बङ्गलादेशमा पहिलो पटक मानव निर्मित ह्याचरीले गङ्गटा उत्पादन गरेको छ । समुद्रमा माछा तथा गङ्गटा मार्न जाँदा हुने जोखिम कम गर्न र गङ्गटा खेतीको माध्यमबाट स्थानीय मानिसहरूको आर्थिक स्थिति सुधार्ने तर्फको पहिलो कदमको रुपमा यसलाई हेरिएको छ ।सरकारले हरेक वर्षको केही समय गङ्गटाको सङ्ख्या घट्न नदिनका लागि गङ्गटा मार्न प्रतिबन्ध लगाउने तयारी गरेको स्थितिमा ह्याचरीमा गङ्गटाको उत्पादन हुनुलाई महत्वपूर्ण मानिएको छ । सरकारी प्रतिबन्धको ठूलो असर तटिय क्षेत्रमा बस्ने गङ्गटामा निर्भर समुदायको आयमाथि परेको छ ।

जमिन मुनिको पानीमा समुद्रको नुनिलो पानी मिसिनु यस क्षेत्रको अर्को ठूलो समस्या हो । बङ्गलादेशको तटिय क्षेत्रमा रहेका थुप्रै खोलानालाहरू निकै नुनिलो भइसकेका छन् र यसका कारण यी नदीहरूमा पाइने थुप्रै माछाहरू लोप भइसकेका छन् । पानी अत्यधिक नुनिलो हुनाले यसमा भाइरसको सङ्क्रमणको असर बढेर गएको छ । यसका कारण सिङ्गो माछा खेती नै प्रभावित भएको छ । अहिलेसम्म गङ्गटाले मात्रै यस्तो परिवर्तन झेल्न सक्ने देखिएको छ ।

गङ्गटा पाल्न बनाइएका पोखरीहरू फोटो (बनानी मल्लिक)

यसका कारण केही विज्ञहरू गङ्गटा खेतीलाई जलवायु अनुकूलन र आय आर्जनको स्रोतको रुपमा विकास गर्न चाहन्छन् । यसो गरिनाले जापान, चीन र इन्डोनेसियासम्म ठूलो परिमाणमा गङ्गटा निर्यात गर्ने दक्षिण पश्चिमी बङ्गलादेशको पारिस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राख्न सकिने छ। यहाँ फस्टाउँदै गरेको व्यवसायका कारण सुन्दरवनको सामनागोर थाना अन्तर्गतको गबुरा र भखिरा जिल्लामा प्राकृतिक रुपमा जन्मिएका गङ्गटाहरूको वृद्धि र विकासका लागि प्रत्युत्पादक भएका छन् । गङ्गटाको खेतीले यस्तो अवस्थाबाट पार लगाउन सक्छ ।

द थर्डपोलसँग कुरा गर्दै बङ्गलादेशको पारिस्थितिक प्रणाली र जैविक विविधताका ’bout अनुसन्धान गरेका पवल पार्थ भन्छन्, ‘नरम खबटा भएका गङ्गटाले सुन्दरवनका कडा खबटा भएका गङ्गटाको वासस्थान नास गर्न सक्छन् । कडा खबटा भएका गङ्गटाले मात्र अण्डा पार्न सक्छन् तर नरम खबटा भएका गङ्गटा खानका लागि उपयुक्त हुन्छ । यदि प्राकृतिक रुपमा नरमबाट कडा खबटा निर्माण हुने प्रक्रिया रोकिएमा प्रजनन रोकिनेछ र सामुद्रिक पारिस्थितिक प्रणालीको सन्तुलन खलबलिनेछ ।

 

निर्यातकर्ता मोहम्मद सेलिम वयस्क गङ्गटा तयार पार्दै (फोटोः बनानी मल्लिक)

कोस्ट ट्रस्ट नाम गरेको एउटा राष्ट्रिय गैर सरकारी संस्थाले पल्ली कर्म सहायक फाउन्डेसनको आर्थिक र प्राविधिक सहयोगमा कोक्स बजारमा गङ्गटाको ह्याचरी स्थापना गरेको छ । स्थानीय जनतालाई लक्षित गरेर उनीहरूका लागि ठूलो स्तरमा आय र रोजगारीको अवसर सिर्जना गर्नका लागि गङ्गटा ह्याचरी कार्यक्रम सञ्चालन गरिएको हो,फाउन्डेसनका सहायक प्रबन्धक मोहम्मद मोसराफले बताए ।

गङ्गटा कार्यक्रमका वरिष्ठ संयोजक मिजान रहमानले द थर्डपोललाई बताए अनुसार , सुरुमा आठ महिना पहिले महेशखाली नदीको टापुबाट ३० वटा पोथी गङ्गटा यहाँ ल्याइएको थियो । उनीहरूलाई ४२ दिनसम्म ह्याचरीको ‘मदर’ युनिटमा राखिएको थियो जहाँबाट उनीहरूले अन्डा पारेका थिए । अन्डाबाट बच्चा निस्किन ३२ दिन लाग्यो । करिब १,००० भुराहरू बाँचे । बिजुलीको अभाव, पानीमा नुनको कमी र अन्डाका लागि चाहिने औषधि र खाना पर्याप्त मात्रामा उपलब्ध नहुनुका कारण अझै धेरै भुरा उत्पादन गर्न सकिएन ।

‘गङ्गटाका अन्डालाई प्रति हजार भागको २८-३० भाग नुन चाहिन्छ तर महेशखाली नदीको पानीमा नुनको मात्र प्रति हजार भागको २४ भाग मात्र छ । यसका कारण थुप्रै अन्डा खेर गए,’ उनले बताए । माघ देखि जेठ महिनाको बीचमा पानीमा नुनको मात्रा बढ्छ त्यसैले गङ्गटा ह्याचरीहरू त्यो बेला अलि राम्रोसित काम गर्न सक्छन् । तटिय क्षेत्रहरूमा दोहन गरिएका कारण प्राकृतिक रुपमा पाइने गङ्गटाको सङ्ख्यामा ठूलो गिरावट आएको छ ।’स्थानीय माझी समुदायले बितेका दश वर्षमा विना रोकटोक धैरै माछा र गङ्गटा मारेको छ । यसका कारण माछा र गङ्गटाको सङ्ख्या ह्वात्तै घटेको छ,’ सतहिरा जिल्लाका वृद्द सुधामोइ माझी भन्छन् ।

यसो हुँदै गर्दा नयाँ रोगहरू र अनैतिक अभ्यासहरूका कारण बङ्गलादेशको झिङ्गे माछा निर्यातमा ह्रास आएको छ । ‘अहिलेको स्थितिमा गङ्गटाको अन्तराष्ट्रिय माग अत्यधिक भएकाले यसको निर्यातले राहत दिन सक्छ ‘, कोक्स बजार स्थित बङ्गलादेश मत्स्‍य अनुसन्धान केन्द्रका विज्ञान अधिकृत जाकिया रहमान भन्छिन् ।’हामीले आफ्ना स्थानीय कृषकहरूलाई तालिम दिनुछ र उनीहरूको औषधि र दानामाथिको पहुँच बनाउनुपर्नेछ,’ उनले भनिन् ।

बक्सामा गङ्गटा हुर्काइँदै (फोटो बनानी मल्लिक)

बक्सामा गङ्गटा हुर्काइँदै (फोटो बनानी मल्लिक)

हाल गङ्गाटको मूल्य ६००-७०० टाका (७.०७-८.२५ डलर) प्रति किलो छ , तर वैशाख महिनातिर चीनमा मनाइने एक चाडका कारण माघ बढ्छ र मूल्य १,५००-२,००० टाका (१७.६७-२३.५६ डलर)सम्म पुग्दछ ।

सावधानी जरुरी

तर गङ्गटा ह्याचरी स्थापना गर्नु नै सर्वोत्तम उपाय हो भन्नेमा सबै एकमत छैनन् । वन तथा प्रकृति विज्ञ इस्तियाक उद्दिन अहमद भन्छन्, गङ्गटा ह्याचरीहरले वातावरणमा पार्न सक्ने दिर्घकालीन नकारात्मक प्रभावको कुनै अनुसन्धान गरिएको छैन । ‘गङ्गटा खेतीका असरहरूका ’boutमा बुझ्न हामीलाई केही समय लाग्छ,’ उनले भने । तर उनले तटिय क्षेत्रका खेतीयोग्य जमिनमा ह्याचरी बनाइँदै गरिएकाले सो क्षेत्रमा अन्ततः नुनको मात्रा बढ्ने बताए । ‘गङ्गटा खेतीका लागि प्रयोग भइरहेको खेतीयोग्य जमिन अन्ततः बाँझो हुनेछ । त्यसमा धान वा तरकारी फलाउन सकिने छैन,’ अन्तराष्ट्रिय प्रकृति संरक्षण संघका पूर्व राष्ट्रिय प्रतिनिधि समेत रहेका अहमदले भने ।

अब के गर्नु पर्ला त भन्ने प्रश्नको उत्तरमा उनी भन्छन्, तटिय क्षेत्रमा गङ्गटा, झिङ्गे माछा र अन्नबालीका लागी छुट्टा- छुट्टै जग्गा तोकिनुपर्छ । जल संरक्षणमा काम गर्ने ढाका स्थित नागरिक समाजका सदस्यहरूको संस्था रिभराईन पिपलका महासचिव शेख रोकोन भन्छन्, तटिय क्षेत्रमा गङ्गटा खेतीका दुई ठूला नकारात्मक असरहरू देखिएका छन् ।

पहिलो असर हो प्राकृतिक रुपमा पाइने भुरा र अन्य साना जलचरहरूको अधिक प्रयोग । कृषकहरूले आफूले हुर्काएका गङ्गटालाई खुवाउन अधिक मात्रामा भुरा र अन्य साना जलचर समाउँछन् । यसले अरू जीवहरूको खाद्य चक्रमा समेत असर पुग्ने गरेको छ ।दोस्रो असर पानीमा पर्छ । गङ्गटा ह्याचरीहरूमा प्रयोग हुने पानी अप्रशोधित र प्रदूषित हुन्छ , यस्तो पानीलाई गङ्गटा खेती गर्न बनाइएको तटबन्धमा प्वाल खोपेर वा पाइपको सहायताले नाली बनाएर प्राकृतिक नदी नालामा मिसाइन्छ । यसका कारण वातावरण मात्र नभएर तटिय क्षेत्रमा बस्ने समुदायको स्वास्थ्यमा समेत असर परेको छ ।

3 comments

  1. Muhammad Abu Musa |

    Employment in crab industry may be an alternative to thousands of climate migrant labors from the upazilas of Shyamnagar, Koyra and Assasuni. Most of these climate migrant labors are suffering from unbearable hardships in brick manufacturing industries.

  2. Though some research works are needed to take the next step- what the authority concerned should do. Still, this report gives us food for thought. Kudos to the reporter for wonderfully bringing both sides of crab farming to the light.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.