बाढी हरेक वर्ष आउँछ‘, भारतको असाम राज्यमा ब्रह्मपुत्र नदीले बनाएको जुली टापुकी अधबैँसे बासिन्दा राजेश्वरी डोले भनिन् । हरेक वर्ष आउने प्रकोपसँग लड्न सरकारले केही गर्छ वा केहि गर्न नै खोज्छ भन्नेमा उनलाई विश्वास छैन । तर पनि सरकारले खेतीका लागि थप बिउ वितरण गरिदियोस् भन्ने उनको अपेक्षा छ । बाँसबाट बनेको आफ्नो घरमा गाउँका अरू महिलाहरूसित बसेर उनले द थर्डपोलसित कुराकानी गरिन् । गाउँका अरू घरहरू जस्तै काठको फल्याकमाथि जमिनबाट करिब ४ फिट माथि उठाएर उनको पनि घर बनाइएको छ ।

बाढी आउनु अघि र आइसकेपछि सरकारले पिडितहरूलाई गाँस, बास र कपास उपलब्ध गराउनै पर्छ भन्ने ’boutमा राजेश्वरी र ‘मिरी’ पनि भनिने मिसिङ समुदायका ५०० गाउँलेहरूलाई थाहा छैन । सुबन्सरी नदीको तटमा रहेको यो गाउँमा दशकौँ देखि हरेक वर्ष बाढी आउने गरेको छ ।

राजेश्वरी डोले (दायाँ) र तेङ्गो पेगु (दायाँबाट दोस्रो) । फोटो: वर्षा तोरगाल्कर

संसारकै सबैभन्दा ठूलो नदी निर्मित टापु मजुलीको दक्षिणमा ब्रह्मपुत्र र उत्तरमा खरकुतिया जुवी र सुबन्सी नदीहरू बहने गर्दछन् । सय वर्ष अघिसम्म ८८० वर्ग कि मी मा फैलिएको यो टापु हाल आएर भूक्षयका कारण३५२ वर्ग कि मी मा खुम्चिन पुगेको छ ।भारतको विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको भारतीय प्रविधि केन्द्र र आईआईटी मन्डीले भारतीय भूभागमा पर्ने हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम ’bout गरेको अध्ययनका अनुसार देशका १२ हिमाली राज्यहरू मध्ये असाम सबैभन्दा जोखिममा रहेको छ । नदीको तटमा वा नदीले बनाएको टापुमा बसोवास गर्ने अधिकांश मानिसहरूसित सूचना र पूर्वाधारको पहुँच छैन । यसका कारण उनीहरू थप जोखिममा परेका छन् ।

सबैभन्दा बढी जोखिममा परेकाहरू

भारतीय संविधानको जनजातिहरूको अनुसूचीमा रहेका मिसिङजाती आदिवासी समुदायहरू माझ पनि सिमान्तकृत वर्गमा पर्दछ । स्वायत्त मिसिङ परिषद्का अनुसार पूर्वोत्तर भारतको ब्रह्मपुत्र र सुबन्सरी नदीको तटमा बसोवास गर्ने एक मात्र जाती मिसिङ हुन् ।

असममा उनीहरूको जनसङ्ख्या ७ लाख छ भने अरूणाञ्चल प्रदेशमा यो सङ्ख्या ३०,००० पुगेको छ । उनीहरू जीविकोपार्जनका लागि कृषि, माछा तथा बङ्गुर पालन र सिलाई बुनाईमा निर्भर छन् । सन् २००१ को जनगणना अनुसार ६० प्रतिशत मिसिङहरू साक्षर छन् । पुरुषहरूको साक्षरता दर ७१ प्रतिशत छ भने महिलाहरूको ४८ प्रतिशत । यो आँकडा अनुसूचीमा रहेका जातिहरूमध्ये पुछारबाट दोस्रो हो

सन् २०११ को जनगणना अनुसार मजुलीका १,६५,००० बासिन्दाहरू मध्ये ४० प्रतिशत मानिस मिसिङ समुदायका हुन् । मिसिङ स्वायत्त परिषदका अध्यक्ष परमानन्द चयनगीया भन्छन्,’९० प्रतिशत मानि कृषि, माछा तथा बङ्गुर पालनमा निर्भर छन् । उनीहरूको साक्षरता दर ६० प्रतिशत भए पनि बेरोजगार छन् ।

पार्थ ज्योति दास असामको सबैभन्दा ठूलो सहर गुहाटीमा रहको वातावरण संरक्षणमा काम गर्ने अरन्याक नामक संस्थामा कार्यरत छन् । उनले वर्षौँ देखि यस क्षेत्रमा भूक्षयको अध्ययन गर्दै आएका छन् ।बाढी, भूक्षय र हिमाली क्षेत्रबाट बगेर आउने उब्जनी नहुने बालुवा नदीको तटमा बसोवास गर्ने समुदायले भोग्नु परेका प्रमुख मुद्दा हुन्‘, उनले भने । विगतका केही वर्षहरूमा बाढी आउने समय, यसको आवृत्ति र वेग अनियमित भएकाले समुदायलाई यससँग जुझ्न गाह्रो परेको छ । पहिले पहिले समुदायहरू वैशाख देखि असाढसम्म बाढी आउँछ भनेर सचेत थिए र आफै त्यसका लागी तयारी गर्थे ।

राजेश्वरी भन्छिन्, ‘हामीलाई थाहा छ कि वैशाख देखि असाढसम्म बाढी आउँछ । त्यसैले हामी बाढी आउनु अघि घर फेरि बनाउनुका साथै सरसामान, दाउरा, खानेकुराको जोहो गर्छौँ र गाईवस्तु तथा बङ्गुरका लागि फल्याक माथि छुट्टै घर बनाउँछौँ ।

स्थानीयहरूलाई कुनै सरकारी निकायले बाढीका ’bout पूर्व सूचना दिन्छ भन्ने थाहा छैन । बाढी आएको बेला उनीहरू डुङ्गामा चढेर ओहोरदोहोर गर्दछन् । सबै जसो परिवारहरूसित काठको डुङ्गा छ ।अर्की स्थानी तेङ्गो पेगु भन्छिन्, पानीको सतह ५६ फिट बढ्यो भने उनीहरू उच्च भूभाग भएको मजुलीको मध्य भाग तिर जान्छन् । बाढी आएको बेला दाउरा भिज्छ, पकाउन गाह्रो हुन्छ । हाम्रा कुखुरा र बङ्गुरहरू मर्छन् । बिउ पनि नास हुन्छ र रबि बालीको बिउ फेरि किन्नु पर्ने हुन्छ ।

सिलाई बुनाईमा पोख्त मिसिङ महिलाहरू बाढी आएको बेला फल्याक माथि बनाइएका घरको बरन्डामा बसेर समय काट्छन् । फोटो: वर्षा तोरगाल्कर

भयानक बाढी आएको बेला पनि मानिसहरूले बस्ने स्थान पाउँथे तर यो सबै परिवर्तन हुँदैछ । पेगु भन्छिन्, ‘सामान्यतः वैशाखमा एक वा दुई पटक बाढी आउँथ्यो र पानी एक देखि दुई हप्ता रहन्थ्यो । तर सन् २०१८ मा तीन पटक बाढी आयो र आफूलाई बचाउन हामी (टापुको) मध्य भागतिर भाग्यौँ ।

स्थानीय सामुदायिक विद्यालयका शिक्षक अनिकेत चौहान भन्छन् समुदाय प्रशोधित पानी पिउनुपर्छ भन्ने कुराका ’bout बेखबर छ । हरेक घरको आँगनैमा हाते पम्प छ । पानी प्रशोधन गर्ने कुनै सुविधा यहाँ छैन । बाढी पछि पानी दूषित हुन्छ र पानी प्रशोधन गर्ने सुविधा नभएकाले उनीहरू त्यसै पिउन बाध्य छन् ।

 

नागेश्वर पेगु निर्माणाधिन सिमेन्ट टेट्रा पड देखाउँदै । काम नसकी छोडिएको छ ।फोटो: वर्षा तोरगाल्कर

 मजुलीको कुलामुवा गाउँमा सुबन्सरी नदीको किनारमा भूक्षय नियन्त्रण गर्न निर्माणाधीन सिमेन्ट टेट्रा पडमा लगाएर झुन्ड्याइएको छ । सरकारले टापुमा भूक्षय रोक्न केही गरिरहेको छ भन्ने यसले देखाउँछ । चौबीस रोपनी जग्गा भएका नागेश्वर पेगु आफ्नो खेतमा धान, दाल र तरकारी बाली लगाउँछन्केही वर्ष अघि निर्माण गरिएका ५६ टेट्रा पडहरूले भूक्षय रोक्न सक्दैनन् । यस्ता टेट्रापडहरूको पर्खाल नै बनाइनुपर्छ ।बाढी आएपछि पानी नगएसम्म स्थानीय समुदायले खेती गर्ने अवस्था रहँदैन ।

आम्दानी नभएपछि हामीसित तरकारी किन्ने पैसा हुँदैन,’ तेङ्गो पेगुले भनिन् । उनीहरूसित पैसा भए पनि गारमुर र जोरहाट सहरसम्म पुगेर सामान किन्न वा स्वास्थ्य सेवा लिन सहज छैन । बाढीले बाटोमा पनि क्षति पुर्याउँछ । बाढीका कारण सम्पर्कविहिन हुन पुगेका र बढ्दो जोखिममा रहेका मिसिङ जाती सरकारी निकायको नजरबाट नै मिसिङ‘ (हराएका) छन् ।

 द थर्डपोलले स्थानीय जिल्ला प्रशासनसँग गाउँलेहरूलाई बाढीका ’boutमा पूर्व सूचना दिने, उनीहरूलाई ओत लाग्ने ठाउँ, खानेकुरा र शुद्ध पानीको व्यवस्था गर्ने कस्तो व्यवस्था गरिएको छ भनेर प्रश्नहरू पठाएको छ । उनीहरूबाट उत्तर आएमा यो रिपोर्ट अद्यावधिक गरिनेछ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.