जुलाईको अन्तिम हप्तामा ग्रीष्मकाल समाप्त भए पनि उत्तरी पाकिस्तानमा रहेको देउसाईका मैदानहरूमा हिउँ पूरै पग्लि सकेको थिएन । करिब १२, ४७९ फिटको उचाइमा अवस्थित देउसाई राष्ट्रिय निकुञ्ज र अस्टोरका मैदानहरूमा फसेका अब्दुल रउफ र अन्य ४०० बकरवाल परिवारहरूका लागि यो समस्या को विषय थियो । उनीहरू आफ्ना हजारौं जनावरहरूलाई उच्च भूभागमा पर्ने मैदानहरूमा चराउनका लागि पर्खिरहेका थिए ।

जाडो याममा यी घुमन्ते मानिसहरू तल्लो भूभागहरूमा अस्थायी वस्तीहरू निर्माण गर्छन् र आफ्ना जनावरहरूलाई चराउनका लागि जग्गा भाँडामा लिन्छन् । न्यानो हुँदै गएपछि उनीहरू उचाइमा पर्ने काश्मिर, स्वात र देउसाईका मैदानहरूतिर लाग्दछन् ।

Nomadic Bakarwal, Mohammad Nafees

बकरवालहरूले जाडोमा तल्लो क्षेत्रहरूमा अस्थायी गाउँहरू निर्माण गर्छन् [तस्विर: प्रोफेसर मोहम्मद नाफीस]

रउफ पीर पञ्जल तथा हिमाली पर्वतहरूमा छरिएका परम्परागत रुपमा भेडा र बाख्रा चराउने कालुखेल घुमन्तेहरूको समुदायका सदस्य हुन् । शताब्दीयौंदेखि बकरवालहरूले भेडा र बाख्रा ((उर्दूमा ‘बक्रा’) पालनमा आफ्नो जीवन केन्द्रित गरिरहेका छन् र आज पनि पहाड र मैदानहरूमा आफ्ना बथानहरूका साथ यिनीहरू हिँड्ने गर्दछन् । पाकिस्तानमा यी आदिवासी समुदायहरू खैबर पख्तूनख्वा, पञ्जाब र जम्मू कश्मीर प्रान्तमा बसोबास गर्छन् । उनीहरू आफ्नो जीविकोपार्जनका लागि मासु, ऊन र बगालबाट प्राप्त छालामा निर्भर छन् । अहिले आएर बदलिँदो हावा पानी र प्रशासनिक अवरोधहरूका कारण यी घुमन्ते मानिसहरू र तिनीहरूको संस्कृति खतरामा परेको छ ।

रिपोर्टहरूका अनुसार बकरवाल परिवारहरूले चरनको अनुमति प्राप्त गर्ने चुनौती र जमिन मालिकहरूसँग हुने गरेको झगडाका कारण बसाई सर्न छोडेका छन्।

एक बहुमूल्य समुदाय खतरामा छ

पेशावर विश्वविद्यालयमा वातावरण विज्ञान विभागका प्राध्यापक डा मोहम्मद नफीसले खैबर पख्तूनख्वाको हजारा र मलाकण्ड क्षेत्रका आदिवासी गोठाला समूहहरूमाथि अनुसन्धान गरेका छन् । बकरावाल समुदायले यस क्षेत्रको वातावरण र अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउने गरेको उनको अन्वेषणले देखाएको छ ।

सन् २००९ देखि सन् २०१२ सम्म गरिएको यो अध्ययन स्विजरल्याण्डको बर्न विश्वविद्यालयको सहकार्यमा गरिएको थियो । हजारा र मलाकन्द क्षेत्रमा मात्रै ७,४०० बकरावाल परिवारहरू रहेको र उनीहरूसित १० लाख जति जनावरहरू रहेको अनुमान गरिएको छ । समग्रमा, उनीहरूले प्रदेशको अर्थतन्त्रमा वार्षिक ६ करोड ४० लाख डलर बराबरको योगदान गर्ने गरेका छन्, उनले भने ।

सन् २०१७ को जनगणनामा घुमन्ते व्यक्तिहरूलाई सामेल नगरिएकाले देशमा बकरवालहरूको जनसंख्या कति छ भन्ने कुनै आधिकारिक तथ्याङ्क उपलब्ध छैन । यी भूमिहीन समुदायका सदस्यहरूसित कुनै पनि पहिचान कार्ड छैन ’cause यस्तो कार्ड बनाउन स्थायी ठेगाना चाहिन्छ । उनीहरूको जनसङ्ख्या राष्ट्रिय पञ्जिकरण प्राधिकरणमा समेत दर्ता गरिएको छैन । यसका कारण राज्यको कुनै पनि नीतिमा उनीहरू समावेश गरिएका छैनन् । गुज्जरहरूका ’bout सबैभन्दा भरपर्दो तथ्याङ्क भारतको सन् १९३१ को जनगणना बाट प्राप्त हुन्छ । जनगणनाले भारतीय प्रान्तहरूमा बसोबास गर्ने यी घुमन्ते पशुपालक समुदायको जनसङ्ख्या करीव २० लाख रहेका बताएको थियो ।

‘बकरवालहरू पारिस्थितिक प्रणालीका महत्वपूर्ण अङ्ग हुन् र उनीहरूले देशको सांस्कृतिक विरासतलाई थामेका छन् ‘, नफीसले भने । ‘यी घुमन्तेहरू र उनीहरूका बथानहरूले घाँसे मैदानलाई नाइट्रोजन र फास्फोरस प्रदान गर्छन् र पौष्टिक तत्वहरूको चक्र जारी राख्न मद्दत गर्दछन्,’ उनले भने। उनीहरूका जनावरहरूले जनावरहरूले पराग सेचनमा पनि सहयोग गर्दछन् र मासु, ऊन र छालाका उद्योगहरूको त उनीहरू मेरुदण्ड नै हुन् ।

Making wool, Bakarwal, Abdul Rauf

ऊन बकरवालहरूको जीविकोपार्जनको महत्त्वपूर्ण स्रोत हो । [तस्विर: अब्दुल रउफ ]

बकरवाललाई वन अधिकारीहरूले अक्सर मैदानको क्षमताभन्दा बढी चरन गरेको, अवैध रुपमा रूखहरू काट्ने गरेको र जडिबुटी बेचविखन गर्ने गरेको भनेर आलोचना गर्ने गर्दछन् । यद्यपि नाफीसले आफ्नो अनुसन्धानले यी आरोपलाई सम्बोधन गरेको बताउँछन्, ‘यी व्यक्तिहरूले आफ्नो व्यवसायको आफै व्यवस्थापन गर्छन्; यदि चरन क्षेत्रमा घाँस कम छ भने तिनीहरू अर्कै ठाउँमा सर्छन् ।’

उनीहरू चाहिने भन्दा बढि चरन गराउँछन् भन्ने आरोप पनि रउफले इन्कार गरे। ‘हाम्रा आफ्नै नियमहरू छन्। हामी एक क्षेत्रमा १० भन्दा बढी परिवारको जनावर चराउँदैनौँ । वन विभागको जताततै चेकपोस्टहरू राखेको छ । यदी यस्ता अपराध हुँदैछन् भने वन विभागले ती अपराधीहरुलाई पक्रनु पर्छ,’ उनले द थर्ड पोललाई भने ।

बदलिँदो हावापानीको असर

लामो समयसम्म हुने वर्षा र हिमपात तथा चर्को गर्मीका कारण बकरवालहरू आफ्नो जीवन शैली त्याग्न बाध्य भएका छन् । ‘हामी सामान्यतया वैशाखमा घाँसको मैदानतिरको यात्रा सुरु गर्छौं । तर अहिले हुने अनपेक्षित मौसम परिवर्तन र वर्षाले हाम्रो यात्रामा अवरोध खडा गर्ने गरेको छ। हामी चरनहरू पुग्न ढिला हुने गरेको छ,’ उनले भने ।

‘पाकिस्तानमा अचेल जाडो यामको अन्त्यतिर पानी पर्न थालेको छ,’ देशको मौसम विभागका निर्देशक सरदार सरफराज भन्छन् । ‘केही अध्ययनहरूका अनुसार जाडो याम सुरु हुने डिसेम्बर-जनवरीमा वर्षा कम हुनु र अलि पछि हिउँदमा पानी पर्नुको आंशिक कारण जलवायु परिवर्तन भएको देखाएका छन्।’

Snow Deosai, Abdul Rauf

देउसाईमा जुलाईको अन्तिम हप्तामा परेको हिउँ [तस्विर: अब्दुल रउफ]

जनावरहरू अत्यधिक तातोमा निकै छटपट्याउँछन्, राउफले निकै गर्मी भएको एक वर्षको स्मरण गर्दै भने । ‘त्यो बेला हामीले सामान्यतः ६ डिग्री  देखि ८ डिग्री सेल्सियस सम्मको तापक्रम हुने देउसाई चरनमा चार महिना बिताएका थियौँ । तर जब हामी अक्टोबरको अन्तमा पञ्जाबको मैदानमा पुग्यौं, तापक्रम ३५ डिसे भन्दा माथि पुगिसकेको थियो । हाम्रा जनावरहरूले तापक्रममा आएको यस्तो परिवर्तन सहन सक्दैनन् । तिनीहरू बिरामी भए र तिनलाई बेच्नु पर्यो । यस्तो पहिले भएको थिएन । गिलगित बाल्टिस्तानमा यो वर्ष ठूलो वर्षा भयो, त्यसैले हामी एक महिना अघि नै फर्कदैछौं।’  गत वर्ष पनि त्यस्तै भयो र विरामी परेका ७०० भेडा बकरवालहरू सस्तोमा बेच्न बाध्य भएका थिए, उनले भने । ‘केही दिन अघि कश्मीरको गंगा चोटीमा रहेको चराउने ठाउँको यात्राको क्रममा तापक्रममा आएको उतार चढावका कारण हाम्रा आफन्तका ३०० बाख्रा मरे।’

वातावरण विद् ताहिर रशीद दक्षिण पञ्जाबको दिगो वन विकास परियोजनाहरूमा लगानी गर्ने एक सरकारी संस्था वन कम्पनीका पूर्व प्रमुख कार्यकारी हुन् । बकरावालका लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो खतरा हो, उनले भने ।’यदि लामो समय हिउँ पर्यो भने घाँस उम्रन पाउँदैन । यसका कारण पशुको स्वास्थ्य र मूल्यमा असर पर्दछ ।’

प्रशासनिक प्रतिबन्धहरू

हालैका वर्षहरूमा बकरवालहरूले वन विभागका बिरूद्ध विरोध प्रदर्शन गरेका थिए । यसका कारण उनीहरूलाई खैबर पख्तूनख्वाको जंगलमा जान प्रतिबन्ध लगाइएको छ । खैबर पख्तूनख्वाको वन विभागका सदस्य अयाज खानका अनुसार प्रधानमन्त्री इमरान खानको एक अर्ब रुख रोप्ने परियोजना अन्तर्गत बोटबिरुवाहरूको संरक्षण गर्न गाईवस्तुमाथि प्रतिबन्ध लगाइएको हो । खानले भने, ‘जब हजारौं जनावरहरू जङ्गलको बाटो भएर हिँड्दा तिनीहरूले साना बोटहरू खान्छन् । विशेष गरी बाख्राले बोटबिरुवालाई उखाल्छन् र [वृक्षारोपण अभियानको] सबै प्रयासहरू खेर जान्छन् ।’

जनावरहरूलाई गाडीमा मात्र लैजान अनुमति दिइएको छ ।

पहाडी क्षेत्रका सडकहरूको स्थिति खराब भएका कारण बकरवालहरू यसरी जनावरहरूको ढुवानी गर्न हिचकिचाउँदछन् । जनावरहरू यात्राको क्रममा घाइते हुन्छन् र केहि निसासिन्छन् । बकरवालहरूलाई पैदल यात्रा गर्न बाध्य पार्ने अर्को प्रमुख कारक भनेको उनीहरूले सवारी साधन किन्न सक्दैनन् । पैदल यात्रा जनावरहरूको स्वास्थ्यको लागि लाभदायक भएको उनीहरू ठान्छन् ।

‘ट्रकमा राख्दा र निकाल्दा धेरै बाख्रा मर्छन्,’ गुजरातका गोठाला सुल्तान अहमदले भने । काश्मिरका प्राध्यापक जमील खटानाका अनुसार, ‘तीन दशक अघि गोठालाहरूसँग हजारौं जनावरहरू थिए, तर अहिले आएर चरनहरूमा खेती हुन थालेपछि केही सय मात्रै बाँकी छन् ।”

बकरवालहरू र उनीहरूको संस्कृतिको संरक्षण

वन विभागका पूर्व अधिकृत सय्यद नासिर महमूदले पाकिस्तानले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र (२००७) लाई अनुमोदन गरेकाले सरकारले बकरवालहरूको सुरक्षा गर्नुपर्ने र उनीहरूको समस्या समाधान गर्ने नीति बनाउनु पर्ने बताए ।

‘सरकारले राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू बनाउनु पर्छ तर यसले बकरवालहरूलाई पनि ठाउँ दिनुपर्दछ,’ उनले द थर्ड पोललाई भने । ‘यी समुदायहरूले शताब्दियौंदेखि यी मार्गहरू प्रयोग गर्दै आएका छन् । तिनीहरूलाई रोक्नु उनीहरूको आदिवासी अधिकारहरूको उल्लंघन हो। ‘

Bakarwal, Pakistan, WWF

गिलगित-बाल्टिस्तानमा हिमनदी पग्लेकाले अर्को क्षेत्रमा सर्दै एक बालिका [तस्विर: विश्व वन्यजन्तु कोष]

सरकारले जनावर चराएर हिँड्नेहरूको भूमिका र अधिकारलाई मान्यता दिनुपर्दछ र उनीहरूले प्रदान गर्ने सेवालाई देशको जीडीपीमा जोड्नु पर्ने कुरामा ताहिर रशीद सहमत छन् । उनीहरूका लागि एउटा नयाँ मौसमी पात्रोको विकास गर्नु पर्ने आवश्यकता पनि भएको उनले बताए । उनीहरूलाई आफ्नो यात्रा योजना बनाउन सहयोग गर्न मौसमका ’boutमा सूचना दिनुपर्छ, उनले भने ।

नफीस भने वन नीतिको तर्जुमामा उनीहरूलाई सम्मिलित गराउने पक्षमा थिए। ‘हामी हाम्रो छिमेकी अफगानिस्तानबाट सिक्न सक्छौं,’ उनले भने । अफगानिस्तानले बकरवालहरुलाईको देशलाई राष्ट्रिय नीतिको अभिन्न अंगको रूपमा मान्यता दिएको छ। ‘चराउने र खेती गर्ने जमिनहरूको प्रयोग निर्धारण गर्नका लागि एउटा यस्तो प्रणालीको सिर्जना गर्न सकिन्छ जसको आधारमा निश्चित उचाइमा भएका जमिनलाई चरनका लागि छाड्न सकिन्छ ।’ बकरावालका जनावरहरूलाई खोप दिइयो भने उनीहरू कडा मौसमको सामना गर्न सक्छन्। त्यस्तै उनीहरूका लागि घुम्ती विद्यालय , स्वास्थ्य प्रणाली र घुम्ती अदालतहरू पनि विकास गर्न सकिन्छ।

यदि यी समस्याहरूमा ध्यान दिइएन भने बकरावालको जस्तो जीवनशैलीको अन्त्य हुन सक्छ, नफीजले भने । ‘पाकिस्तानले परम्परागत र सस्तो पशुधन गुमाउन सक्छ । मासु, छाला र ऊन उद्योगमा नराम्रो असर पर्नेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, हिमाली पारिस्थितिक प्रणालीको संतुलन खल्बलिनेछ ।’

 

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.