भारत-चीन सीमा नजिकै रहेको उच्च हिमाली भूभागमा अवस्थित ग्यू गाउँ बौद्ध भिक्षु सङ्घ तेन्जिङको मम्मीकरण गरिएको अवशेषका लागी संसारभर नै प्रसिद्ध छ । हाल आएर भने अर्को एउटा कारणले यो ठाउँको प्रसिद्धि बढेको छ । हिमाचल प्रदेशमा पर्ने र ३,२०० मिटरको उचाईमा अवस्थित यही गाउँमा रहेको चट्टानी पाटनमा एउटा हिउँ चितुवाको डमरुको उद्धार गरेर त्यसलाई पुनः जङ्गलमै छोडिएको थियो।

अप्रिल महिनाको अन्तिमतिर चार दिनको अन्तरालमा ग्यूमा ४३ बाख्रा आफ्नो खोरमा मृत अवस्थामा फेला परेका थिए । गोठालाहरूको वस्ती रहेको गाउँमा यो घटनाले सबैलाई आक्रोशित तुल्याएको थियो । उनीहरूबाट बाख्रा सखाप पार्ने जनावरलाई कारबाही हुनु पर्ने माग बढ्न थालेपछि वन्यजन्तु विभागले एउटा जाल र खोर बिछ्याएको थियो। मे १ मा उनीहरूले एउटा हिउँ चितुवाको डमरु त्यसमा परेको देखेका थिए ।

करिब ८ महिनाको  र ७ किलो मात्र तौल भएको डमरु भाग्न खोज्दा घाइते भएको थियो । ऊ कमजोर र तनावग्रस्त अवस्थामा थियो । उसको पुच्छरको मासु सडेको थियो र उसका दाँतहरू अझै दूधे नै थिए ।

ग्यू स्पिती उपत्यकामा पर्छ । उपत्यकाको प्रमुख सहर काजाबाट डमरुलाई करिब ३५० किमी ( झन्डै १० घण्टाको यात्रा) पर राज्यको राजधानी सिमला नजिकैको कुफ्रीमा पर्ने हिमालयन नेचर पार्कसम्म लगिएको थियो । समुद्र सतहबाट २,७२० मिटरमा अवस्थित कुफ्री ग्यू भन्दा निकै कम उचाइमा छ । त्यसैले त्यहाँको हावापानी हिउँ चितुवा अभ्यस्त भएको भन्दा अलि न्यानो हुन्छ ।’ डमरुलाई त्यही भएर रातीमा सारिएको थियो,’ हिमालयन नेचर पार्कका पशु स्वास्थ्य सेवाका सहायक निर्देशक सन्दीप रत्तनले बताए ।

‘पार्कमा रहँदा डमरु परिपक्व हुँदै गएको सङ्केत देखिएको थियो । उसका दुई स्थायी दाँत पलाएका थिए,’ पार्ककी प्रमुख संरक्षण अधिकृत सविताले रमाइलो मान्दै सम्झिइन् ।

जङ्गलमा फिर्ता

‘हिउँ चितुवा डमरु अवस्था मै छ भन्ने कुरा पशु स्वास्थ्य विशेषज्ञले भने देखि नै हामीले उसलाई उसको आमाको वासस्थानमा छोड्ने निर्णय गरेका थियौँ,’ सविताले द थर्डपोललाई बताइन् । प्रकृति संरक्षण प्रज्ञाप्रतिष्ठानको उच्च भूभाग संरक्षण कार्यक्रमका सहायक निर्देशक अजय बिजूर भन्छन्, ‘कुनै पनि जनावरलाई उसको प्राकृतिक वासस्थानमा फर्काउन सकिन्छ भने त्यसो गरिनुपर्छ । त्यसो गरिनाले हाम्रो पुरै पारिस्थितिक प्रणालीको हित हुन्छ । यस्तो स्वस्थ हिउँ चितुवा जस्तो कुनै पनि जङ्गली जनावरलाई चिडियाखानाको चौघेरामा खानाका लागि अरुमाथि निर्भर गराएर र पर्यटकहरूलाई रमाइलोका लागि देखाएर राखिनु हुँदैन ।’

भारतको केन्द्रीय चिडियाखाना प्राधिकरणको निर्देशिका अनुसार जङ्गलबाट उद्धार गरिएको कुनै पनि जनावरलाई ३० दिन भित्र मुक्त नगरिए चिडियाखानामा पठाउनुपर्ने हुन्छ । ग्यूका गाउँलेहरू र विभागका कर्मचारीहरूले गाउँ ’round एउटा पोथी हिउँ चितुवा डुल्ने गरेको देखेका थिए । उनीहरूले त्यो जनावर डमरुको आमा हुनुपर्ने अनुमान गरेका थिए ।डमरुका घाउहरू निको भएपछि मे १८ मा पार्क र प्रतिष्ठानका अधिकारीहरू सम्मिलित एउटा टोलीले उसलाई जहाँनिर समातिएको हो त्यतै लगेर छोडेको थियो ।
‘जनावरलाई छोडेको केही दिनसम्म पनि हाम्रा टोलीहरू टेन्ट गाडेर बसेका थिए,’ रत्तनले भने । ‘हामीले क्यामेरा ट्रापको सहायताले निगरानी गरिरहेका थियौँ । तर जङ्गलभित्र पसेपछि डमरु बाहिर फर्केन । यसको अर्थ हो उसले आफ्नी आमालाई भेट्यो ।’

आलोचना र खण्डन

तर केही पशु अधिकारकर्मीहरूले भने विभागले गरेको डमरुको व्यवस्थापनको आलोचना गरेका छन् । उनीहरूले डमरुलाई उसको आमाबाट छुट्याइनु र १६ दिनसम्म बन्दी राखिनु गलत भएको बताएका छन् । त्यस्तै दुई पटक लामो यात्रा गराएर डमरुलाई तनाव दिँदै न्यानो हावापानी भएको ठाउँमा ल्याउने-लाने गरेको आरोप लगाएका छन् ।

सिमला नजिकै कुफ्रीमा रहेको हिमालयन नेचर पार्कमा उपचाररत हिँउ चितुवाको डमरु । (फोटोः हिमाचल प्रदेश वन्यजन्तु विभाग)

सविताले भने नजिकै अरू कुनै उपयुक्त स्थान नभएकाले विरामी डमरुलाई हिमालयन नेचर पार्क लानु एक मात्र विकल्प भएको बताइन् । जनावर यति विरामी थियो कि उसलाई विशेष उपचारको खाँचो थियो, उनले भनिन् ।

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक तथा भारत र मध्य एसियामा हिउँ चितुवा संरक्षणमा काम गर्ने यश वीर भटनागरले भने, ‘यसो हेर्दा विभागका कर्मचारीहरूलाई हिउँ चितुवा उद्धार गरिँदा उसको कलिलो उमेरको आकलन थिएन …आफ्ना भेडा बाख्रा मरेकाले क्रुद्ध स्थानीयहरूले कर्मचारीहरूलाई दवाब दिएको हुन सक्छ । तर पछि गएर चितुवाको तौल ७ किलो रहेको देखिएको थियो । यो तौल एउटा डमरुका लागि निकै कम हो र उसलाई बाँच्न बाह्य सहायता चाहिन्थ्यो । यस्तो सहायता उसले पार्कमा पायो ।’

डमरुले आफ्नी आमालाई नभेट्टाउने हो कि वा उसकी आमाले उसलाई अस्विकार गर्ने हो कि भन्ने चिन्ता संरक्षणकर्मीहरूलाई थियो । त्यसो भएको भए डमरुले आफ्नो रक्षा आफै गर्न सङ्घर्ष गर्नु पर्थ्यो । भारतीय वन्यजन्तु प्रतिष्ठानका हिउँ चितुवा विज्ञ एस सत्यकुमार भन्छन्, ‘हिउँ चितुवा, बाघ, र चितुवा जस्ता मांसाहारी (बिराला)हरू एक्लै हिँड्छन् । त्यसैले जति लामो समय सम्म छुट्टिए पनि उनीहरूले आफ्नो डमरुलाई नस्विकार्ने भन्ने प्रश्न नै उठ्दैन ।’ ‘जनावरहरूले थुप्रै तरिकाबाट एक अर्कासित कुराकानी गर्दछन् । जस मध्ये आफ्नो इलाकामा आफ्नो चिन्हहरू छोड्नु, दिसा गरेर जानु र अरूलाई सम्पर्क गर्ने आवाज निकाल्नु प्रमुख हुन् । त्यसैले त्यो पोथी हिउँ चितुवाले आफ्नो सन्तानलाई यस्तै चिन्हहरूको मार्फत खोजिसकेको हुनुपर्छ ।’

उद्धार केन्द्रहरूको आवश्यकता

भटनागरका अनुसार पोथी डमरुहरू तीन वर्षको नहुन्जेल आफ्नी आमासित बस्छन् । भालेहरू भने एक देखि डेढ वर्षको उमेरदेखि नै आफ्नो इलाका बनाउन हिँड्छन् । ग्यूमा भेटिएको डमरु भाले हो कि पोथी हो भन्ने स्पष्ट छैन । सत्य कुमारका अनुसार भारतमा पाइने करिब ४७० हिउँ चितुवा मध्ये ९० जति हिमाचल प्रदेशमा छन् । ‘गत वर्षको अक्टोबर २३ मा अन्तराष्ट्रिय हिउँ चितुवा दिवसको असरमा राष्ट्रिय स्तरको हिउँ चितुवाको गणनासम्बन्धी प्रोटोकल सार्वजनिक गरिएको थियो,’ उनले भने ।‘कोभिड-१९ का कारण विभिन्न स्थानमा क्यामेरा राख्ने काम अड्किएको उनले बताए । हिमाचल प्रदेशमा विगतका केही वर्षहरूमा बिरामी हिउँचितुवा संलग्न थुप्रै घटनाहरू घटेका छन् ।

फेब्रुअरी ५ को दिन भारतको सीमा क्षेत्रमा सडकको काम गर्ने सीमा सडक कार्यालयले मनालीबाट एउटा हिउँ चितुवाको उद्धार गरेको थियो । इलाका वन कार्यालयलाई हस्तान्तरण गरिएको सो जनावर पछि मरेको थियो । त्यस्तै मार्चमा एउटा वयस्क हिउँ चितुवा मृत फेला परेको थियो र अधिकारीहरूले सो जनावर कुनै अग्लो ठाउँबाट खसेर मरेको हुन सक्ने अनुमान गरेका थिए । सन। २०१७ मा स्पिती मै रहेको किब्बर गाउँमा एउटा १३ वर्षको हिउँ चितुवा मरेको थियो ।

सत्यकुमारले भने, लाहौल र स्पिती जिल्लाहरू नजिकै केन्द्रीय चिडियाखाना प्राधिकरणको मापदण्ड अनुसारको साना उद्धार केन्द्रहरूको निर्माण गरिनुपर्छ । यसो गरिएमा हिउँ चितुवालाई उनीहरूकै प्राकृतिक वासस्थानमा उपचार गर्न सकिन्छ र उनीहरू छिट्टै निको पनि हुनेछन् ।

मानवजनावर द्वन्द्व

अन्तराष्ट्रिय प्रकृति संरक्षण संघले हिउँ चितुवालाई आफ्नो रातो लिस्टमा जोखिममा रहेको प्रजातिको रुपमा सूचित गरेको छ । संसारकै सबैभन्दा अप्ठ्यारो भू बनोट भएको ठाउँमा सिकार गर्ने यो जनावर भेँडा गोठमा सजिलोसित मार्न पाइने जनावर चोर्न पनि जाने गर्दछ । हालैका वर्षहरूमा संरक्षणकर्मीहरूले समस्याको समाधान गर्नका लागि सुधारिएको खोरहरू प्रवर्तन गर्ने गरेका छन् । जोखिममा परेको यो जनावरलाई बचाउने हो भने स्थानीय जनताको समर्थन आवश्यक पर्दछ र त्यसैले सुधारिएका खोरहरू अझै धेरै चाहिएका छन् ।

गाईवस्तु ’boutमा क्षतिपूर्ति दिने सामुदायिक वीमा योजना पनि लागू गरिएको छ । काजाका डिभिजनल वन अधिकृत हरदेव नेगीका अनुसार गाउँलेहरूले हिउँ चितुवाले मारेको हरेक जनावरका लागि रु ३,००० पाउँछन् । प्रकृति संरक्षण प्रतिष्ठानका बिजूर भन्छन्, ‘आफूसित उपलब्ध जनावरहरूको किसिम अनुसार उनीहरूले एउटा निश्चित वीमाङ्क तोके । पहिलो पाँच वर्षसम्म प्रतिष्ठानले सोही रकम बराबर पैसा योजनाका लागि योगदान गर्यो।

स्पिती क्षेत्रकै किब्बरमा एउटा हिउँ चितुवा (फोटोः हिमाचल प्रदेश वन्यजन्तु विभाग)

धेरै जसो घटनाहरूमा हिउँ चितुवालाई आफ्नो खोर भित्र देख्ने बित्तिकै डरले भेडा बाख्राहरू मर्ने गर्दछन् । ग्यूमा मृत फेला परेका ४३ भेडा र बाख्रा मध्ये खाली तीन मा मात्र पञ्जाको निशान र घाउ देखिएको थियो ।

मरेका भेडा बाख्रा र चितुवाको डमरु दुवैलाई नजिकै बाट परीक्षण गरेका पशु चिकित्सक रत्तनले मरेका जनावरको अनुहारमा डर देखेको बताए । उनले भने, ‘ठूला बिरालाको प्रजातिहरूले आफ्नो सिकारलाई मार्नु अघि रमाइलोका लागि  लखेट्ने र चलाउने गर्छन् । उनीहरूले १-२ लाई मारे पनि अरू भाँग्ने बाख्रा चाहिँ डरैले मर्छन् ।’
हिउँ चितुवा कोष, प्रकृति संरक्षण प्रतिष्ठान र भारतीय वन्यजन्तु प्रतिष्ठानसित आबद्ध प्राणीविद् अभिषेक घोसालले भन्छन्, हिउँ चितुवा देखिए मात्र पनि घर पालुवा जनावर डराउँछन् । यस्तो डराएको देखेर सिकारी जनावर पनि अल्मलिन्छ र अनौठो हाउभाउ देखाउन थाल्दछ । उसले कुनै जनावरलाई चिथोर्छ भने कुनै माथि आक्रमण गर्छ । त्यसैले ती जनावरहरू हिउँ चितुवाको डर र आक्रमणका कारण मरेका हुनुपर्छ, उनले भने ।

डमरुलाई समातेपछि भने ग्यू मा भेडा मारिने क्रम रोकियो । ‘के भएको हुन सक्छ भने डमरुको उद्धार पछि यहाँको हिउँ चितुवा सतर्क भयो अथवा गाउँका मान्छेहरूले आफ्ना जनावरमाथिको निगरानी बढाए ।’ सविताले भनिन्, ‘हिउँ चितुवाको वासस्थान नजिकै बस्ने मानिसहरूलाई तार जालीले बाँधिएको सुधारिएका खोरका केही नमुना दिने योजना बनाएका छौँ ।’भारतीय हिउँ चितुवा संरक्षण कोषका निर्देशक तथा वैज्ञानिक छेवाङ नामगेल र न्यू योर्कमा रहेको प्यान्थेरा ट्रस्टका सोधकर्ताहरूले गत वर्ष लद्दाखको अवस्थाका ’boutमा एउटा अध्ययन प्रकाशित गरेका थिए । अध्ययनले शिकारी जनावरले आक्रमण गर्न नसक्ने खोरहरूको प्रयोग बढेपछि हिउँ चितुवाद्वारा मारिने भेडा बाख्राको संख्यामा पनि कमि आएको देखाएको थियो । यस्ता खालका खोरले स्थानीयलाई पनि मद्दत गर्न सक्छन् ।

हिउँ चितुवा संरक्षणमा देखिएको एउटा नयाँ समस्या के हो भने हिउँ चितुवा हेर्न चाहने पर्यटकको संख्या बढ्दो छ । घोसालले भने, पर्यटनको नाममा यो जनावर बाँडिएको छ । ‘ मानिसहरूलाई थाहा छैन उनीहरू धेरै हल्ला गरेर र फोहोर फालेर हिउँ चितुवाको उच्च हिमाली बासस्थानलाई के गर्दैछन् । हिउँ चितुवाहरू साह्रै लजालु हुन्छन् तर प्रजनन गर्ने समयमा उनीहरू कराउने गर्छन् र एकै ठाउँमा ३-४ दिन बस्ने गर्छन् । यसका कारण उनीहरू मानिसहरूको नजरमा पर्छन् । कल्पना गर्नोस् त ५० जनाको समूहमा रहेका मानिसले प्रजनन समयमा उनीहरूलाई बिथोले भने । उनीहरूको प्रजनन नराम्रोसित प्रभावित हुनेछ ।’

2 comments

  1. While predator-proof corrals is a quick fix solution, more impetus should be given on conserving high altitude meadows and shrubs on which Himalayan blue sheep graze. This will help in increasing the population of Blue sheep and which in turn will lessen human-snow leopard conflict.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.