखिनेछ र तपाईँको सेवा अवधिभर र त्यसको छ वर्षसम्म यो सूचना हामीले राख्नेछौँ ।

यो चरणमा तपाईँ असफल हुनु भयो भने तपाईँको विवरण छ महिनासम्मका लागि भण्डारण गरिनेछ ।

पूरै प्रक्रियाका क्रममा उत्पन्न भएका सूचनाहरू (जस्तै अन्तर्वार्ताका क्रममा लिइएका नोटहरू) हामीले छ महिनासम्म राख्छौँ ।

समान अवसरसम्बन्धी सूचना तपाईँ सफल वा असफल जे भए पनि छ महिनासम्म हामीले राख्नेछौँ ।

वर्तमान र भूतपूर्व कर्मचारीहरू

हाम्रा कर्मचारीहरूको काम, प्रशिक्षण र विकासबारे हामी अभिलेख राख्दछौँ । यसो गर्नाले हामीले उनीहरूसितको करारमा रहेको दायित्व पूरा गर्न सक्दछौँ । त्यसका लागि हामीले निम्न अभिलेखहरू राख्ने गर्दछौँ :

  • तालिम
  • कार्य सम्पादन मूल्याङ्कन
  • बिदा र बिरामी बिदा
  • गुनासो तथा अनुशासन

तपाईँको रोजगारीको अवधि समाप्त भइसकेपछि पनि भविष्यमा कुनै सिफारिस चाहिएमा बनाउनका लागि तपाईँको विवरण अभिलेखमा राखिनेछ ।

यदि तपाईँ चाइना डाइलग ट्रस्टको कर्मचारी हुनुहुन्छ भने तपाईँको विवरण हाम्रो लेखा सफ्टवेयर जेरोलाई र तपाईँको पारिश्रमिक दिने ब्याङ्कलाई प्रदान गरिने गरिएको हुनेछ । सन् २०१८भन्दा अघिका कर्मचारीहरूको विवरण (नाम, जन्म मिति, ठेगाना, ब्याङ्क विवरण, बिमाङ्क नम्बर र पारिश्रमिक) मनिसफ्ट पेरोल म्यानेजर सफ्टवेयरमा राखिएको थियो । त्यस्तै चाइना डाइलगको निवृत्तिभरण योजना सञ्चालन गर्ने अभिभालाई योग्य कर्मचारीहरूको विवरण उपलब्ध गराइएको छ ।

फ्रिलान्स कर्मचारीहरूका हकमा भने उनीहरूको विवरण न अभिभा न मनिसफ्टलाई उपलब्ध गराइएको छ । तर तपाईँको नाम, ठेगाना तथा ब्याङ्क विवरण हाम्रो एकाउन्टिङ सफ्टवयरमा भने राखिएको छ । नियामक निकायलाई चाहिने समयसम्म यो सूचना हामीले राख्नेछौँ । हाल यो अवधि छ आर्थिक वर्ष ताेकिएको छ ।

कुनै आपतकालीन अवस्थामा तपाईँका परिवार वा साथीभाइलाई सम्पर्क गर्नुपर्ने हुन सक्छ । यसका लागि हामी तपाईँसित आपतकालीन स्थितिमा सम्पर्क गर्ने व्यक्तिको विवरण माग्दछौँ । यो सूचना कर्मचारीहरूले मात्र हेर्न मिल्ने ड्राइभमा राखिनेछ । यसो गर्नु हाम्रो करारसिर्जित दायित्व नभएकाले तपाईँले यस्तो सूचना हामीलाई उपल्ब्ध गराउनु भयो भने मात्र हामी त्यसलाई भण्डारणा गर्छौँ । कुनै पनि समयमा तपाईँले यो सूचना हाम्रो अभिलेखबाट हटाउन पाउनुहुनेछ । यो सूचना तपाईँको सेवा अवधि सक्किएपछि हाम्रो अभिलेखबाट हटाइनेछ ।

स्वयंसेवक

अवैतनिक रूपमा काम गर्ने स्वयंसेवकहरूले आफ्नो खर्चको भर्पाईका लागि ब्याङ्क विवरण पेश गर्नु पर्नेछ । यो सूचना हाम्रो एकाउन्टिङ सफ्टवेय जिरो र पैसाको कारोबार गर्न ब्याङ्कलाई प्रदान गरिनेछ ।  नियामक निकायलाई चाहिने समय सम्म यो सूचना हामीले राख्ने छौँ । हाल यो अवधि ६ आर्थिक वर्ष तिकोएको छ ।

तपाईँका अधिकार

सूचना संरक्षण ऐन १९९८ अन्तर्गत तपाईँका बारे हामीसित हुने सूचना बारे तपाईँले आफ्ना अधिकारहरूको प्रयोग गर्न पाउनु हुनेछ । 

यी अधिकारहरूबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् :

गुनासो वा जिज्ञासा  

चाइना डाइलग तपाईँको सूचनाको सुरक्षाप्रति चनाखो छ भने व्यक्तिगत विवरण सङ्कलन र प्रयोग गर्दा उच्च सतर्कता अपनाउँदछ । यदि तपाईँलाई हामीले प्राप्त सूचनाको अनुचित प्रयोग गरेका छौँ भन्ने लागेमा हामीलाई सिधै [email protected] मा जानकारी गराउन सक्नुहुनेछ ।

यस गोपनीयतासम्बन्धी सन्देशले चाइना डाइलग ट्रस्टले सूचनाको प्रयोग कसरी गर्छ भनेर सम्पूर्ण विवरण दिँदैन । त्यसलाई यहाँ प्रस्तुत गर्न छोटो र छरितो बनाइएको हो । यदि यसका बारेमा विस्तृत जानकारी चाहिएमा हामीलाई माथि उल्लेखित इमेलमा सम्पर्क गर्न सक्नुहुनेछ ।

हामीले गर्ने गरेको व्यक्तिगत विवरणको व्यवस्थापनबारे तपाईँलाई कुनै गुनासो छ भने हामीलाई माथिको इमेल ठेगाना वा तल दिइएको पूर्ण ठेगानामा लेख्न सक्नुहुन्छ । तपाईँले बेलायतको सूचनासम्पूर्ण नियामक निकाय सूचना आयुक्तको कार्यालयलाई www.ico.org.uk/concerns मा सिधै सम्पर्क गर्न सक्नुहुन्छ । 

व्यक्तिगत सूचनामा पहुँच 

यदि कुनै व्यक्तिलाई निजका बारेमा हामीसित कुनै व्यक्तिगत विवरण छ कि छैन भनेर जान्न मन लागेमा हामीलाई एउटा ‘सब्जेक्ट एक्सेस रिक्वेस्ट’ पठाउन सक्नेछ । यदि सो व्यक्तिका बारेमा हामीसित कुनै विवरण छ भने त्यस्तो विवरणबारे निम्नलिखित बुँदाहरूमा आधारित भएर जानकारी प्रदान गर्नेछौँ :

  • त्यसको व्याख्या
  • हामीले सो विवरण राख्नुको कारण
  • विवरण ककसलाई दिन सकिन्छ 
  • तपाईँलाई कसरी सो विवरण उपल्ब्ध गराउन सकिन्छ 

यस्तो ‘सब्जेक्ट एक्सेस रिक्वेस्ट’ [email protected] मा लिखित रूपमा पठाउनुपर्नेछ ।

अरू वेबसाइटहरूका लिङ्कहरू

यो गोपनीयतासम्बन्धी सन्देश यो वोबसाइटमा भएका अन्य वेबसाइटहरूका लिङ्कहरूका हकमा लागू हुनेछैन । यदि तपाईँ हाम्रो वेबसाइटमार्फत् कुनै अर्को वेबसाइटमा प्रवेश गर्दै हुनुहुन्छ भने सो वेबसाइटको पनि गोपनीयतासम्बन्धी नीति पढ्नुहोला ।

गोपनीयतासम्बन्धी सन्देशमा संशोधन 

हामीले समयसमयमा यो गोपनीयतासम्बन्धी सन्देश पुनरावलोन गर्ने गरेका छौँ । यो सूचना पछिल्लो पटक २९/०१/२०२१ मा अद्यावधिक गरिएको थियो ।

Contact Details

सम्पर्क ठेगाना

By email:

[email protected]

इमेल

[email protected]

By post:

China Dialogue Trust

15 Printing House Yard

Perseverance Works

London

E2 7PR

United Kingdom

पत्राचार ठेगाना

चाइना डाइलग ट्रस्ट

१५ प्रिन्टिङ हाउस यार्ड

पर्सिभेरान्स वर्क्स

लन्डन

ई२ ७पीआर

संयुक्त अधिराज्य

By telephone:

+44 (0) 20 7683 2985

फोन

‌+४४ (०) २० ७६८३ २९८५

 

The Third Pole's most important stories delivered to your inbox in our fortnightly newsletter Subscribe now