तल्लो तटीय छिमेकीहरू माझ धेरै वर्ष देखि चीनले अन्तर्देशीय नदीहरूको आफ्नो सीमाभित्रको पानीको धार परिवर्तन गर्नेछ भन्ने डर रहि आएको छ । ती डरहरू मध्ये केही चाहिँ यी अन्तर्देशीय नदीहरूमा कहाँबाट पानी आउँछ भन्ने विषयमा सतही ज्ञान हुनुका कारणले उत्पन्न भएका छन् । जस्तैः धेरैलाई थाहा नहोला यार्लुङ त्साम्पो / ब्रह्मपुत्र नदीले सिञ्चित गरेको क्षेत्रको अधिकांश पानी चीन बाहिरबाट आउने गर्दछ ।

धेरै वर्ष देखि चिनियाँ विशेषज्ञहरूले नदीको धार परिवर्तन गर्ने योजनालाईअतिरञ्जनाभनेर त्यसका ’boutमा सोच्न समेत नहुने बताउँदै आएका थिए । तर चिनियाँ प्रधानमन्त्रीको हालैको वक्तव्यले यस ’boutमा छलफल अर्को तहमा पुर्याइदिएको छ ।सं

चिनियाँ प्रधानमन्त्री ली खच्याङले हालै दक्षिणबाट उत्तरतिर पानीको बहाव मोड्ने परियोजनाको महत्त्वाकाङ्क्षी पश्चिमी हिस्सासँग सम्बन्धित सबै विकल्पहरूको जाँच गर्न आव्हान गरेका छन् । पानीको धार परिवर्तन गरी चीनको चिस्यान भएको दक्षिण बाट सुक्खा उत्तरमा लान पहिलो पटक सन् १९५२ मा प्रस्ताव गरिएको थियो । आजको मितिमा यो परियोजनाका पूर्व, मध्य र अनेकौं पश्चिमी रुटहरूको पहिचान गरिसकिएको छ । । मध्य रुटको काम सन् २०१४ मा समापन गरिसकिएको छ । यस रुट अन्तर्गत पानीलाई हुबेई प्रान्तबाट बेइजिङ र तियानजिनसम्मको १५ दिन लाग्ने, १,४०० किमी यात्रामा लगिन्छ । पूर्वी रुट मार्फत् सन् २०१३ देखि जिगान्सू देखि सान्दोङ र तियान्जिनसम्म पानी लगिएको छ ।

तर याङ्जी तथा येलो नदीहरूलाई तिब्बती पठारको एउटा कुना देखि अर्को कुनासम्म पुर्याउने अझ बढि चुनौतीपूर्ण पश्चिमी रुट भने वातावरणीय र सामाजिक प्रभावहरूको चिन्ताका कारण योजना कोर्ने चरण भन्दा पर पुग्न सकेको छैन । चीनको आर्थिक मन्दीका कारण यसको ’boutमा चर्चा फेरि सल्बलाएको छ । यसको निर्माणले अर्थतन्त्रलाई चलायमान त बनाउला तर पश्चिमी रुटलाई लामो समय देखि सुषुप्त अवस्थामा राख्नुका केही राम्रा कारणहरू पनि छन् ।

विविध सम्भावनाहरू

चीनको सन् १९४९ देखिको इतिहासमै ‘दक्षिण-उत्तर पानी डाईभर्सन’ सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको र सबैभन्दा महँगो पूर्वाधार परियोजना हो । यसको निर्माणको सुरुवात हजारौं मानिसहरूको स्थानान्तरण गरेर सन् २००२ गरिएको थियो । यसले दुवै याङ्जी र यलो नदी प्रणालीको जल तथा पारिस्थिक प्रणालीमा उथलपुथल ल्याएको थियो । हाल सञ्चालनमा रहका दुई रुट (पूर्वी र मध्य) अन्तर्गत याङ्जीको तल्लो तथा मध्य क्षेत्रहरूबाट निकाल्ने गरिएको छ । पश्चिमी रुट कस्तो हुनुपर्छ भन्ने विषयमा सार्वजनिक भएका प्रस्तावहरूलाई भने दुई भागमा वर्गीकरण गर्न सकिन्छ : जनस्तरबाट आएका अति महत्त्वाकाङ्क्षी प्रस्तावहरू र सरकारले प्रस्ताव गरेका अलि कम महत्त्वाकाङ्क्षी प्रस्तावहरू ।

सरकारी प्रस्तावको प्रादुर्भाव जलश्रोत मन्त्रालय अन्तर्गतको यलो नदी आयोगमा सन् २००१ मा भएको थियो । प्रस्ताव अन्तर्गत सिचुवान नदीका सहायक निहारबाट पानी लिएर याङ्जीको माथिल्लो तटमा पर्ने यालोङ र दादू जस्ता सहायक नदीहरूमा मिसाइने छ । त्यस्तै एउटा ठूलो तटबन्ध प्रणाली बनाइनेछ जसका माध्यमबाट याङ्जीको माथिल्लो तटको पानी चिङ्घाई, गान्सू, निङसिया, भित्री मङ्गोलिया, साङ्सी र सङ्सी सम्म पुर्याइनेछ । अन्ततः पानीको अभाव हुन सक्ने आकलन गरिएको यलो नदीको माथिल्लो र मध्य तटमा सन् २०५० सम्म वार्षिक रुपमा १७ अर्ब घन मिटर पानी पुर्याइनेछ ।

सरकारी प्रस्ताव भन्दा अझ खर्चालु अनौपचारिक प्रस्तावहरू पनि सार्वजनिक भएका छन् । उदाहरणका लागि : तिब्बतमा रहेको सुओमातान क्षेत्र र तियान्जिनका विचमा कुलो बनाउने र तियान्जिन बाटै सिन्जियाङसम्म पानीको बहाव मोड्ने । यस्ता परियोजनाहरूले चीनको उत्तरमा बग्ने याङ्जी सहित चीनको सीमा पार गरिसकेपछि ब्रह्मपुत्र, साल्विन र मेकङ बन्ने यार्लुङ, नू र लकाङ जस्ता अन्तर्देशीय नदीहरूमा परिणत हुने नदीहरूबाट पनि पानी झिक्ने प्रस्ताव गरेका छन् । तिब्बत र तियान्जिनलाई जोड्ने कुलो को निर्माण गर्ने प्रस्ताव एकजना सेवा निवृत्त प्राविधिक गुओ काईबाट आएको थियो । जस अन्तर्गत २०० अर्ब घन मिटर पानी (चार वटा यलो नदी बराबरको पानी) ब्रह्मपुत्रको माथिल्लो तटमा पर्ने यार्लुङ साङ्पो बाट यलो नदीमा मिसाइनेछ ।

सिन्जियाङ तर्फ पानी मोड्ने प्रस्ताव चाहिँ सन् २०१७ मा यस विषयमा विज्ञता नभएका गाओ गान बाट आएको थियो । यो ‘रातो झण्डा नदी परियोजना’ अन्तर्गत ६,१८८ किलोमिटर लामो कुलो (याङ्जी भन्दा अलिकति मात्रै छोटो) बनाइनेछ र यलो नदीको वार्षिक बहाव भन्दा बढि हुन आउने ६० अर्ब घन मिटर पानीको बहाव परिवर्तन गरिनेछ ।

विविध दृष्टिकोण

सन् २०१८मा यलो नदी आयोगले पश्चिमी रुटको घोषणा गरेपछि त्यसका ’boutमा अध्ययन सुरु गरिएको थियो । अध्ययनको क्रममा यलो नदी तटीय क्षेत्रमा पानीको माग तथा आपूर्तिको अवस्था र पानीको खपत घटाउने संभावनाको पनि मूल्याङ्कन गरिएको थियो । आधिकारिक रुटको गहिराइमा पुगेर अध्ययन भइरहेको छ भने महत्वकाङ्क्षा विकल्पहरूको प्रारम्भिक परीक्षण मात्रै हुँदैछ ।

आधिकारिक पश्चिमी रुटले ३,०००-४,००० मी उचाइमा रहेका पहाडहरू छिचोल्नुपर्नेछ । भूकम्पिय दृष्टिकोणले संवेदनशील, वातावरणीय दृष्टिकोणले जोखिमयुक्त र अल्पसङ्ख्यकहरूको बसोवास रहेको क्षेत्र हुनुका कारण यहाँको भूबनोट जटिल छ । परियोजना सञ्चालनमा आएपछि पनि यहाँ निर्माण र मर्मत सम्भार गर्नु निकै महँगो हुनेछ । अन्तराष्ट्रिय पाटोलाई पनि छुने भएकाले औपचारिक प्रस्तावहरू अझै बढि चुनौतीपूर्ण देखिन्छन् ।

विज्ञहरूको भने दुवै दृष्टिकोणका ’boutमा भिन्न धारणा छ । प्रस्तावहरूको सबैभन्दा कडा आलोचकले अनौपचारिक रुपमा प्रस्ताव गरिएका परियोजनालाई यथार्थ भन्दा पर रहेको जिकिर गरेका छन्। चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका चियान झेङयिङ र झाङ गुआङदौले सन् २०१२ मा राज्य परिषदलाई बुझाएको प्रतिवेदनमा हालको अवस्थामा आँकलन गर्न सकिने भविष्यसम्मका लागि यी योजनाहरूको सम्भाव्यता र आवश्यकता दुवै नरहेको बताएका थिए ।

सन् २००६ मा हङकङ विश्व विद्यालयमा बोल्दै पूर्व जलश्रोत मन्त्री वाङ सुचेङले पाँचवटा कुलोको प्रयोग उतिकै सङ्ख्याका नदीहरूको पानी यलो नदीमा झार्ने तिब्बत-तियान्जिन परियोजनालाई ‘अनावश्यक, सम्भाव्यता नभएको र अवैज्ञानिक’ संज्ञा दिएका थिए । यलो नदीमा पानी पर्ने याममा अहिले नै बाढी आउँछ, यसमा झन् २०० अर्ब घन मिटर पानी मिसाइयो भने यसले नदीको तटमा रहेका तटबन्ध, जलविद्युत परियोजनाहरू र शहरहरूका लागी ठूलो समस्या खडा गर्न सक्छ , उनले भने । परियोजनाको उच्च आर्थिक तथा वातावरणीय लागतका कारण यो अव्यवहारिक छ, उनले भनेका थिए ।

चिनियाँ जलविद्युत इन्जिनियरिङ समाजका सहायक सचिव झाङ बोतिङ भने विस्तारित पश्चिमी रुटका समर्थक हुन् । उनी भन्छन् यार्लुङ साङ्पो, नू र लकाङ को पानीले चीनको पानी अभावलाइ निकास दिन सक्छन् । उनी भन्छन्, चीनले अन्तर्देशीय नदीहरूबाट पानी लिएको छैन तर उसले आफ्नो भूभागमा पर्ने नदीको लम्बाइको अनुपातमा पानी लिनु पर्छ । ‘चीनको भूभाग भित्र पर्ने यार्लुङ स्याङ्पो बाट हरेक वर्ष औसतमा १०० अर्ब घन मिटर पानी बग्ने गर्दछ , तर हामीले यसको केही उपयोग गरेका छैनौँ। यलो नदीमा करिब ५० अर्ब घन मिटर पानी बहने गर्दछ तैपनि यसले आधा देशको पानीको आवश्यकताको पूर्ति गर्दछ । हामीले अन्तर्देशीय नदीहरुबाट पनि पानी लिनुपर्छ । ‘

झाङलाई भने कम महत्त्वाकाङ्क्षी योजनाहरू अव्यवहारिक लाग्दछन् । याङ्जी नदीबाट पानी निकाल्दा थ्री गोर्जेज जस्ता जलविद्युत आयोजनामा असर पर्ने भएकाले त्यसको धेरै विरोध हुनेछ भन्ने उनलाई लाग्दछ ।

सिचुवान भूगर्भ विभागका क्षेत्रीय नापी इकाईका वरिष्ठ इन्जिनियर फान सियाओको भने फरक मत छ । ‘पानीको सदुपयोग गर्न त्यसलाई झिक्नु जरुरी छ । त्यहाँको पानीले क्षेत्रीय पारिस्थितिक प्रणालीलाई धानेको छ । यो पनि त महत्वपूर्ण काम हो । लकाङ नदीमा बन्दै गरेको तटबन्धले तल्लो तटीय मेकोङमा अहिले नै असर देखिन थालिसकिएको छ ।’

सबै संरचनालाई अहिलेकै अवस्थामा किन नछोड्ने ?

असहमतिको मुख्य मुद्दा हो पानीको प्रयोग र वातावरणको संरक्षणविचको सन्तुलन । सन् २००६ देखि स्वतन्त्र भूगर्भविद् याङ योङले स्थापना गरेका एक समूहले पानी झिकिने, कुलो बनाइने र पानी मिसाउने क्षेत्रहरूको अध्ययन गरिरहेको छ । परियोजनाका थुप्रै समस्याहरू छन् र यी समस्याहरूको पूर्ण रुपमा सम्बोधन गरिएको छैन, समूहको निष्कर्ष छ । याङ्जी नदीको उद्गम थलोको प्राकृतिक सन्तुलन, यलो नदीमा बाढी आउने मौसम र यी क्षेत्रको जलवायुमा पर्ने असर त्यी मुद्दा मध्ये कहि हुन् ।

तेह्र वर्षको अध्ययन पछि याङ योङ भन्छन्, पश्चिमी रुट कुनै पनि हालतमा अनावश्यक छ । उनी भन्छन्, जलवायु परिवर्तनका कारण चीनको उत्तर-पश्चिम भूभाग पहिले भन्दा न्यानो भएको छ र यहाँ पहिले भन्दा धेरै पानी पनि पर्छ । यसका कारण मानिसहरू पूर्व तिर बसाइँ सर्ने छन् र औद्योगिक क्षेत्रहरूमा जनसङ्ख्याको चाप कम भएर पानीको अभाव हुने समस्या कम हुँदै जानेछ । याङका अनुसार इन्जिनियरिङको माध्यमबाट हासिल गरिने समाधानहरू भन्दा जलवायु, जनसङ्ख्या, समाज, वातावरण र प्रविधिको बुझाइमा आधारित समाधानहरूलाई प्राथमिकता दिनुपर्दछ ।

चीनको उत्तर-पश्चिममा पहिले भन्दा न्यानो भएको छ र यहाँ पहिले भन्दा धेरै पानी पनि पर्छ भन्ने कुरामा फान सिआओ विश्वस्त छैनन् तर उनको विचार पनि याङसित मिल्दोजुल्दो छ । उनको विचारमा पश्चिमी रुटले पानीको अभावको समाधान गर्न सक्दैन र नदीहरूमा थप पानी ल्याउनु भन्दा अघि भएकै पानीको उचित संरक्षण गर्न जरुरी छ । ‘हामीले पानीको उचित संरक्षण गर्यौँ भने, कति पानीको बहाव परिवर्तन गर्नु पर्ला ? के त्यसो गरिरहन आवश्यक नै पर्ला ?’

गाओ बाइयू चाइना डाइलगको बेइजिङ सम्पादकीय टोलीका सदस्य हुन् । यो आलेख चाइना डाइलगबाट साभार  गरेर द थर्ड पोलमा छापिएको हो।

 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.