icon/64x64/culture समाज र समुदाय

ब्रम्हपुत्र नदी किनारको विलाप

स्थानीयहरूले आफ्नो सङ्गीतमा बाढीले विस्थापित हुनुको पीडालाई मुखरित गरिरहेका छन् । उनीहरूका गीतहरू रेकर्ड गर्न द थर्ड पोलले ब्रह्मपुत्र नदी किनारको यात्रा गरेकाे थियाे ।

गीतहरूले सधँै सामाजिक, राजनीतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र वातावरणीय परिवर्तनको अभिलेखन गरेका छन् ।

धेरै लोकप्रिय गायकहरूले जलवायु सङ्कटलाई सम्बोधन गरेका छन् । उदाहरणका लागि, बिली आइलिसको अल द गुड गल्र्स गो टु हेल, केली ली ओवेन्सको मेल्ट, अनोहनीको फोर डिग्रिज । 

पूर्वोत्तर भारतको असाममा स्थानीय गायकहरूले पनि जलवायु परिवर्तनले ल्याएकाे पीडालाई आफ्ना सङ्गीतमार्फत मुखरित गरिरहेका छन् । ब्रम्हपुत्र नदीको किनारमा गीत रेकर्ड गर्न द थर्ड पोलले विभिन्न स्थानहरुकाे यात्रा ग¥यो ।

असाम र जलवायु परिवर्तन

असाम जलवायु परिवर्तनका असरहरूबाट प्रभावित छ । राज्यको धेरैजसो भूभाग विगतमा धेरै पटक आफ्नो गहिराइ र चौडाइ परिवर्तन गरेको ब्रम्हपुत्र नदी क्षेत्र (वेसिन) मा छ । अहिले जलवायु परिवर्तनका कारण अझै ठुला बाढीहरू आउन थालेका छन् । माथिको बाँधका कारण सिल्ट त्यहीँ अड्कने र त्यसलाई नदीले पहिले जत्तिकै मात्रामा बगाउन नपाउने भएकाले भूक्षय पनि बढेको छ ।

यी सबै यस क्षेत्रको स्थलाकृति (टपोग्राफी) परिवर्तन गर्ने गरी सन् १९५० मा आएको ८.७ रेक्टर स्केलको भूकम्पपछि भएका छन् । यसले नदी किनारबाट व्यापक रूपमा मानिसहरूलाई विस्थापित गराउन सुरु गरेको थियो । यो प्रक्रिया अहिले झन् तीव्र भइरहेको छ । धेरैले ब्रह्मपुत्र नदी किनारको आफ्नो घर र जीविकोपार्जन गुमाउनु परेको पीडा वर्णन गर्न गीतलाई माध्यम बनाएका छन् ।

विस्थापितका गीत

Sunen Hindu Musalman/Boli ekti dukher gaan/Brahmaputra bhainga nilo Tarabari gram

हिन्दु र मुसलमानहरू सुन । मलाई दुःखकाे गीत गाउन देऊ । ब्रम्हपुत्रले ताराबारी गाउँ बगायो ।

७२ वर्षीय मोइनुल भुयनको गीतका सुरुका पङ्क्तिहरूले यस क्षेत्रका सबै मानिसलाई (चाहे ती हिन्दु हुन् वा मुस्लिम) उत्तिकै असर गर्ने एक मुद्दातर्फ इसारा गर्छन् । भुयनको गीत भूकम्पपछि ब्रम्हपुत्र नदीले बगाइदिएको उनको गाउँ ताराबारीको बारेमा हो ।

“सन् १९५० को दशक अघि ताराबारी एउटा पारम्परिक जहाज बनाउने स्थान (डकयार्ड) थियो, भुयनले सम्झिए, “ठुला जहाजहरू त्यहाँ आउँथे र त्यहाँ व्यापार तथा वाणिज्यका लागि रोकिन्थे । हामी त्यहाँबाट जुटको व्यापार गथ्र्यौँ ।”

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

अहिले आसामको बरपेटा जिल्ला जहाँ पर्छ, त्यहाँ ताराबारी थियो । त्यहाँ स्कुल र कलेज, पुस्तकालय, अस्पताल, मन्दिर र मस्जिद, एउटा पुलिस स्टेसन र खेल मैदानहरू थिए । यी सबै बगाइएका छन् । यहाँका मानिसहरू अहिले राज्यभित्र र बाहिर छरिएका छन् ।

अर्का ताराबारीका पूर्वनिवासी मुसर्रफ खान अहिले बरपेटाको मुस्लिम विद्यालयमा पढाउँछन् । “नदीले हाम्रो जग्गा नकाटेको भए मैले एउटा सानो स्कुलमा काम गर्नुपथ्र्यो जस्तो मलाई लाग्दैन,” उनले भने ।.

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

मिसिङका गीत

आफूले सम्झन सक्ने समयदेखि नै आदिवासी मिसिङहरू ब्रह्मपुत्रको छेउमा बसिरहेका छन् । करिब सात लाखको जनसङ्ख्या भएका उनीहरू “नदीका मानिस” भनेर चिनिन्छन् । सयौँ वर्षदेखि उनीहरूले बाढीसँगै बाँच्न र काठका खम्बाबाट आफ्नो झुपडी बनाउन सिकेका छन् । झुपडीहरू बाँसबाट बन्छन् र आवश्यक भएमा तिनलाई सजिलै पुनर्निर्माण गर्न पनि सकिन्छ । तर अहिले उनीहरूकोे खुट्टामुनिको भूमि क्षय हुँदै छ ।

प्रायः मिसिङहरू निरन्तर क्षय हुँदै गरेको ब्रम्हपुत्र नदीको टापु माजुलीमा बस्छन् ।  ५५ वर्षीय निलामोनी ङाटेले आफ्ना नातेदार र छिमेकीहरूको कृषिभूमिलाई नदीले काटेपछि उनीहरू कसरी मूलभूमिमा सर्न परेको थियो भनेर वर्णन गरिन् ।

“हामीले आँधी, भारी वर्षा, बाढी देख्यौँ । ती समयमा हाम्रा हजुरबा–हजुरआमाले हाम्रो सुरक्षा गर्नुहुन्थ्यो । तर हामी अझै त्रसित छौँ । ती डरलाग्दा दृश्यहरू हाम्रो दिमागमा अझै ताजा छन् ।” उनको गीतले बाढी र ब्रम्हपुत्र नदी किनारका मानिसहरूका बिचको सम्बन्धका बारेमा भन्छ ।

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

मिसिङहरू जस्तै अर्को आदिवासी समुदाय देवरीका मानिसहरू बाढीको कारण सम्पूर्ण कुटुम्ब गुमाएको सम्झन्छन् । ४५ वर्षीय इन्डियन देवरीको भनाइ छः “बाढीका कारण हामी सदियाबाट बसाइँ सरेका थियौँ । देवरीहरूका कुटुम्बहरू फरक फरक छन्् । प्रवासनमा एउटा कुटुम्ब पूरै हराएको थियो ।”

आफूले मन पराएकालाई गुमाउनुको पीडालाई बाढी र क्षयीकरणले मानव आत्मालाई जे गर्छ त्योसँग तुलना गरी लेखिएको प्रेम गीत उनले गाए । 

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

युनानका मान्छेहरू

सयौँ वर्ष अघि ताई फाके मानिसहरू चीनको युनानबाट पूर्वी आसामको नहरकटियामा बसाइँ सरेका थिए । राज्यको एक मात्र बौद्ध समुदाय उनीहरु ब्रह्मपुत्रको प्रमुख सहायक नदीहरूमध्ये एक नदी बुर्ही दिहिङकाे छेउमा बस्छन् । कटानका कारण उनीहरूको पुरानो गाउँ नाम फाकेको धेरै पुरानो गुम्बाका भित्ताभित्तासम्म नदी पुग्न लागेको छ ।

६० वर्ष नाघेकी बासिन्दा अम च चखापले जातीयताका हिसाबले ताई फाके मानिस थाई थिए र उनीहरू भूमि उर्वर भएका कारण भारत बसाइँ सरेकाे बताइन् । उनले सम्झिइन्, “नदीले हाम्रो गाउँको केही भागलाई बगाउँदाको नराम्रो समय हामीले देख्यौँ । अहिले नदीले आफ्नो बाटो परिवर्तन गर्दै छ र हामीले यहाँ बालुवा देख्न सक्छौँ । हामी धेरै प्रकारले नदीसँग अनुग्रहित छौँ । यो हाम्रो संस्कृतिको हिस्सा हो, यद्यपि बाढी र कटानका कारण धेरै मानिसहरू हाम्रो गाउँबाट बसाइँ सरेका छन् ।”

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

चिया समुदाय

१९औँ शताब्दीमा बेलायतीहरूले भारतभरका मानिसहरूलाई असामको चिया बगानमा काम गर्न ल्याए । समयसँगै ती कामदारहरू चिया समुदायमा समाहित भए ।

समुदायका नेता भद्र रजबार ब्रम्हपुत्रको अर्को सहायक नदी डिखोको नजिकै पर्ने नाजिरामा बस्छन् । उनी जलवायु परिवर्तनबारे गीत गाउँछन् । चिया बगानका कामदारहरू खेतमा काम गर्न चाहन्थे तर उनीहरूको खेत बाढीले बगाइसकेको थियाे ।

तिनीहरूले आफ्नो जग्गा गुमाए र खेत उधारोमा लिएकाले ऋणको पासोमा बाँधिइरहे । नदीको किनारका धेरै चिया बगान पनि नदी कटानमा परे । रजबारले थपे, “यो समुदायका लागि ठुलो क्षति हो ।”

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

अर्को भाषा, उस्तै विलाप

स्थानीय रेडियो स्टेसनमा बङ्गाली भाषामा नियमित गाउने ५५ वर्षीय खगेन सन्यासीले कसरी “जलवायु परिवर्तन र अप्रत्याशित बाढीले मानिसहरूलाई गरिब बनाएको छ” भन्ने गीत गाए ।

राज्यको राजधानी गुवाहाटीभन्दा १०० किलोमिटर पूर्वमा पर्ने मोरीगाउँ जिल्लाको एउटा सानो ठाउँँ भुरागाउँका निवासी सन्यासीले भने, “आफ्नो परिवारको स्वामित्वमा रहेको जग्गा अहिले पानीमुनि छ ।”

“यो पागल नदी हो । यसले प्रत्येक वर्ष हामीलाई गरिब बनाउने योजना बनाएको छ ,” उनले भने । आफ्ना गीतमा सन्यासीले प्रभावित क्षेत्रहरूको सूची दिँदै आफ्ना सबै दुःखको दोष ब्रम्हपुत्रलाई दिएका छन् ।

भिडियाे : चन्द्रानी सि‌न्हा / द थर्ड पाेल

All illustrations: Vipin Sketchplore