icon/64x64/climate जलवायु

संसारको सवैभन्दा ठूलो सौर्य उर्जा उत्पादन केन्द्र निर्माणमा पाकिस्तानलाई चीनको सहयोग

सन् २०१७ मा पूरा हुने यस परियोजना निर्माण सम्पन्न भइसक्दा, यस सौर्य उर्जा पार्कमा ५२ लाख फोटोभोल्टिक सौर्य सेलहरु रहेको सोलार प्यानलहरु जडान गरिने छन् । जसवाट करिब १,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
The 1,000 MW the Quaid-e-Azam solar park in Punjab (Photo courtesy of QASP)
The 1,000 MW the Quaid-e-Azam solar park in Punjab (Photo courtesy of QASP)

एकतीर पाकिस्तानको पन्जाव प्रान्तमा अवस्थित मरुभूमिमा चिनियाँ कम्पनीहरु विशाल सौर्य उर्जा केन्द्रको निमार्णमा जुटेका छन भने अर्कोतीर पकिस्तानको वढदो उर्जा संकट समाधानको सवैभन्दा प्रभावकारी उपाय यही परियोजना मात्र हो त भन्ने प्रश्न पनि उठिरहेको छ ।

पंन्जाव प्रान्तको समथर मरुभूमिको २,००० हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएका करिव ४,००,००० सोलार प्यानलहरुले धृष्टता पूर्वक सूर्यको समाना गरे जस्ता देखिन्छन् । यही हो पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको सम्मानमा नामांकरण गरिएको निर्माणाधीन कायदे आजम सौर्य उर्जा पार्क (Quaid-e-Azam Solar Power Park (QASP)। चिनीयाँ कम्पनी जिनजियाङ्ग सन ओएसिस (Xinjiang Sun Oasis) ले मात्र ३ महिनामा करिव १३१ मिलियन अमेरिकी डलरको लागतमा १०० मेगावाट क्षमताको को फोटोभोल्टिक (PV) सौर्य उर्जा फार्मको निर्माण पूरा गरी पकिस्तानको केन्द्रिय प्रसारणलाई गत अगस्ट महिना देखि विद्युत बिक्री वितरण गर्दै आएको छ ।

यस सौर्य उर्जा केन्द्र पूर्वी तथा मध्य एसियाको आर्थिक गतिविधिलाई जोड्न तयार पारिएको चीनको ‘नयाँ सिल्क रोड’ भिजन अन्र्तगतको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको करिब ४६ अर्व अमेरिकी डलरको लागतमा निर्माण हुने भनिएको चीन– पकिस्तान आर्थिक कोरिडोर ($46 billion China-Pakistan Economic Corridor) विकास योजना अन्र्तगतको पहिलो उर्जा परियोजना हो । यस आर्थिक कोरिडोर विकास योजनाले पाकिस्तानको दक्षिणी भागमा अवस्थित ग्वदारमा रहेको वन्दरगाह र चीनको पश्चिमी जिनजियान क्षेत्रको काश्गारलाई आर्थिक रुपमा जोडने परिकल्पना गरिएको छ । यो १०० मेगावाटको सौर्य उर्जा संयन्त्र संसारकै सबैभन्दा ठूलो सौर्य उर्जा केन्द्रको निर्माण गर्न भनेर सुरु गरिएको महत्वकांक्षी योजनाको आरंभिक चरण (pilot stage) मात्र हो ।

सन् २०१७ मा पूरा हुने यस परियोजना निर्माण सम्पन्न भइसक्दा, यस सौर्य उर्जा पार्कमा ५२ लाख फोटोभोल्टिक सौर्य सेलहरु रहेको सोलार प्यानलहरु जडान गरिने छन् । जसवाट करिब १,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । यहाँवाट उत्पादन हुने विद्युत कोइला प्रयोगवाट उत्पादन गरिने औषत आकारको विद्युत गृहवाट उत्पादन हुने विद्युत वरावर हुनेछ जसले ३ लाख २० हजार घर धुरीलाई यथेस्ट मात्रामा उर्जा उपलब्ध हुने छ । यस परियोजनाको अर्को चरणको निर्माण कार्य पनि सुरु भइसकेको छ । जसको नेत्तृत्व अर्को चिनियाँ कम्पनी जोर्नजी (Zonergy )ले गरिरहेको छ ।

१८ महिना अघि सम्म अहिलेको सौर्य उर्जा केन्द्र निर्माणस्थल एक अनकन्टार मरुभूमि भन्दा वढी केही पनि थिएन । अहिले यो मरुभूमिको बिचमा सानो नगर नै स्थापना भएको छ जहाँ २००० भन्दा बढी कामदारहरु ठूला निर्माण उपकरणहरु सहित, प्रसारण लाईन , पानी आपूर्तिको लागि पाइप लाइन तथा वसोवासको लागि ब्लकले वनेका घरहरु बनाउने जस्ता अन्य निर्माण गतिविधिहरुमा ब्यस्त छन ।

प्रदुषणमा कटौती जिविकोपार्जनमा उन्नती

“सौर्य उर्जा उत्पादनको लागि चोलीस्तान मरुभूमि एकदमै उपयुक्त स्थान हो”, सौर्य उर्जा पार्कका संचालन ब्यबस्थापक मुहम्मद हसान अस्कारीले भने । यस ठाउमा दैनिक १३ घन्टा घाम लाग्छ तर्सथ समथर यस मरुभूमिको ठूलो क्षेत्रनै यस्ता ठूला ब्यवसायीक परियोजनाहरुको लागि एकदमै उपयुक्त स्थान हो ।

अस्कारीका अनुसार सौर्य उर्जा परियोजनाको सवैभन्दा ठूलो फाइदा भनेको यस्ता विशाल सौर्य पार्कको निर्माण पनि थर्मल प्लान्ट तथा जलविद्युत परियोजनाहरु भन्दा निकै कम समयमै पूरा गर्न सकिने हुन्छ । उनका अनुसार थर्मल प्लान्ट तथा जलविद्युत परियोजना निर्माणमा वढी समय लाग्ने र मर्मत संभारमा धेरैनै श्रोत साधन खर्च हुन्छ ।

कायदे आजम सौर्य उर्जा पार्कका प्रमुख कार्यकारी निर्देशक निजाम अहमद शाहको विचारमा प्रति वर्ष ५७,५०० टन कोइलाको प्रयोगलाई प्रतिस्थापन गर्दै ९०,७५० टन प्रदुषण कटौती गर्ने यस वैकल्पिक उर्जा परियोजनाले पकिस्तानको कार्वन फुटप्रिन्टमा पनि कमी ल्याउने छ ।

पाकिस्तानको ८७ प्रतिशत उर्जाको स्रोत हाइड्रोकार्वन खासगरी आयातित कोइला, तेल तथा ग्यास हो । तर उसले यस निर्भरतालाई सन २०२५ सम्ममा ६० प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । पाकिस्तानले आफनो कुल उर्जा उत्पादनमा नवीकरणीय स्रोतवाट हुने उत्पादनको हिस्सा १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । उक्त हिस्सामा अहिलेनै कुल उर्जा उत्पादनको १५ प्रतिशत हिस्सा ओगटने जल विद्युतीय उर्जा समावेश गरिने छैन । नविकरणीय उर्जा स्रोतको वर्तमान हिस्सा भने १ देखी २ प्रतिशत मात्र रहेको छ ।

विश्वब्यापी हरितगृह ग्यास उत्सर्जनमा पकिस्तानको योगदान १ प्रतिशत मात्र भए पनि देशको कार्वन उत्र्सजन प्रतिवर्ष ३.९ प्रतिशतले वढीरहेको पाइएको छ । “अहिलेको प्रवृति कायम रहे सन् २०२० सम्ममा पकिस्तानले प्रतिवर्ष ६५ करोड टन कार्बन डाइअक्साइड वरावरको प्रदुषण उत्सर्जन गर्नेछ ,” जलवायु विज्ञ तथा विश्व मौसम–विज्ञान संगठन

(World Meteorological Organisation)मा संयक्त राष्ट्रसंघीय महासचिवका एसिया क्षेत्रको लागि विशेष सल्लाहकार कामार–उज–जमान चौधरीले भने । उर्जा वाहेक उक्त सौर्य पार्क निर्माणले १५ देखी ३३ हजार स्थानीय जनताले काम पाउने र यस क्षेत्रमा लगानी आकर्षित हुने दाबी गरिएको छ । कायदे आजम सौय उर्जा संयन्त्र संसारकै सवैभन्दा ठूलो सोलार प्यानल उर्जा केन्द्र भन्दा करिव दोब्वर आकारको हुनेछ ।

विशाल परियोजना

केही विशेसज्ञहरु यो परियोजना अति नै महत्वकाक्षी भएकोमा चिन्ता ब्यक्त गर्दछन् । विश्व वन्यजन्तु कोष– पकिस्तानका पूर्व महानिर्देशक अली हसान हबीब,अहिले सोलार प्यानलको कारोवार गर्ने कम्पनी चलाउछन् । उनले सौर्य उर्जा पार्क परियोजनाको स्वागत त गरे तर सरकारले कुनै पूर्व परीक्षण विना नै यत्रो विशाल परियोजनामा एक्कासी हात हालेको प्रति चिन्तित देखिन्थे । यो परियोजना अहिले अवस्थामा रहेको संसारकै सवैभन्दा ठूलो सौर्य उर्जा केन्द्र (existing largest solar PV generating facilities) भन्दा पनि करिव दोब्वर आकारको हुनेछ, उनले भने । “अव वाँकी रहेको ९०० मेगावाटको सौर्य उर्जा कुनै अनकन्टार मरुभूमिमा बनाउनुको सट्टा उपभोक्ताहरुको नजिक जस्तो कि ठूला पार्किङ्ग स्थलहरुको छत जस्ता स्थानहरुमा बनाउनु राम्रो हुने छ”, उनले थपे ।

स्वच्छ उर्जा र वातावरणीय प्रभाव

सौर्य उर्जा विश्वको उर्जा उत्पादनको को क्षेत्रमा अझ पनि न्युन नै छ । यस संवन्धी नयाँ प्रविधिहरुको विकास हुने क्रममै छ। त्यसैले सौर्य उर्जा पार्कको वातावरणीय तथा प्राकृतिक स्रोतहरुमा पर्ने प्रभावको बारेमा विस्तृत रुपमा अध्ययन भएको पाइदैन । यसका केही नकारात्मक पक्षहरु स्पष्ट रुपमै देखिएका छन् । उदाहरणको लागि, सौर्य उर्जा केन्द्रमा अत्यधिक रुपमा पानीको खपत हुने गर्दछ । कायदे आजम सोलार पार्क का अनुसार , सोलार प्यानलहरुको मर्मत संभार कमै मात्र ध्यान दिए पुग्छ तर तिनीहरुलाई एकदमै सफा राख्नु पर्ने हुन्छ ।

अन्दाजी एउटा सोलार प्यानल सफा गर्न १ लिटर पानीको आवश्यकता पर्छ । अव ५२ लाख सोलार प्यानल सफा गर्न आवश्यक पानीको परिमाण पाकिस्तान जस्तो पानी संकट (water stressed) झेल्दै आएको देशको लागि निकै ठूलो समस्या हुन जान्छ । अहिले जडान भएका ४ लाख सोलार सेलहरुको सफाइ गर्न ३० जना कामदारलाई १० देखी १५ दिन लाग्ने गरेको बताइन्छ । “हाम्रो लागि यो वर्ष निकै भाग्यशाली रह्यो किनकी यो वर्ष अत्यधिक वर्षा भयो जसको कारण सोलार प्यानलहरु आफै सफा भए,” अस्कारीले भने । सोलार प्यानलहरु सफा गर्ने प्रभावकारी तथा दक्ष प्रविधिको खोजीमा पार्क ब्यवस्थापन रहेको पनि उनले जानकारी दिए ।यसैगरी, वढ्दो मानव गतिविधिहरुले त्यहाँ सुख्खा क्षेत्रमा रहेको जैविक विविधता तथा बाह्सिगां, वन विरालो तथा सुख्खा क्षेत्रमा वसोवास गर्ने मयुर प्रजातिका चराहरु जस्ता वन्यजन्तुहरुको वसोवासमा नकारात्मक असर पार्ने देखिन्छ ।

नयाँ सडक संजाल को विस्तार तथा विशाल सोलार प्यानल जडान गर्नको लागि आबश्यक ब्यापारिक गतिविधिले यस क्षेत्रमा प्रदुषणको स्तर वढ्ने कुरामा हवीव सहमत छन् । उनका अनुसार ५२ लाख सोलार प्यानलहरु सफा गर्न आवश्यक पर्ने पानी जम्मा गर्नु पाकिस्तान जस्तो पानीको उपलब्धता कम हुदै गएको देशको लागि ठूलो चुनौती हुनेछ ।

तर शाह ले मानव वस्तीहरु भन्दा टाढा मरुभूमिमा निर्माण हुनु नै सौर्य पार्कको एउटा महत्वपूर्ण पक्ष रहेको भन्दै यस परियोजनाको प्रतिरक्षा गरे । “प्रारम्भिक वातावरणीय परीक्षण (­­Initial Environmental Examination ) पश्चात हामीले निर्माण कार्य सुरु गर्नु अघि वातावरण संरक्षण विभागले परियोजनाको लागि अनुमति प्रदान गरेको थियो”, उनले प्रष्ट पारे ।

हबीवले सौर्य पार्कले पार्ने कुनै पनि नकारात्मक असरलाई कम गर्नको लागि वातावरणीय तथा सामाजिक कोषको स्थापना गर्न सरकारलाई सुझाव दिएका छन् । वातावरणविदहरु सौर्य पार्कमा जडान गरिएका दशौ लाख सोलार प्यानलहरु २५ वष पछि पुरानो हुने र त्यसको ब्यवस्थापन कसरी हुने छ भन्ने कुरामा चिन्तित देखिन्छन्। सीलीकनले वनेका यस्ता प्यानलहरु पुराना भए पछि पुन प्रसोधन गरि सिलिकन निकालिन्छ र त्यस ठाउमा नयाँ प्यानलहरु जडान गर्नु पर्ने हुन्छ ।

पाकिस्तानको उर्जा संकट

पाकिस्तान लामो समयदेखि उर्जा संकटको मारमा छ । यतीसम्मकी केही ग्रमीण भेगमा दिनको २० घण्टा सम्म पनि लोडसेडिङ्ग हुने गरेको छ । यस्ता क्षेत्रमा लामो समय सम्म हुने लोडसेडिङ्गले गर्दा स्थानिय तथा वैदेशिक लगानीको अभाव छ भने भएका केही उद्योग तथा कलकारखानाहरु पनि वन्द भएका छन् । कुल २२,७९७ मेगावाट उत्पादन क्षमता भएको पाकिस्तानमा अहिले १४,००० मेगावाट मात्र उत्पादन भएको छ । तर उर्जाको वर्तमान माग भने १९,००० मेगावाट रहेको छ । अहिले निर्माणधीन सौर्य पार्कको १००० मेगावाटले उर्जा संकटमा केही राहत मिले पनि सरकारले अन्य जलविद्युत तथा कोइलावाट चल्ने विद्युत परियोजनामा लगानी गरी उर्जा संकट समाधान गर्नु पर्ने अस्कारीले वताए । प्रधामन्त्री नवाज सरिफले १००० मेगावाटको सौर्य उर्जा संयन्त्रको उदघाटन समारोहमा वोल्दै पाकितानलाई उर्जा संकटवाट सन् २०१७–२०१८ सम्ममा मुक्त गर्ने वचन दिएका थिए ।

छैनन् सवै खुसी

केही आलोचकहरु सौर्य पार्कले लगानीकर्ताहरु मात्र धनी हुने र उपभोक्ताहरुले दीर्घकालमा उर्जाको लागि झन् धेरै रकम खर्च गर्नु पर्ने विचार ब्यक्त गर्दछन् । “जल विद्युत परियोजना सौर्य उर्जा को तुलनामा आधा सस्तो हुने र वायु उर्जा उत्पादनको लागतसंग करिव वरावर हुने भएकोले किन सौर्य उर्जामा मात्र त्यत्रो लागानी ?,” सरकारसंग काम गरिरहेका इस्लामावादमा कार्यरत एक उर्जाविदले नाम गोप्य राख्ने सर्तमा द थर्डपोल डट नेट संग भने । उनले सौर्य उर्जा प्रति शंका गर्नुपर्ने धेरे कारणहरु रहेको बताए ।

पहिलो कारण भनेको यो सौर्य पार्कले प्रचार गरिएको जस्तो १००० मेगावाट विद्युत भन्दा धेरै कम उर्जा उत्पादन गर्ने छ । “औषतरुपमा जडान गरिएको कुल क्षमताको २० प्रतिशत मात्र सौर्य उर्जा उत्पादन हुन्छ । अर्को तर्फ सौर्य उर्जा उत्पादन दिनमा हुने गर्दछ भने वेलुका जुन वेला उर्जाको माग अत्यधिक हुन्छ सौर्य पार्कको उत्पादन करिव शुन्य हुन्छ । ” ती उर्जाविद्ले ब्याख्या गरे । त्यसैले अत्यधिक माग भएको वेला विद्युत आपूर्तिको लागि अन्य विकल्पको रुपमा जल विद्युत तथा थर्मल प्लान्टको निर्माण गर्नु पर्ने देखिन्छ । तर सौर्य उर्जा परियोजना संचालन गर्ने कम्पनीहरुका अनुसार १०० मेगावाटको सोलार प्लान्टले ८५ मेगावाट सम्म विद्युत उत्पादन गर्न सक्छ ।

दोश्रो कारण भनेको सौर्य उर्जा अन्य उर्जाका स्रोतहरु भन्दा महङ्गो पर्छ । कायदे आजम सौर्य पार्कका अनुसार यसले उत्पादित विजुली सरकारलाई प्रति युनिट ०.१४ अमेरिकी डलरमा विक्री गरिरहेको छ । पकिस्तानको राष्ट्रिय विद्युत प्रसारण तथा आपूर्ति कम्पनी स्रोतले वताए अनुसार उनिहरुले प्रति युनिट ०.२४ अमेरिकी डलरमा विजुली किन्नको लागि संम्झौतापत्रमा हस्ताक्षर गरिसकेको र यो दर ७ वर्ष भित्र ऋण चुक्ता भए पछि प्रति युनिट ०.१७ अमेरीकी डलरमा झर्ने वताइएको छ । जुन सुकै अवस्थामा पनि सौर्य उर्जा पार्क बाट उत्पादन हुने विद्युतको प्रति एकाइ मुल्य जलविद्युतको प्रति एकाइ मुल्य ०.०७ अमेरीकी डलर, तेल इन्धनबाट चल्ने विद्युत प्लान्टको ०.११ अमेरिकी डलर र आयातित ग्यासको ०.१२ अमेरिकी डलर भन्दा धेरै नै महङ्गो पर्न जान्छ ।

“ यो मुल्य त केवल विद्युत उत्पादनको लागत मात्र हो । यसमा २५ प्रतिशत थप मुल्य हराएमा वा चोरी भएमा भनि सोलार प्यानल ढुवानीको बेला जोडीन्छ,”उनले भने । “सौर्य उर्जा उत्पादन परियोजनाको वित्तिय औचित्य लाई त्यतिखेर मंञ्जुरी दिइएको थियो जति वेला तेलको भाउ ११० अमेरिकी डलर प्रति ब्यारेल पुगेको थियो,” त्यतिखेर तेलको मुल्यमा गिरावट आउछ भनेर आफुले दिएको सल्लाह सरकारले नमानेको प्रति पश्चाताप गर्दै उनले थपे ।

अन्य केहि विज्ञहरु भने दीर्घकालमा सौर्य उर्जाको लागत मुल्य घटने र अन्य उर्जा संग प्रतिस्पर्धा गर्न सक्ने तर्क पेश गर्छन् । इस्लामावादमा अवस्थित थिङ्क ट्याङ्क समुह दिगो विकाश नीति प्रतिष्ठान (Sustainable Development Policy Institute) का सह कार्यकारी निर्देशक वकार अहमद ले भने, “ जुनसुकै नयाँ प्रविधिको लागि पनि सुरुका वर्षहरुमा स्थिर लागत बढी नै हुने गर्दछ । यो लागत समयसंगै घटदै जाने गर्दछ । ” चीनको अनुभवले के देखाएको छ भने सौर्य उर्जा उत्पादन सम्वन्धी प्रविधिको दक्षता वढ्दै जाने र यसको लागत घट्दै जाने हुन्छ, उनले थपे । १२०,००० मेगावाट उत्पादन क्षमता रहेको जानकारी गराउदै विश्व वन्य जन्तुकोषका हवीवले वायु उर्जाले पनि पाकिस्तानको उर्जा आवश्यकतामा ठूलो योगदान गर्न सक्ने संभावना ब्यक्त गरे । “सौर्य उर्जा भन्दा फरक वायु उर्जा रातको समयमा पनि उत्पादन गर्न सकिन्छ ,” उनले भने ।

राजनीतिक जोखिम

प्रधानमन्त्री नवाज सरिफको कार्यकाल २ वर्ष जति मात्र बाँकी छ । यस्तो अवस्थामा प्रधानमन्त्री सरिफको राजनीतिक जिवनकोलगि सौर्य पार्कको सफलताले महत्वपूर्ण अर्थ राख्छ । “सौर्य उर्जा पार्क परियोजना सत्ताधारी दल पकिस्तान मुस्लिम लीग (एन) का लागि ठूलो राजनीतिक अर्थ राख्छ ।,” सौर्य उर्जा पार्कका सुरक्षा प्रवन्धक तथा पाकिस्तानी सेनाका अवकास प्राप्त प्रमुख सेनानी एम. हसान मलिक ले वताए । “ यसै परियोजनाको माध्यमद्धारा सरकारले वाहिरी दुनियाँलाई आफुसंग विशाल परियोजनाहरु कार्यन्वयन गर्न सक्ने क्षमता रहेको तथा वैदेशिक लगानीकर्ताहरुलाई पूण सुरुक्षा दिने सन्देश दिन चाहन्छ । ”दण्डहीनता र अतिवादी सोचको वाहुल्यता भएको क्षेत्र भएकोले मलिकको काम कम चुनैतीपूर्ण भने छैन ।

“यो पार्क राष्ट्रिय सम्पती मात्र होइन यहाँ काम गर्ने मानिसहरु विदेशी पनि छन् । त्यसैले परियोजनाको सुरक्षा संवेदनशिलता धेरै नै छ ,” उनले भने । निर्माणाधीन सौर्य उर्जा पार्कको सुरक्षामा ८०० देखि ९०० सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन जहाँ ४०० चिनियाँ नागरिक तथा २००० भन्दा वढी अन्य कामदारहरु कार्यरत छन् ।

सांस्कृतिक आघात

पार्कमा १ वर्ष देखि कार्यरत जर्मन इन्जिनीयर अलेक्जेण्डर हालविच को लागि हात हतियारले सुसज्जित सुरक्षाकर्मीको घेरामा बसेर काम गर्न अभ्यस्त हुन एकदमै गार्हो भयो । “यो ठाउँको खाना राम्रो छ । मानिसहरु एकदमै मिलनसार र सहयोगी छन् । सुरक्षाकर्मीहरु पछि लगाएर हामीहरु कहिलेकाही सहर सम्म पनि पुग्छौ । तर रात परेपछि ति सव कुरा वन्द हुन्छ ,” हालविचले भने । “वेलुकीको समयमा गर्न सक्ने केही पनि हुँदैन,” पार्कमा प्राविधिक टिमको नेतृत्व गरिरहेका मुहम्मद हसान अस्कारीले सहमति ब्यक्त गरे । पन्जाव प्रान्तको राजधानी लाहोरका स्थानीय वासिन्दा अस्कारी काममा सधै ब्यस्त भेटिन्छन् र सप्ताहन्तमा घर जाने प्रयत्नमा रहन्छन् ।विदेशी कामदारले भने घर जाने अवसर प्रायः कमै पाउछन । “ म प्रत्येक ३ महिनामा १० दिन जतिको लागि घर जान्छु ।,” यूवा चिनिया इन्जिनियर झाङ्ग टिङ्ग ले वताइन् । “मलाई त २ महिनामै घर जान मन लाग्छ तर घर जाने वित्तीकै पाकिस्तान र कामको याद आउन थाल्छ ।,” उनले थपिन् ।

झाङ्गले सुरुमा काम गर्न आँउदा पाकिस्तानमा भाषाको समस्या तथा प्रतिकुल मौसमको सामना गर्नु पर्यो । यी चिनियाँ इन्जिनियरले एकदमै नयाँ कार्य पद्धती तथा कार्य संस्कृति संग घुलमिल हुन निक्कै प्रयास गर्नु पर्यो। “नयाँ कार्य पद्धति संग घुलमिल हुन र हामी विचमा रहेको काम गराइको तरिकामा रहेको मतभेद सम्वन्धी समस्या समाधान हामीले हाम्रो टिममा धेरै भन्दा धेरै पाकिस्तानीहरुको सहभागीता गरायौं, ” उनले थपिन् ।