करिब एक वर्ष अघि सियोङ आन शहरको योजना सार्वजनिक हुँदै गर्दा यसलाई चिनियाँ राष्ट्रपति सी चिन फिङले देखेका उच्च गुणस्तरीय शहरीकरणको सपनाको अनुपम उदाहरणको रुपमा हेरिएको थियो । यो परियोजना ‘आगामी सहस्राब्दी को लागि नै महत्वपूर्ण’ हुने भनिएको थियो ।हरित, अभिनव र अत्याधुनिक सियोङ आनलाई वायु प्रदूषण, पानीको हाहाकार र अनियन्त्रित शहरीकरण जस्ता ‘सहरी रोगहरू’ को समाधानको रूपमा चित्रण गरिएको छ ।सियोङ आनको समर्थनमा हालै सुरु गरिएको अन्तराष्ट्रिय अभियानको क्रममा चिनियाँ विदेश मन्त्रि वाङ यीले भने, यो शहर अब आउने शताब्दीको नमुना हुनेछ र यो ‘भविष्यको शहर’ हुनेछ ।

सरकारले सियोङ आनलाई हरित शहरीकरणको प्रयोगशालाको रुपमा विकास गर्न चाहेको छ र शहरका स्रोतहरूले धान्न सक्ने भन्दा जनसंख्या बढ्न नदिने वाचा गरेको छ । सियोङ आनलाई ‘सफा बिजुली’ (चीनमा प्राकृतिक ग्याँसलाई पनि सफा उर्जा मानिन्छ) बाट सञ्चालन गरिनेछ । शहरमा उत्पादन हुने आधा विद्युत नविकरणीय स्रोतहरूबाट आउने अपेक्षा गरिएको छ ।

चीन सियोङ आनलाई योजनावद्ध शहरीकरणको नयाँ नमुनाको रुपमा पेस गर्दै यसलाई उच्च प्रविधि, खोज र दिगो वित्तीय प्रणालीको केन्द्र बनाउन चाहन्छ । शहरले अबका ५ वर्षमा सहरी पूर्वाधार लगानी गर्ने १ खर्ब युआन हरित वित्तीय प्रणालीबाट ल्याउने योजना बनाएको छ । यसरी प्राप्त स्रोतको प्रयोग पारदर्शी हुने र यसले वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने उनीहरूको ठम्याई छ । सडकको तहमा हेर्ने हो भने सियोङ आनको ठूलो भाग हरित क्षेत्रको रुपमा विकसित गरिने भनिएको थियो । योजनाकारहरू चाहन्थे कि शहरमा मानिस मैत्री वातावरण बनोस्, बेइजिङको जस्तो धेरै ठूला ठूला सडकहरू नहून् ।

चीनका इको शहरहरूको कथा

हरित शहर वा क्षेत्रहरूको विकासको प्रयोग गर्ने मामिलामा चीन कहिले पनि हिच्किचाउदैन । जियाङसी राज्यमा रहेको यिचुन शहरले सन् १९८६ मा नै चीनको पहिलो हरित शहर हुने आफ्नो चाहनाको घोषणा गरिसकेको थियो । अस्टिन विलियम्सको किताब चाइनाज् अर्बन रेभोलुसन : अन्डरस्ट्यान्डिङ चाइनिज इको सिटिज (चीनको सहरी क्रान्ति : चिनिया इको शहरहरूको नालिबेली) का अनुसार दक्षिण-पश्चिम चीनको गाइचु राज्यको गुइयाङ शहरले सन् २००४ मा इको शहरमा आफूलाई रुपान्तरण गर्ने र फोहोर रहित चक्रिय अर्थतन्त्रको अनुसरण गर्ने पहिलो शहर बन्ने उद्‍घोष गरेको थियो ।

सन् २००८ मा साङ्घाई र हबेई प्रान्तको बाओडिङ शहर चीनकै पहिलो न्यून कार्बन प्रणाली र हरित जीवनशैली अपनाउने शहरहरू बने । चीनले उर्जा र प्राकृतिक स्रोतहरूको संरक्षण गर्न देशका विभिन्न स्थानहरूमा हरित औद्योगिक क्षेत्रहरूको पनि स्थापना गर्यो ।

विलियम्का अनुसार, यी कार्यक्रमहरूले मिश्रित सफलता हासिल गरेका छन् । केही शहरहरू तथ्याङ्कलाई तोडमरोड गरेर आफूले राम्रो काम गरिरहेको देखाउन समेत उद्धत भएका छन् । उदाहरणका लागि : केही हरित शहरहरूले आफ्नो सहरी केन्द्रहरूको मात्रै प्रदूषण मापन गर्छन् र उद्योगहरू भएका शहर बाहिरका क्षेत्रहरूको प्रदूषण मापन गर्दैनन् ।

लरेन्स बर्क्ली नेसनल ल्याबोरेटोरीले हालै सञ्चालन गरेको चीनले आधिकारिक रुपमा घोषणा गरेका न्यून कार्बन शहरहरूको अध्ययन भन्छ, ‘धेरै जसो शहरहरू अझै पनि कार्बन उत्सर्जन गर्छन् र उर्जाको चर्को प्रयोग गर्छन् ‘ र ‘उनीहरू न्यून कार्बन उत्सर्जन गर्ने शहर बन्न र हरित प्रणालीमा जान उनीहरूले अझै धेरै काम गर्नु पर्ने देखिन्छ ।’ तर रिपोर्टका लेखकहरूले बाह्रौं पञ्चवर्ष योजना (सन् २०१० -२०१५) को क्रममा यो सन्दर्भमा प्रगति भने हासिल भएको स्विकारेका छन् ।

के सियोङ आन फरक हुनेछ ?

चीनका अधिकांश हरित शहरीकरण योजनाहरूको नेतृत्व स्थानीय सरकारहरूले गरेका छन् । तर सियोङ आन परियोजना भने केन्द्रीय योजनाको अङ्ग हो । सियोङ आनको ‘न्यू एरिया’ विकास गर्न चाहनुमा चीनको प्रमुख उद्देश्य बेइजिङ माथिको बोझ कम गराउनु हो । चीनका दुई ठूला नयाँ शहरहरू सेनजेन र साङ्घाईको पुदोङ न्यू डिस्ट्रिक्ट को बिडो थाम्ने शहरका रुपमा पनि सियोङ आनलाई हेरिएको छ ।

तर यसले योजना निर्माणको माथि बाट तल (टप डाउन) प्रणालीलाई नै बलियो बनाउने देखिन्छ । ब्रुकिङ्स इन्सचिट्युटका चेङ ली भन्छन् सियोङ आनको न्यू एरियाले राष्ट्रपति सीको प्रशासनको नीति निर्माण र कार्यान्वयन गर्ने क्षमता जनता समक्ष देखाउने छ ।

अझ विस्तृत रुपमा भन्ने हो भने, नेतृत्वको पर्यावरणीय सोचको आधारमा शून्यबाट विशाल शहर निर्माण गरिएको यो पहिलो घटना हुनेछ ।

हरित वित्तीय प्रणालीको प्रयोग

सियोङ आनको हरित अभियान अन्तर्गत शहरमा नवीनतम् हरित वित्तीय प्रणालीको प्रयोग गरिनेछ । यस्तो प्रणाली स्थानीय खोलाहरू सफा गर्न, कम उर्जा खपत गर्ने भवनहरू निर्माण गर्न र सार्वजनिक पारवहन प्रणालीको विकास गर्न सदुपयोग गरिनेछ ।सियोङआनको न्यू एरियामा हरित वित्तीय प्रणालीको सम्भाव्यता ’boutको अध्ययनको नेतृत्व गरेका चाइना ग्रिन फाइनान्स कमिटीका अध्यक्ष मा जुनका अनुसार शहरका नयाँ परियोजनाहरू सुरु गर्न खर्बौ युआन पूँजीको आवश्यकता पर्ने अपेक्षा गरिएको छ ।

रिपोर्टले सियोङआनमा गैर पारम्परिक वित्तीयकरणको प्रयोग गर्न सकिने ठूलो सम्भावना माथि प्रकाश पारेको छ । त्यसै गरी परियोजनाको सुरु देखि नै दिगोपनको सोचलाई कार्यान्वयन गर्न सकिन्छ । रिपोर्टका अनुसार परियोजनामा निजी र सरकारी पूँजी आकर्षित गर्ने सबै भन्दा ठूलो तरिका हरित पूर्वाधारहरूलाई बैङ्क मैत्री बनाउनु हो । ‘सियोङ आनको हरित पूर्वाधारमा गर्न लागिएको लगानीको आकार ठूलो छ र यसको लगानी उठ्न लामो समय लाग्नेछ । त्यसै गरी शहरको राजश्व सङ्कलन कति हुनेछ भन्ने पनि अहिले यकिनका साथ भन्न सकिन्न । त्यसैले यसका लागि सरकारको नियमित बजेट भन्दा बाहिरका नवीनतम् वित्तीय स्रोतहरू खोज्नु जरुरी छ । यस्ता नवीनतम् स्रोतहरूले बजार र राज्य दुवैको नयाँ व्यापारलाई मलजल गर्न सक्ने क्षमताको भरपूर उपयोग गर्न सक्छन्’, रिपोर्टमा भनिएको छ ।

रिपोर्टका लेखकहरूले चेतावनी दिएका छन् कि वित्तीय प्रणालीका ’boutमा जानकारी र यस क्षेत्रमा अनुभव भएका मानिसहरूको कमीले परियोजनाको हरित वित्तीय प्रणाली अपनाउने चाहनामा वाधा पुर्याउन सक्नेछ । तर पनि स्थानीय तहमा विशेषज्ञहरूको कमी खासै चिन्ताको विषय बनेको छैन ।’सियोङआन अब हबेई राज्यको सियोङ आन मात्रै रहेन, यो अब चीनको सियोङ आन भएको छ । देशमा रहेका हरित वित्तीय प्रणालीका जानकारहरू छिट्टै नै परियोजनालाई सहयोग गर्न आउनेछन् । खासमा भन्ने हो भने यो प्रक्रियाले गति लिइसकेको छ । चीनका नीति निर्देशित बैङ्क तथा अन्य वित्तीय संस्थाहरूले अहिले यो परियोजनामा लगानी गर्ने ’bout सोचिरहेका छन् ‘, बैङ्किङ क्षेत्रमा काम गर्ने एक स्रोतले बतायो ।

चीन बाहिर पनि सियोङ आनलाई सहयोग गर्ने संरचनाहरू तयार हुँदैछन् । मा जुनको चाइना ग्रीन फाइनान्स कमिटी र लण्डन शहर मिलेर बेलायत-चीन हरित वित्तीयकरण केन्द्रको स्थापना गरेका छन् । केन्द्रले वित्तीय प्रोडक्टहरूको विकास गर्ने छ जसको प्रयोगले सियोङ आनका केही परियोजनाहरूमा लगानी गरिनेछ । लण्डनका लर्ड मेयर चार्ल्स बाउम्यान भन्छन्, सियोङआन ‘ संसारकै सबै भन्दा स्मार्ट र दिगो शहर बन्ने क्षमता राख्दछ ।”मैले आफ्नै आँखाले देखेको छु,’ केही महिना अघि सियोङआन पुगेका बाउम्यानले भने । ‘म निकै व्यग्रताका साथ हेरिरहेको छु हाम्रो केन्द्रले कसरी परियोजनालाई सहयोग गर्न सक्छ भनेर ।’

सियोङ आनको सफा बिजुली

सियोङआनको योजनामा हाल विकासकै क्रममा रहेका थुप्रै प्रविधिहरूलाई आत्म साथ गर्ने भनिएको छ । शहरको विद्युतिय ग्रिड सञ्चालन गर्ने स्टेट ग्रिड कर्पोरेसनका अनुसार शहरको १००% विद्युत सफा हुनेछ । उसले यो प्रक्रियालाई बयान गर्न छुट्टै शब्द नै बनाएको छ : ‘पुन: विद्युतीकरण’ । यसो गर्न कर्पोरेसनले विद्युत सञ्चय प्रविधिमा हुने परिवर्तनलाई तुरुन्तै लागू गर्ने, एकीकृत सोर्य उर्जा प्रणालीको प्रयोग गर्ने र विद्युतिय सवारी चार्जिङ गर्ने पूर्वाधारको विकास गर्ने उपाय अवलम्बन गरेको छ । न्यू एरियामा बनाइने यी पूर्वाधार स्मार्ट र सफा हुनेछन् ।

सियोङ आनमा माग हुने उर्जाको ५२% हिस्सा विद्युतले पुरा गर्नेछ । यो अनुपात पेरिस र टोकियो जस्ता ठूला शहरहरूको भन्दा बढी छ । सियोङ आनको विकासका लागि हालै तयार पारिएको गुरु योजना अन्तर्गत शहरले आफ्नै भू-तापीय स्रोतको पनि सदुपयोग गर्नेछ । प्राकृतिक ग्यास र दाउराले पनि शहरको उर्जाको मागको केही हिस्सा पूर्ति गर्नेछन् ।

तर स्थानीय रुपमै उत्पादन गरिएको विद्युतले भने शहरको मागको निकै सानो हिस्सा मात्र पूर्ति हुनेछ । शहरमा खपत हुने विद्युतको अधिकांश हिस्सा अल्ट्रा हाई भोल्टेज प्रशारण लाइनका माध्यमबाट उत्तरी हबेई राज्य र भित्री मङ्गोलिया बाट ल्याइने विद्युतले पूरा गरिनेछ । यी स्थानहरूमा वायु र सौर्य उर्जा पर्याप्त मात्रामा उपलब्ध छन् ।

यहाँ के पनि हेक्का राख्न जरुरी छ भने सफा विद्युत को चिनिया परिभाषाले न्यून कार्बन उत्सर्जन गर्ने नविकरणीय उर्जाका स्रोतहरूलाई मात्रै जनाउँदैन । सरकारी मापदण्ड अनुसार ग्याँसबाट सञ्चालित प्लान्टहरू पनि हरित परियोजनाका रूपमा सूचीकृत हुन्छन् । बेइजिङ र साङ्घाई जस्ता ठूला शहरहरूले पनि प्रशारण लाइन मार्फत बाहिरी क्षेत्रहरूबाट विद्युत भित्र्याउँछन् र यो विद्युत प्रायः जैविक इन्धनको प्रयोग गरेर नै उत्पादन गरिएको हुन्छ ।

पर्यावरणीय चुनौतीहरू

सियोङ आनलाई दिगो विकासतर्फ डोर्याउने प्रतिवद्धता प्रशंसनीय भए पनि यहाँका हरित गतिविधिहरूमाथि प्रश्न उठाउन सकिन्छ ’cause यो शहरमा लामो समय देखि पानीको अभाव छ । त्यसै गरी शहरका ’round अनगिन्ती स-साना फोहर, तथा छाला धातु प्रशोधन गर्ने प्लान्टहरू र गार्मेन्टहरू देखा पर्न थालेका छन् र यिनीहरूले स्थानीय अर्थतन्त्रमा टेवा पुर्याएका छन् ।’सियोङ आनमा पर्यावरणीय जोखिम भएका स्थानहरू छन् । बैँक तथा वित्तीय संस्थाहरूले यहाँ लगानी गर्दा सामाजिक र आर्थिक जोखिमको लेखा जोखा गरेर मात्रै आफ्नो स्रोत परिचालन गर्नु पर्ने छ’, बैङ्क क्षेत्रको स्रोतले बतायो ।

ग्रिनपिस पूर्वी एसियाका झाङ काईले चीनमा बामे सर्दै गरेको हरित वित्तीय प्रणालीलाई दुई ठूला समस्याहरूको उजागर गरे : परियोजनाको वर्गीकरण र पारदर्शिता । यदि यी दुई समस्याहरूलाई समाधान गरिएन भने सियोङ आनको महत्त्वाकाङ्क्षी योजनाले अवरोधको सामना गर्नु पर्ने हुन सक्नेछ ।चीनको हरित परियोजना मापदण्ड प्रचलित अन्तराष्ट्रिय मापदण्डसित मेल खाँदैन । चिनियाँ मापदण्डका अनुसार कुनै कुनै वातावरणमा हानि पुर्याउन सक्ने परियोजनाहरूलाई समेत हरित भनेर वर्गीकरण गर्न सकिन्छ । चीनले आगामी केही महिनाहरूमा वर्गीकरण मापदण्डको संशोधन गरेर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

दिर्घकालमा सियोङ आनले पानीको अभाव बेहोर्नु पर्ने देखिन्छ । चिनिया विज्ञान प्रतिष्ठानले हालै जारी गरेको चेतावनीमा भनिएको छ उत्तर चीनकै सबैभन्दा ठूलो सिमसार क्षेत्र बाइयाङदियाङ तालको नजिकै रहेर पनि सियोङ आनको भूमिगत पानीको तह डरलाग्दो दरमा घट्दै छ । यसका कारण जमिन भासिने क्रम भने बढ्दो छ ।वैज्ञानिकहरू के पनि भन्छन् भने जलवायु परिवर्तनका कारण हुने मौसमी प्रक्रियामा हुने गडबडीका कारण सन् २०२६-२०४६ को बीचमा सियोङ आनको अवस्था खस्किने देखिन्छ ।

सियोङ आनको नमूना

सियोङआन चुनौतीहरूको माझमा घेरिए पनि परियोजनाले चीनमा बहु आयामिक प्रभाव पार्नै देखिन्छ । नेतृत्वको दूरदर्शिताको उपज शहर सियोङआन चीनमा नयाँ प्रकारको शहरीकरणको नमुना हुनेछ ।फाइनान्स कमिटीका अध्यक्ष मा जूनको धारणा पनि त्यस्तै छ । उनी भन्छन् सियोङ आनको नमूना अरु ठाउँमा पनि फैलिन सक्छ ’cause चीनले बेल्ट एण्ड रोड अभियान अन्तर्गत एसिया, युरोप र अफ्रिकामा थुप्रै पूर्वाधारमा लगानी गर्दैछ । तर अभूतपूर्व राजनीतिक समर्थन र ठूलो स्तरमा विशेषज्ञहरूको सहभागिताले सियोङ आनलाई एउटा अपवाद बनाइदिन सक्छ जसलाई अरू ठाउँमा अनुसरण गर्न सकिनेछैन । ‘हरित वित्त को कुरा गर्ने हो भने, मलाई लाग्दैन सियोङ आनको नमुना अरू शहरहरूमा अनुसरण गर्न सकिन्छ ‘, ग्रिनपिसका झाङ भन्छन् ।

उनका अनुसार गुवाङदोङ, गुइचु, जियाङसी, झेजियाङ र सिन्जियाङ जस्ता हरित परियोजनाहरूले सियोङआनको जस्तो राजनीतिक समर्थन पाएका छैनन् । त्यसैले यी शहरहरूले (सियोङ आनले होइन) हरित वित्तीय प्रणालीको प्रयोग कसरी गरिरहेका छन् भन्ने तथ्यले चीनमा हरित वित्त कत्तिको सफल भइरहेको छ भन्ने देखाउनेछन् ।

त्यसै गरी, सियोङ आनलाई आफ्ना बासिन्दाहरूको विद्युतको माग पुरा गर्न कुनै समस्या हुने छैन किन भने उसले सजिलै बाहिरबाट बिजुली किन्न सक्छ । सियोङ आनसित थुप्रै पैसा छ र बलियो राजनीतिक समर्थन पनि छ । ‘यो सब बेइजिङ र साङ्घाई जस्तै हो,’ सियामेन विश्वविद्यालयको उर्जा अर्थशास्त्र केन्द्रका निर्देशक लिन बोचियाङले भने । ‘सियोङआन शून्यबाट निर्माण गरिँदै छ त्यसैले यहाँ फेन्सी सोचहरू प्रयोगमा ल्याउन सकिन्छ, स्मार्ट ग्रिड बनाउन सकिन्छ अनि विकेन्द्रिकृत सौर्य प्यानल जडान गर्न सकिन्छ । तर यो नमुना अरू ठाउँमा अनुसरण गर्न त्यति सजिले छैन ।’

सियोङ आनको निर्माण प्रक्रियालाई चिनिया प्राज्ञ र सञ्चार माध्यमहरूले देश बाहिर भएका यस्तै प्रयोगहरूसित तुलना गरेका छन् । उदाहरणका लागि बेलायतको मिल्टन केन्स र जापानको त्सुकुबालाई सम्झने गरिन्छ । दुवै शहर सन् १९६०को दशकमा स्थापना गरिएका थिए र दुवैको लक्ष राजधानी (लण्डन र टोकियो) माथिको दवाव कम गराउनु थियो । विशेष गरि त्सुकुबाको आकाङ्क्षा सियोङआनको जस्तै नमुना शहर बन्ने थियो जहाँ विश्वविद्यालय र अन्वेषण केन्द्रहरू फस्टाउन सकून् । तर दुवै परियोजानले अपेक्षाकृत सफलता हात पार्ने सकेनन् । केही सहरी योजनकारहरू भन्छन्, केन्द्रीकृत योजना निर्माणले यस्तो काम सम्भव छैन भन्ने अमेरिकाको सिलिकन भ्यालीको उदाहरणले देख्न सकिन्छ । सिलिकन भ्याली राज्यद्वारा कम नियन्त्रित थियो र परिवर्तनका लागि खुल्ला पनि ।

सोयोङ आनमा भइरहेको प्रयोग बेलायत र जापानको भन्दा फरक परिवेशमा भइरहेको छ त्यसैले यसको कथा बेग्लै हुन सक्ला । सियोङ आन कत्तिको सफल/असफल भयो भनेर जान्न केही दशक भन्ने प्रतीक्षा नै गर्नु पर्नेछ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.