काठमाडौं उपत्यकाबाट १२ किलोमिटर दक्षिणमा पर्ने फर्पिङस्थित जलविद्युत् आयोजनाका लागि प्रयोग गरिएको सातमूले मूल।
icon/64x64/culture समाज र समुदाय

नेपालको पहिलो जलविद्युतको बिर्सिएको कथा

दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युतको इतिहास करिब करिब बिर्सिसकिएको छ । यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ ।

सन् १९११ मे १३ का दिन करिब साढे छ बजे नेपालका तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले काठमाडौं सहरको केन्द्र टुँडीखेलस्थित स्विच खोलेर नेपालको पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युतको उद्घाटन गरे । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका नाममा स्थापित चन्द्र ज्योति हाइड्रोपावर स्टेसनको क्षमता ५०० किलोवाट थियो । यसलाई बनाउन चार वर्ष र करिब १० लाख दिनको काम लागेको थियो । निरङ्कुश राणाशासकका दरबारमा बिजुली बाल्न बनाइएको यो पावर स्टेसनले काठमाडौंदेखि दक्षिण १२ किमि दूरीमा रहेका पानीका दुई स्रोत उपयोग गथ्र्यो ।

यो जलविद्युत् गृह अमेरिकास्थित एपल्टन, विस्कन्सिनको फक्स नदीमा सन् १८८२ मा बनाइएको संसारको पहिलो जलविद्युत् गृह (प्लान्ट)को ३० वर्षपछि र सन् १९१२ मा युनान प्रान्तमा चीनले बनाएको पहिलो जलविद्युत् गृह (प्लान्ट)को एक वर्षअघि बनाइएको थियो ।

छिट्टै सुरूवात गरे तापनि नेपालले जलविद्युत् उत्पादनमा द्रुत प्रगति गर्न भने सकेन । यसले २८ वर्षपछि मात्र दोस्रो जलविद्युत् आयोजना निर्माण ग¥यो । काठमाडौंको उत्तरपूर्वमा सन् १९३९ मा ६४० किलोवाट क्षमताको दोस्रो जलविद्युत् आयोजना निर्माण गरिएको थियो । यो साधारण जनतालाई जलविद्युत् उपलब्ध गराउनभन्दा पनि निरङ्कुश राणाशासकलाई विलासिताको जीवन यापन गर्न सघाउन बनाइएको थियो । नेपालले पहिलो ५० वर्षमा जम्मा ५० मेगावाट बिजुली उत्पादन गरेको थियो ।

पछिल्लो एक सय वर्षमा नेपालको जलविद्युत् विकास एकदम सुस्त छ । अहिले जम्मा १४४० मेगावाट जलविद्युत् मात्र उत्पादन भइरहेको छ । देशलाई आवश्यक एकतिहाई ऊर्जा दक्षिणी छिमेकी भारतबाट आयात गरेर पूर्ति गरिएको छ । 

दुःखद कुरा, सबैभन्दा पुरानो जलविद्युतको इतिहास करिबकरिब बिरर्सिसकिएको छ । यो अहिले काठमाडौं उपत्यकाको दक्षिणी भागका बासिन्दालाई खानेपानी प्रदान गर्न मात्र प्रयोग भइरहेको छ । सन् २०११ मा यसलाई नेपाल सरकारले जीवित सम्पदा घोषणा गरेको थियो । तर यसलाई संरक्षण गर्न खासै केही गरिएको छैन । पुरानो दरबार र अतिथि गृहहरु चर्किएका वा भत्किएका छन् । पावर स्टेसनको राम्रो सम्भार गरिएको छैन । त्यहाँ पुग्ने बाटो पूरा हुन बाँकी नै छ । खिया लागेका धातुका पाइप पानी भण्डारण पोखरी वरिपरि असरल्ल छन् । एक जना स्थानीयले भने झैं “हामी नेपालीले महत्वपूर्ण चीजको मूल्य बुझ्दैनौं ।”

Reservoir pond of the hydropower project in Pharping, 12 kilometres south of Kathmandu valley [image by: Ramesh Bhushal]
काठमाडौं उपत्यकाबाट १२ किलोमिटर दक्षिणमा पर्ने फर्पिङस्थित जलविद्युत् आयोजनाको जलाशय ।  [तस्विर: रमेश भुसाल]

Rusted pipes that transport water from the pond to the powerhouse and the city of Kathmandu [image by: Ramesh Bhushal]
जलाशयबाट पावरहाउस र काठमाडौं सहरमा पानी लैजाने खिया लागेका पाइपहरु ।[तस्विर: रमेश भुसाल]

Raj Kumar Shrestha and Kanchha Balami stand for morning chat next to the metal pipe near to their houses. ‘We were not allowed to touch these pipes back then as said by our father. There used to be a person who used to ride horse and do surveillance of these pipes day and night,’ recalled Kancha Balami about the early days of the project [image by: Ramesh Bhushal]
आफ्नो घरसँगैको पाइप नजिक बिहानीको कुराकानी गर्न उभिएका राजकुमार श्रेष्ठ र कान्छा बलामी । “बाले सुनाएअनुसार त्यतिखेर हामीलाई छुन अनुमति थिएन । घोडा चढेर रातदिन पाइपको निगरानी गर्ने एउटा मान्छे हुन्थ्यो,” कान्छा बलामीले आयोजनाको सुरूवाती दिनको सम्झना गरे । [तस्विर: रमेश भुसाल]

An old house stands just next to the metal pipe of the hydropower project [image by: Ramesh Bhushal]
हाइड्रोपावर परियोजनाको पाइपछेउ उभिएको एउटा पुरानो घर । [तस्विर: रमेश भुसाल]

Children from Sokhel village where the hydropower project is located  go to school by using slippery and narrow pathways as a short cut [image by: Ramesh Bhushal]
जलविद्युत् परियोजना भएको सोखेल गाउँका बालबालिका यो चिप्लो, साँघुरो अनि छोटो बाटो प्रयोग गर्छन् । [तस्विर: रमेश भुसाल]

Ram Hari Khatri of Sokhel village selling oranges from his house to the visitors who come to see the hydropower station [image by: Ramesh Bhushal]
जलविद्युत् स्टेसन हेर्न आउने पर्यटकलाई सुन्तला र हलुवाबेद बेच्दै सोखेल गाउँका रामहरि खत्री । [तस्विर: रमेश भुसाल]

Temporary brick made bed and tin sheet inside one of the guest houses where some labourers recently slept while constructing staff quarters for the Nepal Electricity Authority (NEA). NEA handles the main power station that was declared as a living museum in 2010 by the government of Nepal [image by: Ramesh Bhushal]
नेपाल विद्युत् प्राधिकरणको कर्मचारी आवास गृह निर्माण गर्दा मजदुर सुत्न भनेर इँटा र टिनका पाताले बनाइएका अस्थायी ओछ्यान । नेपाल सरकारले सन् २०१० मा जीवित सङ्ग्रहालय घोषणा गरेको मुख्य पावर स्टेसनको रेखदेख प्राधिकरणले गर्छ । [तस्विर: रमेश भुसाल]

54 year old Kumar Acharya sits on the door of the cracked guest house. He has been guarding the property and is an employee of Nepal Electricity Authority [image by: Ramesh Bhushal]
चर्किएको अतिथि गृहको ढोकामा बसेका ५४ वर्षे कुमार आचार्य । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी उनले प्राधिकरणको सम्पत्ति रेखदेख गर्छन् । [तस्विर: रमेश भुसाल]

Abandoned guest house near the power station. This house used to be guest house for the guests of autocratic Rana rulers who used to come to spend time near the hydropower station [image by: Ramesh Bhushal]
पावर स्टेसन नजिकको बेवारिस अतिथि गृह, जहाँ जलविद्युत् स्टेसन नजिक समय बिताउन आउने राणाशासकका पाहुना बस्थे । [तस्विर: रमेश भुसाल]

The Chandra Jyoti Hydropower station located a few hundred metres away from the Bagmati river that flows through Kathmandu city [image by: Ramesh Bhushal]
काठमाडौं सहर हुँदै बग्ने वाग्मती नदीबाट केही सय मिटर टाढा रहेको चन्द्र ज्योति हाइड्रोपावर स्टेसन । [तस्विर: रमेश भुसाल]

One of the generators  and electrical parts kept to show the visitors in the  hydropower station [image by: Ramesh Bhushal]
जलविद्युत् स्टेसनमा आगन्तुकलाई देखाउन राखिएका विद्युतीय पाटपुर्जा । [तस्विर: रमेश भुसाल]

One of the generators of the hydropower station which is not in operation but is kept for visitors [image by: Ramesh Bhushal]
जलविद्युत् स्टेसनमा आगन्तुकलाई देखाउन राखिएका जेनेरेटर र विद्युतीय पाटपुर्जा । [तस्विर: रमेश भुसाल]

The switchboard of the water supply system that currently fetches water to the southern part of the Kathmandu valley. The water that was used for the electricity generation is now used for drinking water supply. The staff of the water supply department sleep next to the water supply switchboard during the night to guard the system [image by: Ramesh Bhushal]
काठमाडौं उपत्यकाको दक्षिणी भागमा पानी ल्याउन प्रयोग हुँदै आएको पानी आपूर्ति प्रणालीको स्विचबोर्ड । बिजुली उत्पादनका लागि प्रयोग हुने पानी अहिले पिउनका लागि आपूर्ति भइरहेको छ । पानी आपूर्ति प्रणालीको सुरक्षाका लागि आपूर्ति विभागका कर्मचारी राति पानी आपूर्ति स्विच बोर्डछेउ सुत्छन् । [तस्विर: रमेश भुसाल]

The first house that was provided with electricity in Khokana, located a few kilometres away from the power station.  The Ranas wanted to test whether it was safe to use it before installing the wires into their palaces, so they provided electricity to Madan Krishna Maharjan’s house in Khokana village. The house on the right is now abandoned as its walls were cracked during the 2015 earthquake. But a board above the door reads, "Welcome to the Khokana Museum, this is the first house with electric light provided in Nepal" [image by: Ramesh Bhushal]
सबैभन्दा पहिला बिजुली पु¥याइएको खोकनाको घर, जुन बिजुली स्टेसनबाट केही किलोमिटर टाढा छ । आफ्ना दरबारमा तार जडान गर्नुअघि बिजुली प्रयोग गर्न कति सुरक्षित छ भनेर राणाहरु जाँच्न चाहन्थे । त्यसैले उनीहरुले पहिला खोकना गाउँमा मदनकृष्ण महर्जनको घरमा बिजुली जोडे । सन् २०१५ को भूकम्पका कारण भित्ता भत्किएकाले दायाँपट्टि रहेको घर अहिले खाली छ । ढोकामाथिको बोर्डमा लेखिएको छ, “खोकना सङ्ग्रहालयमा स्वागत छ । बिजुली बत्ती प्रदान गरिएको यो नेपालको पहिलो घर हो ।” [तस्विर: रमेश भुसाल]

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.