भारतीय वैज्ञानिकहरूले एउटा यस्तो जैविक कम्पोस्टिङ झोलको विकास गरेका छन् जसलाई किसानहरूले पराल जलाउनुको विकल्पको रूपमा प्रयोग गर्न सक्दछन् । नयाँ दिल्ली स्थित पुसामा रहेको भारतीय कृषि अनुसन्धान संस्थान मा सूक्ष्मजीवहरूको अध्ययन गर्ने वैज्ञानिकहरूले विभिन्न प्रकारका ढुसीहरूको समिश्रण भएको एउटा क्याप्सुलको विकास गरेका छन् जसलाई घोलेर पराल भएको खेतमा छर्न सकिन्छ ।

प्रत्येक वर्ष मंसिर महिनामा नयाँ बालीको तयारीको लागि किसानहरूले पराल जलाउने गर्दछन् र दिल्लीका छिमेकी राज्यहरू हरियाणा, पञ्जाब र उत्तर प्रदेश राज्यबाट आउने प्रदूषित धुवाँले आक्रान्त बन्दछ । चिसो तापक्रम, न्यून आर्द्रता र स्थिर हावाका कारण शरद ऋतुभर नै प्रदूषणका कणहरू वायुमण्डलबाट उम्कन पाउँदैनन् ।

आफ्नो ‘बायो डिकम्पोजर’ले प्राकृतिक रूपमा नै धानको पराललाइ ९० प्रतिशतसम्म सडाउने भारतीय कृषि अनुसन्धान संस्थानका निर्देशक अशोक कुमार सिंह बताउँछन् । यसो गर्नका लागि किसानहरूले धान काटिसकेपछि बाँकी रहेको पराललाई स-साना टुक्रा बनाउनुपर्दछ र खेतमा छर्नु पर्दछ । त्यसपछि परालमा बायो डिकम्पोजर झोल छर्नु पर्छ । यसो गरेपछि खेतलाई सिँचाइ गर्नुपर्छ र २५ दिनसम्म त्यत्तिकै राख्नु पर्छ।

नमुना परियोजना

भारतीय कृषि अनुसन्धान संस्थानले दिल्ली ’roundका साना सहरहरू र तीन छिमेकी राज्यहरूमा छरिएको १२,००० हेक्टर जमिनमा ‘खरिफ’ खेतीको समय (जून देखि अक्टोबर)मा यो प्रविधिको परीक्षण गरेको थियो । संस्थानले आन्ध्र प्रदेश, ओडिशा, तेलंगाना र पश्चिम बङ्गालका किसानहरूलाई पनि क्याप्सुल पठाएको छ र १० कम्पनीलाई ठूलो स्तरमा उत्पादनका लागि इजाजतपत्र प्रदान गरेको छ ।

नमुना परीक्षण सफल घोषित भइसकेको छ । दिल्लीका वातावरण मन्त्री गोपाल रायले भने, ‘जैविक डिकम्पोजरको प्रयोगले ९० प्रतिशत पराललाई २० दिनभित्रै मलमा परिणत गर्न सकिने देखिएको छ … केन्द्र सरकार र राज्य सरकारले पनि यो विधि लागू गर्नुपर्दछ ।’

तर किसानहरूले नयाँ प्रविधि अँगाल्नेछन् वा छैनन् भन्ने यक्ष प्रश्न खडा भएको छ । वैज्ञानिकहरूले विकास गरेको झोल बनाउन सस्तो पनि छ । करिब १.३५ डलर पर्ने चार क्याप्सुलले एक हेक्टरभन्दा बढि क्षेत्रफलमा छरिएको पराललाई कुहाउन सक्दछ । तर यो अझै पनि असम्भव छ ’cause निःशुल्क रुपमा उपलब्ध नगराउँदासम्म किसानहरूले यसको प्रयोग गर्ने सम्भावना न्यून छ ।

संस्थानले किसानहरूलाई धानको बिउसितै क्याप्सुल वितरण गर्ने योजना बनाएको निर्देशकले सिंहले बताए ।  सरकारले मुण्डका, नजफगढ र नरेला जस्ता इलाकाहरूमा क्याप्सुल प्रयोग गर्न इच्छुक कृषकहरूलाई नि:शुल्क क्याप्सुल वितरण गरेको दिल्ली सरकारको वातावरणीय विभागका प्रवक्ताले बताए ।

नयाँ बालीका लागि किसानहरूले पराल जलाउनु सामान्य प्रचलन हो । तर यसले गम्भीर वायु प्रदूषण निम्त्याउँछ [तस्विर: अलामी]

अन्य विकल्पहरू

पराल जलाउनुको सट्टा अन्य तरिकाबाट नष्ट गर्ने प्रविधिहरू पनि हालैका दिनमा प्रयोगमा आइरहेका छन् । परालबाट इन्धन निकाल्न सकिन्छ र बायोग्याँस पनि बनाउन सकिन्छ । त्यस्तै एउटा यस्तो ट्राक्टरमा जोड्न मिल्ने सिडर(बिउ छर्ने मेसिन) को विकास भएको छ जसको प्रयोगले जमिनमा प्वाल पारेर बिउ छर्न सकिन्छ र पराललाई ‘मल्च’को रुपमा प्रयोग गर्न सकिन्छ ।  तर पराल सजिलै नसड्ने भएकाले र पराल नउखाली जोत्दा उत्पादकत्वमा ह्रास आउने भएकाले यी प्रविधिहरू खासै प्रयोगमा आएका छैनन् । वैज्ञानिकहरूले विकास गरेका यो नयाँ प्रविधिले यी सबै समस्याहरूको सम्बोधन गर्दछ ।

परालको समस्या समाधान गर्नका लागि एकदमै भिन्न तरिकाहरू पनि प्रस्ताव गरिएका छन् । सन् २०१९ मा साइन्स जर्नलमा प्रकाशित एक लेखले उत्तर भारतका किसानहरूले खन-जोत गर्नु नपर्ने कृषि पद्धति अपनाउन सक्ने जनाएको थियो । लेखमा किसानहरूले खेतलाई नचलाइ परालले केही समय ढाकेर राख्न सक्ने बताइएको थियो । यस्ता वैकल्पिक उपायहरूको प्रयोगबाट किसानहरूले आफ्नो हरित गृह उत्सर्जनमा ७८ प्रतिशतसम्म कटौती गर्न सक्ने र दिल्ली जस्ता सहरहरूमा प्रदूषण घटाउन सहयोग पुग्ने देखिएको छ ।

अध्ययनको नेतृत्व प्रकृति संरक्षण क्षेत्र, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र, भारतीय कृषि अनुसन्धान परिषद र बोर्लाउग दक्षिण एसिया अध्ययन केन्द्र तथा मिनेसोटा विश्वविद्यालयका प्रख्यात कृषि तथा वातावरणीय वैज्ञानिकहरूको टोलीले गरेको थियो  । गहुँलाई नजोतिएको माटोमा टुक्रा पारिएको परालसित गोडेर रोप्नु नै उत्तम विकल्प भएको र यसले श्रमिक, इन्धन र मेसिनरी लागतमा कटौती हुनुका साथै उत्पादन पनि उच्च रहने देखिएको छ ।

 

एउटा जल्दो बल्दो समस्या

बालीको अवशेष जलाउने परम्परागत कृषि अभ्यास भारतमा वायु प्रदूषणको प्रमुख कारणहरू मध्ये एक रहेको छ । यस्तो अभ्यासले हरित गृह ग्याँसहरू उत्सर्जन गर्ने र जनस्वास्थ्यलाई हानी गर्ने गर्दछ ।

भारतको नवीकरणीय उर्जा मन्त्रालयका अनुसार देशले प्रत्येक वर्ष करिब आधा अर्ब टन बालीको अवशेष उत्पादन गर्दछ । उत्तर प्रदेश राज्यले सबैभन्दा बढी ६० मेट्रिक टन उत्पादन गर्दछ, त्यसपछि पञ्जाब (५१ मेट्रिक टन) र महाराष्ट्र (४६ मेट्रिक टन)ले पनि उल्लेख्य मात्रामा पराल जस्ता अवशेष उत्पादन गर्दछन् ।

भारतको राष्ट्रिय बाली अवशेष व्यवस्थापन सम्बन्धी नीतिका अनुसार  हालैका दिनहरूमा श्रमिकको अभाव, खेतबाट बालीको अवशेष हटाउन लाग्ने उच्च लागत र मेसिनको प्रयोगबाट बालीको कटान हुने गरेका कारण हालका वर्षहरूमा बालीको अवशेष जलाउने समस्या गम्भीर हुँदै गएको छ ।

भारतलाई अनाज उत्पादनमा आत्मनिर्भर बनाउने हरित क्रान्तिमा मुख्य भूमिका खेलेका हरियाणा र पञ्जाबमा मात्रै प्रत्येक वर्ष ३ करोड ५० लाख टन बायोमास जलाउने गरेको, दिल्लीस्थित द एनर्जी एण्ड रिसोर्स इन्सिट्युट (टेरी) को एक रिपोर्टले देखाएको छ ।

तसर्थ यो समस्यालाई समाधान गर्दा बाली अवशेषलाई एउटा यस्तो स्रोतको रुपमा प्रयोग गरिनुपर्छ जसबाट उर्जा उत्पादन गर्न सकियोस् वा कुनै काम लाग्ने वस्तु बनाउन सकियोस् जसका कारण हरित गृह ग्याँस उत्सर्जनमा कमी आओस्, टेरीको रिपोर्ट भन्छ  ।

पराल जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड र सल्फर डाइअक्साइडको जस्ता ग्याँसहरू तथा कालो धुवाँ उत्सर्जन हुन्छ । तापक्रम कम भएको स्थितिमा यी प्रदूषणका कणहरू लामो अवधिसम्म वातावरणमा रहिरहन सक्छन् ।

आंशिक समाधान

तमिलनाडु स्थित कान्चीपुरममा रहेको एसआरएम  विज्ञान तथा प्रविधि केन्द्रको सिभिल इन्जिनियरिङ विभागकी सहप्राध्यापक एस भुवनेश्वरीले पराल सडाउने यस्तो प्रविधिले पराल व्यवस्थापनको समस्याको आंशिक मात्र समाधान गर्ने बताइन् ।ब्याक्टेरियाको माध्यमबाट अवशेषहरू सडाउने काम गर्दा सेल्युलोज जस्ता नरम भागहरूमात्र सहजै सडाउन सकिन्छ, बाली अवशेष जलाउने नीतिगत चुनौतीहरूको ’boutमा एक अध्ययनकी सह-लेखक भुवनेश्वरीले भनिन् । तर डाँठ, पराल र भुसमा पाइने लिग्निन कडा पदार्थ हो र यसलाई सडाउन गाह्रो छ।

कम्पोस्टिङ, जैविक ईन्धन  उत्पादन, निर्माण उद्योगमा परालको प्रयोग जस्ता अन्य विकल्पहरू पनि बढावा दिन आवश्यक रहेको उनले बताइन्।

बालीनालीको अवशेष जलाउनुको वास्तविक कारण कृषि वा फोहोर व्यवस्थापन मुद्दाहरूसित नभई सामाजिक-आर्थिक मुद्दाहरूसित जोडिएको छ, भुवनेश्वरीले भनिन् । महँगो प्रविधिले दिने समाधानहरू गरिब भारतीय किसानहरूको सन्दर्भमा सफल हुने सम्भावना कम भएको उनी बताउँछिन् । त्यसलै बालीका अवशेषहरूमा रहेको पोषक तत्व माटोमै फिर्ता ल्याउन सक्ने तरिकाहरूको सम्भाव्यता बढि रहन्छ ।

भारतीय कृषि अनुसन्धान संस्थानले निकालेको समाधानको ठूलो समस्या के हो भने यसलाई अपनाउन पराललाई सानो टुक्रा पार्नु पर्छ । हरियाणाको रोहतक जिल्लाका एक किसान मोहन सिंहले भने, ‘यदि मैले पराल काट्न मानिस राखेर खर्च गर्न सक्थ्यौँ भने हामी यसलाई हाम्रो खेतबाट पूरै हटाउनको लागि पनि त तिर्न सक्थ्यौँ । यदि यो पराल कम्पोस्टमा परिणत गरियो भने यो राम्रो हुन्छ । तर विशेषज्ञहरूले पराल नकाटी यसलाई नष्ट गर्ने उपाय खोज्नुपर्दछ । पराल जलाउनाले धेरै समस्याहरू निम्त्याउँछ भन्ने हामी जान्दछौँ । तर अरू तरिका अपनाउँदा धेरै खर्च हुने भएकाले हामी यही विधि अपनाउँछौँ ।’

 

 

 

One comment

  1. Krishna Murari Ghimire |

    किसानहरुले पराल मात्र हैन हरेक बालीका उप उत्पादनहरु पशुवस्तुलाई आहाराको रुपमा प्रयोग गरिने बाहेकका सबै झारपात,बालीका अवशेष पराल,ढोड,नल,छ्वाली,कुनौरो,गट्टे, भुत्ला, खोसेल्टा जस्ता पाँगारिक फोहोरहरु सबैलाई विभिन्न माध्यमबाट खेतमा नै कुहाएर मल बनाउन सकिन्छ।हुन त यहाँ पुसाको बायो डिकम्पोजरको कुरा गरिएको छ,जुन प्रभावकारी हुँदा हुँदै पनि खर्चिलो पनि छ। खर्चिलो यस कारण कि किसानहरुले इएम् जस्तै सधैं किनिरहनु पर्छ।तर वेस्ट डिकम्पोजर कल्चर जुन राष्ट्रीय जैविक खेती केन्द्र ग़ाज़ियाबाद ( जुन इण्डियाको सरकारी निकाय हो) का तात्कालीन निर्देशक डा. कृष्णचन्द्रको टीमले उत्पादन गरेको, ले यस्ता पराल लगायत कृषिका उप उत्पादनलाई सजिलै र चाँडै कुहाउनुका साथै,मरेको माटोलाई जगाउनुको साथै यसको माध्यमबाट जीवामृत,सुक्ष्मतत्व, वानस्पतिक विषादी,गोबर मल लगायत दर्जनौं प्राँगारिक मल बनाउन सकिन्छ र यो कल्चर एक पटक लिएपछि जीवनभर मल्टिप्लाई गर्दै प्रयोग गरिरहन सकिन्छ,किनिरहनु पर्ने झंझट पनि हुँदैन।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.