icon/64x64/culture समाज र समुदाय

अबिच्युअरी: हिमालय बचाउ अभियान्ताकाे आजीवन सङ्घर्ष

हिमालयको विग्रदाे वातावरणीय स्थितिबारे विश्पव्यापी ध्यान तान्ने अभियान्ता सुन्दरलाल बहुगुनाको मृत्यु कोभिड–१९ र शोकबाट भयो
भारतीय वातावरण अभियान्ता र चिप्को आन्दोलनका नेता सुन्दरलाल बहुगुना ।  तस्बिर ः डिनोडिया फोटोज,अलामी
भारतीय वातावरण अभियान्ता र चिप्को आन्दोलनका नेता सुन्दरलाल बहुगुना । तस्बिर ः डिनोडिया फोटोज,अलामी

मे २१ मा कोभिड–१९ का कारण ९४ वर्षीय सुन्दरलाल बहुगुनाको मृत्यु भएपछि थुप्रै स्तुतिका शब्द ओइरिएका छन् । काठका लागि रूख काट्ने क्रियाकलाप र अदूरदर्शी विकास नीतिबाट हिमालयलाई बचाउन उनले गरेको आजीवन सङ्घर्षको मर्मलाई श्रद्धाञ्जलिहरूले सांवधानीपूर्वक छुँदैनन् । भारतकाे उत्तराखण्ड राज्यमा तेहरी बाँध निर्माण रोक्ने उनको असफल प्रयासलाई धेरैले उद्धृत गर्छन् । कमैले मात्र यसले उनलाई धेरै दुःखी बनाएको स्विकार्छन् ।

हिमालयमा अवस्थित तेहरी सहर नजिकैको मरोडा गाउँमा जन्मिएका बहुगुनाको ब्रिटिस शासित भारतको तेहरी राज्यविरुद्धको सङ्घर्ष किशोरावस्थामै सुरु भएको हो । त्यति बेला उनलाई लाहोर भाग्न बाध्य पारिएको थियो । प्रजातन्त्रको आन्दोलनलाई समर्थन गरेकाले उनी राज्यबाट निर्वासित पनि भएका थिए ।

सन् १९४७ मा भारतको स्वतन्त्रतापछि बहुगुनाले छुवाछुत र मदिरा विरुद्ध काम गर्दै उत्तराखण्डका गाउँहरूमा वर्षौं बिताए । २६ मार्च १९७४ मा स्वतःस्फूर्त रूपमा प्रसिद्ध चिप्को आन्दोलन सुरु हुँदा यसबारे पहिला राष्ट्रव्यापी, त्यसपछि विश्वव्यापी रूपमा जानकारी दिने उनै थिए ।

चिप्को आन्दोलन

चिप्कोको शाब्दिक अर्थ अँगालो हो । जङ्गल फँडानी गर्नेहरूबाट रूख जोगाउन हिमालयको चमोली क्षेत्रका महिलाहरूको एक समूहले यो आन्दोलन सुरु गरेका थिए, रूखहरूलाई अँगालो हालेर । उनीहरूको सङ्घर्षलाई पर्यावरणकर्मी चण्डीप्रसाद भट्टले तुरुन्तै त्काल उठाएका थिए  र  सुन्दरलाल बहुगुणाले आवाज दिएका थिए ।

चिप्को आन्दोलन विस्तार गर्ने प्रयासमा बहुगुना कहिल्यै थाकेनन् । उनले कार्यकर्तादेखि स्कुल समूह, कलेज समूह, पत्रकार, राजनीतिज्ञ, व्यवसायीलगायत सबैसँग छलफल गरे । हिमालयमा वन फँडानी स्वीकार्य छैन, स्थानीय नै जङ्गलका सबैभन्दा उत्तम संरक्षक हुन्, हिमालयलाई नबचाई दक्षिण एसियालाई बचाउन सकिन्न, अर्थतन्त्र वातावरणको हिस्सा हो, वातावरण अर्थतन्त्रको होइन भन्ने आफ्ना सन्देशहरूमा उनी सधंै दृढ रहे ।  

आफ्नो सन्देश फैलाउन उनी हिमालयका गाउँगाउँ डुले । भारतका सबै भूभाग पुगे । चिप्को आन्दोलनको सफलता आन्दोलन सुरु भएका गाउँ वरपरका जङ्गल बचाउनु मात्र थिएन, सम्पूर्ण देशलाई विद्यमान विकास मोडलमा समस्या छन् भनेर जानकारी दिनु पनि थियो । आन्दोलनका कारण देशव्यापी कानुन पारित भए, जसले जङ्गल फँडानी गर्न धेरै गाह्रो बनायो । साथै एक हजार मिटर उचाइमाथि रूख काट्न पूर्ण प्रतिबन्ध पनि लगाइयो ।

केन्द्रीकरणको समस्यासँगै खिचियो राष्ट्रिय ध्यान

चिप्को आन्दोलन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मुद्दामा परिणत हुनुका नकारात्मक प्रभाव पनि थिए । यो आन्दोलन व्यापारिक फाइदाका लागि बाहिरी व्यक्तिहरूद्वारा गरिएको अनियन्त्रित वन फँडानीविरुद्ध लामो समयदेखि चलिरहेको सङ्घर्षको एउटा हिस्सा थियो । यस क्षेत्रका मानिस विदेशी श्रमिक ल्याएर रूख काट्ने बाहिरी ठेकेदार र उनीहरूले पु¥याएका क्षति देखेर उनीहरूप्रति क्रुद्ध थिए । त्यसकारण यो श्रम र वातावरणीय आन्दोलन दुवै थियो । केवल वातावरणीय आन्दोलनमा रूपान्तरणले एउटा पक्षलाई मात्र प्रकाश पाथ्र्यो ।

चिप्को आन्दोलनले प्राप्त गरेको राष्ट्रिय ध्यानका कारण  सरकारले कडा नियन्त्रण गर्न थाल्योे । बाहिरी क्षेत्रबाट आएका ठेकेदारहरू कम समस्यामूलक भए पनि यस क्षेत्रका मानिसको जीविकोपार्जनको क्षति गम्भीर थियो । विडम्बना, केन्द्रीकृत निर्णयकर्ताहरूले स्थानीय पर्यावरणप्रति मानिसहरूको लगाव प्रदर्शनको प्रयोग उनीहरूलाई त्यसबाट टाढा राख्न गरे । यो किनभने वन सम्वन्धी कानुनहरू— काठका लागि रूख काट्ने अभ्यासहरू जस्तै— स्थानीय जनतालाई बेवास्ता गर्ने बेलायती औपनिवेशिक अभ्यासमा आधारित थिए । उदाहरणका लागि, नन्दा देवी राष्ट्रिय उद्यान स्थापना त्यस्तै प्रतिबन्धात्मक कानुनका आधारमा भएको थियो । फलस्वरूप स्थानीयले त्यस क्षेत्रबाट जडीबुटी सङ्कलन गर्न नपाउने भएका थिए ।

तेहरी बाँध सङ्घर्ष

त्यस्ता मुद्दाहरूका बाबजुद क्षेत्रीय र राष्ट्रिय दुवै सरकारको ध्यान हिमालयको वातावरणीय चासोमा खिच्न चिप्को सफल भएको थियो । तेहरी बाँध रोक्न गरिएको आन्दोलन असफल भयाे । हिमालयमा बनाइएको उच्च बाँधले हजारौं मानिसलाई विस्थापित गर्छ, भूकम्प आएको स्थितिमा सक्रीय भूकम्पीय क्षेत्रमा गम्भीर खतरा निम्त्याउन सक्छ । हरितगृह ग्यास मेथेनको उत्सर्जन धेरै गर्छ र परम्परागत जलस्रोतमा स्थानीय समुदायको पहुँच हुन दिँदैन भनेर कार्यकर्ता र स्वतन्त्र विज्ञहरूले बारम्बार औंल्याइरहे तर त्याे सुनिएन।

बहुगुना र उनकी श्रीमती विमला देवीले आन्दोलनको नेतृत्व गरेका थिए । बहुगुनाले ४५ दिने आमरण अनशन बसे । भारतका तत्कालीन प्रधानमन्त्री पिभी नरसिंहा रावले बाँध परियोजनाको छानबिन गर्न समीक्षा समिति गठन गर्ने वाचा गरेपछि मात्र उनले अनशन तोडेका थिए । तर त्यसबाट केही उपलब्धि हासिल भएन । निरन्तर र लामो समयसम्म गरिएका त्यस्ता अनशनले भने बहुगुनाको स्वास्थ्यमा गम्भीर एवम् दीर्घकालीन असर पा¥यो ।

बहुगुनाले ७४ दिने अर्काे लामाे आमरण अनशन नयाँ दिल्लीस्थित महात्मा गान्धी मेमाेरीयल पार्कमा गरे। तत्कालीन प्रधानमन्त्री एच डि देवे गाेउडाले अर्काे समीक्षा समिति गठन गर्ने वाचा गरे। तर त्यसबाट पनि केही उपलब्धि हासिल भएन।निरन्तर र लामो समयसम्म गरिएका त्यस्ता अनशनले भने बहुगुनाको स्वास्थ्यमा गम्भीर एवम् दीर्घकालीन असर पा¥यो ।

अन्य कार्यकर्ताहरूसँग बहुगुना अदालत गए । तर पनि कुनै सफलता मिलेन । सरकारका दुई तर्क थिए— भारतलाई बिजुली र तीन सय किमि टाढा रहेको राष्ट्रिय राजधानी दिल्लीलाई पानीको आवशयकता छ । सन् १९९० को दशकमा छ वर्षभन्दा बढी समयमा सरकारले नागरिक समाजको विरोधलाई बल प्रयोग गरेरै नियन्त्रण ग¥यो । अदालतमा सरकारका तर्कहरूले जिते ।

तेहरी बाँध

भारतको सबैभन्दा अग्लो बाँध हो, टिहरी । यो गङ्गाको मुख्य सहायक नदी भगीरथी नदीमा अवस्थित छ । २६०.५ मिटर अग्लो यो बाँध बीचबीचमा माटो भएको चट्टानले बनेको छ । ५७५ मिटर चौडाइ भएको यो बाँध नदीलाई पूर्ण रूपमा छेकेर एक पहाडबाट अर्को पहाडसम्म फैलिएको छ । यसले बनाएको जलाशय ५२ वर्गकिमि फैलिएको छ । यसमा चार घनकिलोमिटर पानी अट्छ । एक हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको याे बाँधकाे उचाइमा पानी पम्प गरेर अतिरिक्त एक हजार मेगावाट विद्युत् निकाल्न सकिन्छ । बाढीबाट संरक्षण प्रदान गर्ने, दुई लाख ७० हजार हेक्टर सिँचाइ गर्ने र विभिन्न सहर, मुख्यतया दिल्लीमा दिनको १२ लाख घनमिटर पानी आपूर्ति गर्ने पनि यसको उद्देश्य हो ।

जब २००१ मा तेहरी बाँधको काम पुनः सुरु भयो, बहुगुनालाई गिरफ्तार गरिहालियो । जब कि तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले अघिल्ला दशकमा बहुगुनाप्रति सहानुभूति व्यक्त गरेका थिए ।

एक प्रेरक व्यक्तित्व

सुन्दरलाल बहुगुनाले हिमालयको पर्यावरण बचाउनुको महत्वबारे कुरा गरिरहे । आफूलाई सुन्ने जोकसैसँग पनि उनी कुरा गर्थे । उनी पर्यावरणकर्मीका धेरै पुस्ताका लागि अनुकरणीय व्यक्ति थिए । उनले विद्यालय र कलेजका विद्यार्थीलाई ऊर्जा प्रदान गर्थे । साथै उत्तराखण्डका हजारौं बासिन्दाले उनलाई पिताका रूपमा हेर्थे ।

बहुगुनाको मुस्कान उस्तै थियो । पुरानो परिचित व्यक्तिहरूलाई सम्झन सक्ने र सबैसँग सजिलै घुलमिल हुन सक्ने उनको क्षमता थियो । तर सन् १९७० र ८० को दशकदेखि उनलाई चिनेकाहरूले पछिल्लो समय उनको उत्साहमा फिक्कापना आएको, आँखा उत्तिकै तेजसँग नचम्किएको सजिलै देख्न सक्थे ।

जब मे महिना सुरु हुँदै थियो, बहुगुना कोभिड–१९बाट सङ्क्रमित भए, बिग्रिएको स्वास्थ्यका कारण उनलाई निमोनिया भइहाल्यो । ‘आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि बहुगुनाले विमला देवीलाई आफ्नो शोकमनाउ नगर्न र हिमालय बचाउने सङ्घर्षलाई जारी राख्न भनेका थिए,’ बहुगुणाका एक साथीले भने । 

प्रतिक्रिया थप्ननुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.