जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अचानक भारी हिमपात हुन थालेको छ। यसो हुनाले दुर्लभ हिउँचितुवा आफ्नो वासस्थान रहेको उच्च हिमाली भूभागबाट तल सर्न बाध्य भएका छन् । तर त्यहाँ उनीहरूको जम्काभेट जलवायु परिवर्तनकै कारण माथिल्लो भूभागहरूमा बसाइ सर्दै गरेका चितुवाहरू जस्ता प्रजातिहरूसित हुनसक्ने देखिएको छ। संरक्षणविद्हरू यस्तो खालको प्रतिस्पर्धाले पहिले नै वासस्थान नास र चोरी सिकारीका कारण लोपोन्मुख अवस्थामा पुगिसकेका हिउँ चितुवाहरूमाथिको खतरा बढेर जानेसक्ने भएकाले आफुहरु चिन्तित रहेका बताएका छन्।

सिक्किम वन विभागका अधिकारीहरूले हिउँ चितुवा र चितुवाको तस्विर एउटै क्यामेरा ट्रापमा फेला पारेका छन् । सिक्किमबाट सयौँ किलोमिटर पर अर्को हिमाली राज्य उत्तराखण्डमा मानिसहरूले उनीहरू जाडोका कारण तल्लो भेगमा झर्दा हिउँ चितुवाहरू उनीहरूको गाउँ नजिकै घुम्दै गरेको देखेका हुन्। । उत्तरी पाकिस्तानमा पनि त्यस्तै घटनाहरू भएका रिपोर्टहरू आएका छन् ।

A snow leopard checks out a camera trap [image by: Rishi Kumar Sharma]

क्यामेरा ट्रापको जाँच गर्दै एक हिउँ चितुवा [तस्विर : ऋषि कुमार शर्मा]

माधवेंद्र सिंह जाडो याममा समेत समुद्रको सतहबाट २,७४५ मिटरको उचाइमा पर्ने र गर्मी यामको प्रसिद्ध तीर्थस्थल गङ्गोत्री (गङ्गा नदीको उद्गम थलो)  जाने बाटोमा रहेको हर्सिल गाउँमा बस्ने केही व्यक्तिहरू मध्येका एक हुन् । ‘ सन २०१८ को जाडोमा यहाँ धेरै हिउँ परेको थियो,’ उनले द थर्ड पोललाई बताए । ‘हिउँ चितुवाको उत्तरकाशी नजिकैको झाला गाउँमा फोटो खिचिएको थियो। त्यो स्थान हर्सिल भन्दा २,२०० मिटर कम उचाइमा अवस्थित छ । सन् २०१९ को जाडोमा पनि हिउँ चितुवाहरू तल्लो भूभागमा देखा परेका थिए ।’  यो जनावर सामान्यतया  वृक्ष रेखाको माथि करिब ३,००० मिटरको उचाइमा र हिमनदी क्षेत्रको ’round ६,००० मिटर तल बस्ने गर्दछ ।

‘प्रायः हिउँ चितुवाहरू लुकेर बस्छन् । तिनीहरू हिउँदमा हाम्रो गाउँ ’round घुम्छन् वा घुम्दैनन् थाहा थिएन,’ सिंहले भने। ‘हामीले यसमा कुनै ध्यान दिने गरेका थिएनौँ ।’स्थानीयहरू हिउँ चितुवाको ’boutमा पहिले भन्दा बढी उत्सुक भएको कुरामा  उत्तरकाशीका डिभिजनल वन अधिकारी सन्दीप कुमार सहमत छन् ।

‘हिउँ चितुवाहरू जाडो याममा भारी हिमपात भयो भने ३,००० मिटर तल ओर्लन्छन्,’ कुमारले द थर्डपोललाई बताए । ‘उनीहरूको शिकार  (नाउर, कस्तूरी मृग, झारल र घोरल)को खोजीमा तलतिर सर्छन् । गत नोभेम्बर र फेब्रुअरीकाबीच नाउरको बथान राष्ट्रिय निकुञ्ज बाट ५० किमी तल उत्तरकाशीको दिशामा देखिएको थियो । यदि नाउर त्यहाँ आए भने हिउँ चितुवाहरू पनि त्यहाँ नै हुनुपर्दछ ।

ठूलो विचरण क्षेत्र, सानो संख्या

हिउँ चितुवा सम्पूर्ण हिन्दु कुश हिमालय र मध्य एशियाको विशाल क्षेत्रमा पाइन्छ । अफगानिस्तान, भुटान, चीन, भारत, कजाकिस्तान, किर्गिस्तान, मंगोलिया, नेपाल, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानमा यो जनावर बस्ने गर्दछ । तर चट्टानहरू र हिमपहिरोहरूविच अत्यन्त कठिन भौगर्विक बनोटभएका ठाउँहरुमा  बाच्ने  यी जनावरहरूको संख्या निकै थोरै छ । तिनिहरुको सङ्ख्या करिब ३,५०० देखि ७,०००को बीच रहेको अनुमान गरिन्छ। अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसिएन)ले हिउँ चितुवालाई खतरामा रहेको प्रजातिको रुपमा वर्गीकृत गरेको छ । जलवायु परिवर्तनका कारण सामान्य चितुवाको आहार विहार गर्ने क्षेत्रमा नै हिउँ चितुवाहरू आहार विहार गर्ने थालेका छन् र यसका कारण उनीहरूमाथिको जोखिम बढेको छ  ’cause चितुवा र हिउँचितुवाले लगभग उस्तै प्रजातिका जनावरको सिकार गर्छन् ।

देहरादुन स्थित वन्यजन्तु अध्ययन संस्थानका  वैज्ञानिक  एस सत्यकुमारका अनुसार भारतमा करिब ५१६ हिउँ चितुवाहरू छन् । जसमध्ये जम्मू कश्मीरमा २८५, हिमाचल प्रदेशमा ९०, उत्तराखण्डमा ८६, सिक्किममा १३ र अरुणाञ्चल प्रदेशमा ४१ रहेको अनुमान गरिएको  छ । भारतको वातावरण मन्त्रालयले सन् २०२२ को अन्त्यसम्ममा देशमा रहेका हिउँ चितुवाहरूको सङ्ख्याको अनुमान तयार पार्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तन र अन्य प्रभावहरू

जम्मू कश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड र सिक्किममा केन्द्रीय वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले जैविक विविधता प्रवर्द्धन र स्थानीयको जीविकोपार्जनका लागि सुरक्षित हिमालय परियोजना चलाइरहेको छ । हिउँ चितुवाको संरक्षण गर्नु परियोजनाको एक उद्देश्य हो ।परियोजनाको उत्तराखण्ड क्षेत्रकी अधिकृत अपर्णा पाण्डेले द थर्ड पोललाई भनिन् , ‘हर्सिल र सिक्किमका तल्लो भेगमा हिमचितुवाहरू देखिनुले जलवायु परिवर्तनले तिनीहरूको बासस्थान खल बलाइरहेको तर्फ इङ्गित गर्दछ । तिनीहरू खाना र पानीको खोजीमा तल ओर्लदै छन् ।’

अन्तर्राष्ट्रिय क्रायोस्फीयर क्लाइमेट इनिसिएटिभका अनुसार हिमाली क्षेत्रको वार्षिक औसत सतह तापक्रम औद्योगिक युग अघिको तुलनामा १.५ डिग्री सेल्सियसले वृद्धि भएको छ । यो १ डिग्री सेल्सियस भन्दा थोरैको औसत विश्वव्यापी वृद्धि भन्दा धेरै बढि हो । हिउँ चितुवा ट्रस्टका अनुसार, तिब्बती पठारमा यस अवधिमा औसत तापक्रम ३ डिग्री सेल्सियस जतिले बढेको छ। जलवायु परिवर्तनले तापक्रम बढाउँदैछ र वर्षा र हिमपातलाई पनि असर गरिरहेको छ । हिमाली क्षेत्रमा अचानक हुने भारी हिमपात यसैको नतिजा हो ।

A snow leopard walks through deep snow [image by: Rishi Kumar Sharma]

भारी हिमपात भएको क्षेत्रबाट हिँड्दै एक हिउँचितुवा [तस्विर: ऋषि कुमार शर्मा]

हिमाली क्षेत्रमा फूल र फलफूलको जीवन चक्रमा पनि उच्च तापक्रमका कारण परिवर्तन हुँदै गएको छ, सत्यकुमारले भने । ‘मे महिनामा फुल्ने फूलहरू अहिले अप्रिलमा फूलेका छन् । यी बोटबिरुवामा निर्भर जनावरहरूले पनि उनीहरूको गतिविधिहरू परिवर्तन गरिरहेका छन्, पछिल्लो २० बर्षदेखि अध्ययन गरेर हामीले पत्ता लगायौं । यदि हिउँ चितुवाका शिकार तल झर्छन्  भने उनीहरूले पनि त्यसै गर्छन् ।’ उच्च हिमाली क्षेत्रमा सडक निर्माण र खनिज उत्खननले हिउँ चितुवाको बासस्थानलाई लाई प्रभावित पारिरहेको विश्व वन्यजन्तु कोषको प्रतिवेदनले पनि भनेको छ । कोषको भारत कार्यालयद्वारा सन् २०१५ मा प्रकाशित एक रिपोर्टले  जलवायु परिवर्तनका कारण उच्च हिमाली भेगमा वनस्पतिमा परिवर्तन आइरहेको र यसका कारण उब्जेका नयाँ बोटबिरुवा र घाँसहरू हिउँ चितुवाले सिकार गर्ने भेडा, बाख्रा र मृग प्रजातिहरूलाई मन नपर्ने बताएको थियो । त्यसमाथि हावा सुक्खा हुँदै गइरहेको छ र हिम नदीहरू समय अगावै पग्लिएका कारण पानीको उपलब्धता घट्दै गइरहेको छ । हालको अवस्थामा परिवर्तन नआएमा हिमचितुवाको बासस्थान एक तिहाइले घट्न सक्ने आकलन रिेपोर्टले गरेको थियो । हिउँ चितुवाको बासस्थानमा अहिले नै करिब २० प्रतिशत संकुचन आएको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।

A snow leopard shelters below a cliff overhang [image by: Sonu Negi]

एउटा ढुङ्गामुनि आश्रय लिइरहेको हिउँ चितुवा [तस्विर: सोनू नेगी]

दुई चितुवाबिचको प्रतिस्पर्धा

हिउँ चितुवाहरू तल्लो भेगमा सर्दै गर्दा त्यहाँ बस्ने चितुवाहरू माथिल्तिर चढिरहेको उत्तरकाशीका वनपाल संदीप कुमारले भने । ‘जाडोमा ३,००० मीटर तल हिउँ चितुवाहरू देख्नु कुनै आश्चर्यको कुरा रहेन । त्यस्तै मैले आफैले ३,५०० मिटरको उचाईमा चितुवाहरू पनि देखेको छु। ”

विश्व वन्यजन्तु कोष भारतका ऋषि कुमारले द थर्ड पोललाई भने, ‘तापक्रम बढ्दै जाँदा वृक्ष रेखाको माथि सरेको कारणले यस्तो भएको हो । हिउँ चितुवा र सामान्य चितुवाहरूको जम्काभेट हुनेछ । यसले हिमचितुवाका लागि थप समस्याहरू सिर्जना गर्नेछ, ’cause जलवायु परिवर्तनले उनको बासस्थान अझ खुम्चिनेछ । दुई जनावर एकै आकारका छन् र खाने कुरा पनि उस्तै खान्छन् । जलवायु परिवर्तनका कारण सामान्य चितुवाको बासस्था विस्तार हुनु र हिउँ चितुवाको बासस्थानमा संकुचित आउनुले तिनीहरूबीच भविष्यमा प्रतिस्पर्धी हुनसक्ने देखिन्छ ।’

शर्माले भने, चोरी सिकारीको मारमा परेका हिउँ चितुवाका सिकार प्रजातिहरूको पनि वासस्थान खुम्चिँदै छ । ‘यसले हिउँ चितुवालाई असर पार्छ नै । यो विषयमा माथिल्लो हिमाली क्षेत्रमा धेरै अध्ययनहरू गरिएका छैनन् । हामीसँग राम्रो नीति बनाउन सूचनाको कमी छ । ‘अन्य देशहरूको तुलनामा नेपालमा यसको धेरै नजिकबाट अध्ययन भएको छ र यसले अनुसन्धानकर्ताहरूबीच सहयोग आदान प्रदानको अवसर सिर्जना गरेको छ ।’

A snow leopard on a hunt [image by: Sonu Negi]

शिकारमा हिँडेको हिउँ चितुवा [तस्वीर: सोनू नेगी]

संरक्षण प्रयासहरू

हिउँ चितुवालाई बचाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयासहरू भएका छन् र यीमध्ये केहीले स्थानीय बासिन्दाहरूलाई पनि ठूलो सहयोग पुर्‍याइरहेका छन् ।

अगस्ट महिनामा उत्तराखण्ड सरकारले उत्तरकाशी नजिक भारतको पहिलो हिउँ चितुवा संरक्षण केन्द्र स्थापना गर्ने घोषणा गरेको थियो । हिउँ चितुवा हेर्न धेरै मानिसहरू हरेक जाडो याममा हिमाचल प्रदेश जाने गरेको र लद्दाखमा समेत हिउँ चितुवाको माध्यमबाट पर्यापर्यटनको विकास गरिएको देखेको उत्तराखण्ड सरकारले आफ्नो राज्यमा पनि जाडो मौसममा हुने पर्यटकहरूलाई हिउँ चितुवाको थप आकर्षण प्रदान गर्न सक्ने आशा राखेको छ । हालै मात्र हिमाचल प्रदेशमा एउटा हिउँ चितुवाको डमरुलाई जालबाट बचाएर जङ्गलमा छोडिएको थियो । यो घटनाले प्रदेशमा ठूलो उत्साह जगाएको थियो । डमरु बाँच्यो कि मर्यो त्यो त थाहा भएको छैन तर त्यो घटनाले हिउँ चितुवा हेर्न आउने पर्यटकको सङ्ख्या बढाउने आशा लिइएको छ ।

वर्षा सिंह देहरादून, उत्तराखण्डमा कार्यरत स्वतन्त्र पत्रकार हुन् । उनले वातावरण, जलवायु परिवर्तन, सामाजिक मुद्दा र जनसरोकारका विषयमा कलम चलाउँछिन् । उनलाई ट्विटरमा @ BareeshVarsha मा फलो गर्न सकिन्छ ।

3 comments

  1. It is strange that with increasing global temperatures, snow leopards should ideally be moving upward to higher altitudes because there is an upward shift in treeline & vegetation. Thank you for the mentions.

  2. Aparna Pandey |

    It’s habitat is shrinking due to shift in tree line. May be due of scarcity of food (herbivores) or in search of food they are sometimes found in lower altitude.
    They are able to tolerate wide range of temperature.

  3. Where will this “Clash of Ecologies” leave the snow leopard? Can we think of widening the existing range of the snow leopard? Its Area of Occupancy is really very small.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.