लेख प्रस्ताव गर्नुहोस्
लेख प्रस्ताव गर्नुहोस्

हाम्राे लागि लेख्नुहाेस्

डाएलग अर्थ एउटा स्वतन्त्र गैर नाफामूलक समाचार साइट हाे जस्ले विश्वभरीका विभिन्न ठाउँबाट स्थानीय अावाजहरूलाइ विश्वव्यापी रूपमा पाठकसमक्ष पुर्याउँदछ । हामीले अंग्रेजी, चाइनीज, स्पानिस, पाेर्तुगीज, हिन्दी, उर्दु, नेपाली र बंगाली भाषामा समाचार, विचार र विश्लेषण छाप्छाैं।

हामीलाइ १००० देखी १५०० शव्दका लेख तथा कथाहरु पत्रकार र विषेशज्ञहरूले हामीलाइ पठाउन सक्नुहुन्छ । हामीले लेख तथा कथाहरु सम्पादन गरेर छाप्छाै । लेख तथा कथाहरु हाम्रा लागि नै लेखिएकाे हुनुपर्नेछ भने पुराना लेख तथा कथाहरू हामीले छाप्दैनाै ।

कृपया याे पेजमा रहेकाे सूचना हेर्नुहाेला साथै हाम्रा नयाँ लेख तथा कथाहरू पनि पढ्नुहाेला । तपाँइले अाफ्नाे पिच तल उल्लेख भएकामध्य जाेसंग सम्बन्धित छ उहाँलाइ पठाउनुहाेला । हामी सकेसम्म चाँडै प्रतिकृया पठाउने प्रयास गर्छाै तर अर्काे इमेल पठाउनुअघि कम्तीमा दुइ हप्ता पर्खनुहाेला । यदि तपाँइकाे पिचकाे समयावधि छाेटाे छ भने त्याे कुरा पिचकाे पठाउने इमेलकाे विषयमा उल्लेख गर्नुहाेला ।

पत्रकार

तल उल्लेख भएकामध्य एकजना सम्पादकलाइ अाफ्नाे लेख वा कथकाे सारांश ३०० शव्द नबढ्नेगरी लेखेर पठाउनुहाेला । याे पिचमा विषयबारे लामाे व्याख्या नलेखेर अाफुले गर्न चाहेकाे कथा वा लेख्न चाहेकाे विश्रलेषण बारे केन्द्रित भएर लेख्नुहाेला। मल्टिमिडिया, फाेटाे, इन्फाेग्राफिक्स बारे पनि उल्लेख गर्नुहाेला । पत्रकारीताकाे कथा बापत दिइने शुल्क बजारमा प्रतिपर्धी संचार माध्यमकाे अाधारमा ताेकिएकाे छ । यदि तपाँइले डाइलग अर्थमा पहिलाेपटक लेख्दैहुनुहुन्छ भने अाफ्नाे सी भी र पहिला गरेका कथाहरू पनि पठाउनुहाेला।

पिचमा निम्न कुराहरू छ कि छैन निर्क्याैल गर्नुहाेला

  • कथा के हाे र याे किन महत्वपुर्ण छ ?
  • नयाँ के छ र याे अहिले नै छाप्नुपर्ने कारण के हाे?
  • कुन कुन मल्टिमिडिया जस्तै फाेटाे, ग्राफिक्स, नक्सा अादि चाहिन्छ?
  • काे काे संग अन्तर्वार्ता गर्नुहुन्छ ?
  • डाइलग अर्थकाे प्राथमिकताकाे विषयहरुभित्र तपाँइकाे लेख वा कथा कसरी पर्छ ?

पत्रकार बाहेक

हामीले प्राज्ञ, नीतिनिर्माता,अभियान्ता लगायतका विषय विज्ञहरुका लेख पनि छाप्छाैं। तल उल्लेख भएकामध्य एकजना सम्पादकलाइ अाफ्नाे लेख वा कथकाे सारांश ३०० शव्द नबढ्नेगरी लेखेर पठाउनुहाेला । सारांशमा तपाँइले अाफ्ना पाठकलाइ के भन्र चाहनुहुन्छ र किन तपाँइकाे अनुभव याे सन्देश दिनका लागि उपयुक्त छ भनेर उल्लेख गर्नुहाेला । हामीले सामान्यतया विशेषज्ञकाे विचार छापेबापत शुल्क दिदैनाैं ।

हाम्रा सम्पादकहरू

हाम्राे चासाेका विषयहरुमा जलवायु परिवर्तन, व्यापार, प्रदुषण, उर्जा, प्रकृती, खाद्य, समुन्द्र, वनजंगल, न्याय र पानी पर्दछन् तर यि मात्रै विषयमा हामी सिमित छैनाैं । त्यसबाहेक हाम्राे सम्पादकीय टाेलीले तल उल्लेखित विषय र क्षेत्रहरुमा काम गर्दछन् । यदी तपाँइ कस्लाइ सम्पर्क गर्ने भन्ने कुरामा पक्का हुनुहुन्न भने अाफ्नाे क्षेत्रका एकजना सम्पादकलाइ सम्पर्क गर्न सक्नुहुन्छ । तपाँइकाे पिच साे सम्पादकले सम्बन्धित सम्पादकलाइ पठाइदिनुहुनेछ ।

चीन, लीन जी

चीन केन्द्रित  जलवायु र वातावरणीय विषय, चीनकाे उर्जा, विश्वव्यापी पदचाप, विश्व जलवायु शुसाशन, जलवायु कुटनीति, जैविक विविधता, समुन्द्र र कृषि ।

साेराया किस्टवारी, एसिया प्रशान्त

जलवायु परिवर्तन, पानी, प्रकृती र वन्यजन्तु, अादिबासी समुदाय, प्रदुषण, दिगाे विकास, उर्जा र दक्षिण र दक्षिणपुर्वी एसियामा हिमालय नदी बेसीनमा केन्द्रित अन्तरदेशीय सहकार्य ।

अाेमर अहमद, दक्षिण एसिया

हिमालय क्षेत्रकाे पर्यावरण र राजनीतिक अर्थव्यवस्था , इन्डस्, गंगा र ब्रम्हपुत्र अन्तरदेशीय नदी बेसिन ।

दक्षिणपुर्वी एसिया मेकंग क्षेत्र, टायलर रोनी

मेनल्याण्ड दक्षिणपुर्वी सहित थाइल्याण्ड, लाअाेस, कम्बाेडिया, म्यानमार र भियतनामका वातावरणीय विषयहरु जस्मा जलविद्युत, संरक्षण, नवीकरणीय उर्जा प्रविधि र स्राेत, फाेहाेर र पुन प्रशाेधन, भाैतिक पुर्वाधार, राष्ट्रिय र स्थानीय नीति, जलवायु परिवर्तनका असरहरु, उर्जा नीति, वायु प्रदुषण, कृषि र प्लाष्टिक प्रदुषण ।

दक्षिणपुर्वी एसिया मलाय क्षेत्र, फिडेलिस इका

विजुली र स्वच्छ उर्जा, कृषि, पुर्वाधार र उत्खनन्, फाेहाेर र पुन प्रशाेधन, संरक्षण र संरक्षित क्षेत्र, पर्यटन र विशेष अार्थिक क्षेत्रहरु, चीनियाँ लगानीका  वातावरणीय तथा सामाजिक असर, जनजाती र स्थानीय समुदाय ।

अफ्रिका, ब्रायन ओबारा

जैविक विविधता, दिगाे विकास र खाद्य प्रणाली, जल व्यवस्थापन र संरक्षण, वायु प्रदुषण र गुणास्तर, वन्यजन्तु संरक्षण र वासस्थान संरक्षण, नविकरणीय उर्जा, फाेहाेर व्यवस्थापन र हरित पुर्वधार,  जलवायु उत्थानशील रणानीतिहरु र वातावरणीय शिक्षा ।

प्याट्रिक मूर, दक्षिणा अमेरीका

दक्षिण अमेरीका र चीनकाे सम्बन्ध, व्यापार र लगानी ; उर्जा र उत्खननमुलक उद्याेग,जलवायु परिवर्तनमा अनुकुलन, न्यूनिकरण र समाधान र जैविक विविधतामा हानी ।

टम व्याक्सटरचाइना ग्लाेबल

वेल्ट एण्ड राेड, चीनकाे बाहिरी लगानी, मिनीरल्ल, उर्जा र वातावरणीय न्याय, विश्वव्यापी अर्थ ।

ड्यानीयल क्रेसे, महासागर ग्लाेबल

मत्स्य, समुन्द्र संरक्षण र संरक्षण क्षेत्र, प्लाष्टिक र समुन्द्र प्रदुषण, जलवायु परिवर्तन र समुद्री अम्लीयकरण , समुन्द्री सुशासन र न्याय ।

डाइलग अर्थाम लेख्ने चाहना राख्नुभएकाेमा धन्यवाद ।

डाइलग अर्थका कथाहरु सिधै तपाँइकाे इनबक्समा पाउनुहाेस् । न्यूजलेटर