हिउँ चितुवाहरू यस्ता लजालु जनावर हुन् जो कुनै पनि प्रकारको जीव सजिलै बाँच्न नसक्ने हिमाली भेगमा बसोवास गर्ने गर्छन् । उनीहरूको अध्ययन गर्न मनाङका फोटोग्राफर तासी घलेले स्नो लियोपार्ड कन्जरभेन्सीसँग मिलेर अन्नपूर्ण संरक्षण क्षेत्रमा क्यामेरा ट्रापहरु जडान गर्ने गरेका छन् ।उनले गर्ने गरेको काममा कुनै दिन अप्रत्याशित सफलता मिल्छ भने कुनै दिन क्यामेरा हराएको पिडा भोग्नु पर्छ । अनुसन्धानकर्ताहरूसित काम गरेर घलेले ‘नागरिक वैज्ञानिक’को भूमिका निर्वाह गरिरहेका छन् । अन्नपूर्ण पदमार्गमा जाने पद यात्रुहरूका लागि मनाङ गाउँ त्यो ठाउँ हो जहाँ सडक अन्त्य हुन्छ र हिमाली पदमार्ग सुरु हुन्छ । करिब १ लाख पर्यटक हरेक वर्ष हिँड्ने अन्नपूर्ण पदमार्ग भन्दा टाढा रहेर मनाङका फोटोग्राफर एवं फिल्ड बायोलोजिस्ट तासी घले उच्च हिमाली क्षेत्रमा क्यामेरा ट्राप जडान गर्ने र तस्विर सङ्कलन गर्नमा व्यस्त छन् । उनी संसारभर नै बिरलै मात्र देखिने जनावरहरू मध्येको एक जनावर हिउँ चितुवाका ’bout अभिलेख तयार पार्न र उनीहरूलाई नजिकबाट चिन्न तत्पर छन् ।

लुकेर सिकार गर्ने यी जनावर वातावरणमा रहेका रङहरूसँग सजिलै घुलमिल हुन सक्दछन् । यसका कारण उनीहरूलाई हिमाली क्षेत्रमा भेट्टाउन निकै गाह्रो छ । तर यो जनावरको तस्विर कैद गर्न सक्नु घलेको खुबी बनेको छ । फिल्ड बायोलोजीमा करिब १ दशकको अनुभव सँगालेका घलेलाई विश्व वन्यजन्तु कोषले सन् २०१६ मा उनले वन्यजन्तु संरक्षणमा पुराएको योगदानका लागि राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गरेको थियो । द थर्डपोल डट नेटसँगको सहकार्यमा मोङ्गाबेइन्डियाका प्रतिनिधिले हालै घलेको मनाङस्थित  गेस्ट हाउसमा भेटेर उनीसित उनको यात्राका ’boutमा कुराकानी गरेका थिए । उनलाई आखिर हिउँ चितुवाको वासस्थान रेहेको चिसो हिमाल बारम्बार चढ्ने प्रेरणा कहाँ बाट आउँछ त?

तपाईँलाई हिमाली क्षेत्रमा फिल्ड बायोलोजिस्टको जस्तो चुनौतिपूर्ण काम गर्ने केले अभिप्रेरित गर्छ ? तपाईँको काम किन महत्वपूर्ण छ ?

कोही मानिसले आफूलाई पुनर्ताजगिकरण गर्नका लागि योग गर्छन्; कसैले सङ्गीत सुन्छन्; कसैले किताब पढ्छन् त कसैले खेल खेल्छन् । म चाहिँ हिमाल तिर जान्छु । हिमाल नै मेरो योग हो । मैले जडान गरेका क्यामेराले खिचेका तस्विर र भिडियो आफ्नो ल्यापटपमा हेर्न पाउँदा स्वर्ग नै पुगेको भान हुन्छ । यही मार्चमा मैले हिमालमा रहेको क्यामेराबाट मेमोरी कार्ड निकालेर घर ल्याएको थिएँ । त्यसमा रहेको एउटा भिडियो मा डमरूहरू उनीहरूकी आमासँग तीन घण्टासम्म खेलेको दृश्य कैद भएको रहेछ । त्यो निकै नै अद्भुत थियो ।यस्ता दृश्यहरूले नयाँ तथ्यहरू तथा प्रमाणहरू उत्पादन गर्न सहयोग गर्दछन् र वैज्ञानिक समुदायलाई सहयोग पुर्याउँछ। धेरैलाई थाहा नहुन सक्छ हिउँ चितुवाले जामुन जस्तो फलफूल र सोमलताको जरा पनि खाने गर्दछ । जब यस्ता कुराहरू तस्विर र भिडियोका माध्यमबाट देखाउन सकिन्छ तब यी जनावरहरू कसरी बाँच्छन् र उनीहरूको संख्या कति छ भनेर कुराकानी गर्न सकिन्छ ।

वैज्ञानिकहरूको   नयाँ नयाँ खोज गर्ने क्रममा मैले जडान गरेका क्यामेरा ट्रापको माध्यमबाट  योगदान  गर्न पाउँदा निकै खुसी लाग्छ । म आफै पनि नयाँ पुस्तामा सचेतना फैलाउन लागेको छु । हामी (स्नो लियोपार्ड कन्जरभेन्सी मार्फत) स्थानीय विद्यार्थीहरूलाई फिल्डमा लगेर क्यामेरा ट्राप जडान गर्न सिकाउँछौँ, उनीहरूसँग क्यामेरा ट्राप किन जरुरी छ र वन्यजन्तुको संरक्षण किन गरिनु पर्छ भनेर चर्चा गर्छौँ । हामीले विद्यालयहरूमा निबन्ध प्रतियोगिता र पेन्टिङ प्रतियोगिता पनि गर्छौँ ।

म यी कार्यक्रमहरूमा सहभागी यस कारणले हुन्छु कि हामीले तालिम दिएकाहरू मध्येका केही प्रतिशत संरक्षण कार्यमा लाग्नेछन् र त्यसले ठूलो फरक पार्नेछ । हामीले हाम्रो ग्रहका ’boutमा चासो राख्ने थप मानिसलाई संरक्षण अभियानमा सरिक गराउनु पर्छ । स्कुल र कलेज जाने युवाहरूले यी प्रजातिहरूका ’boutमा जान्नु जरुरी छ । हामीले नै हो यी जनावरहरूलाई खतरामा पारेको र हामीले नै यिनको संरक्षण गर्नु पर्छ । उनीहरूको यो ग्रहमा मूल्य छ ।

तपाईँले हिमालमा वन्यजन्तु ’bout अनुसन्धान गर्ने पेसा कसरी रोज्नु भयो?

यो सबै सन् २००४मा सुरु भयो जब वन्यजन्तु विज्ञहरूले सञ्चालन गरेको एक तालिममा मैले भाग लिएँ । त्यो कार्यक्रमले मेरो जीवन नै बदलिदियो । सन् २००४ मा स्नो लियोपार्ड कन्जरभेन्सी (हिउँ चितुवा बचाउन लागि परेको एक संस्था)ले नेचर गाइडहरूका लागि तालिम आयोजना गरेको थियो । तालिमको अगुवाइ कन्जरभेन्सी की निर्देशक डार्ला हिलार्डले गरेकी थिइन् । उनी हिउँ चितुवा अध्ययनका शुरुवातकर्ता मध्येका एक रोड्नी ज्याक्सनकी श्रीमती हुन् ।

फोटोग्राफीलाई लिएर म सधैं उत्साहित रहि आएको छु र सन् १९९०को दशक देखि नै मेरो पेसा यही नै हो । यो ठाउँ (अन्नपूर्ण संरक्षण क्षेत्र) फोटोको लागि निकै राम्रो छ किन भने यहाँको भू बनोट वास्तवमै सुन्दर छ । सन् २००५ मा उनीहरू (स्नो लियोपार्ड कन्जरभेन्सी) फेरि आए र मलाई क्यामेरा ट्राप जडान गर्न सिकाए ताकी मैले स्थानिय हिउँ चितुवाहरूको सर्वेक्षण गर्न सहयोग गर्न सकूँ । मैले स्कुल पनि पास गरेको थिइन तर उनीहरूले मलाई हिउँ चितुवा र यसको वासस्थानका ’bout साधारण तालिम दिए ।

सन् २००६ मा उनीहरूले मलाई केही थान क्यामेरा ट्राप पठाइदिए । मैले नै ती क्यामेराको जडान गरेको थिएँ । मेरो ध्यान अहिले हिउँ चितुवामा छ । सुरुमा मेरो लक्ष भनेको हिउँ चितुवाको कम्तीमा एउटा फोटो खिच्नु हुने गर्थ्यो । तर तपाईँले आफ्नो लक्ष प्राप्त गरिसके पछि तपाईँको भोक अझै बढेर जान्छ र त्यसैले तपाईँको पथ प्रदर्शन गर्दछ । मलाई हिउँ चितुवाका अरू तस्विरहरू खिच्न मन लाग्यो: समूहको, जोडीको र परिवारको पनि । मेरो तस्विर खोजी अभियान मेरा लागि आवेग बन्यो र यसले मलाई सदियौ देखि वन्य जन्तु डुल्ने गरेका हिमालय पर्वतहरूको भित्रसम्म डोर्यायो ।

तपाईँले क्यामेरा ट्राप कसरी जडान गर्नु हुन्छ ?

सुरुका केही वर्षहरू सम्म त म प्राणी शास्त्री भन्दा पनि क्यामेरा जडान गर्ने मान्छे जस्तै थिएँ । सुरुमा क्यामेरा कहाँ राख्ने भन्ने कुनै निश्चित विधि थिएन; अलि धेरै स्व विवेकको विषय थियो । तर समय सँग हामीले मेसिनको गुणस्तर र हिउँ चितुवा र तिनको वासस्थान को विज्ञान ’boutमा  सिक्यौँ ।हामी हिउँ चितुवालाई मन पर्ने ठाउँहरूको खोजी गर्छौँ र त्यही हाम्रा क्यामेराहरू जडान गर्छौँ  । हामी उनीहरूले छोडेका चिन्हहरू र उनीहरूको दिसा पछ्याउँछौँ अनि मानव-हिउँ चितुवा द्वन्द्व भएका स्थानहरूको भ्रमण गर्छौँ । हामी ती ठाउँहरूमा घुमिरहने गोठालाहरूसित पनि कुराकानी गर्छौँ । हिउँ चितुवा धेरै देखिने भनेको उनीहरूलाई मिल्ने वासस्थानहरूमा हो । हामीले क्यामेरा कहाँ राख्ने भनेर सोच्दा यो कुरालाई ध्यान दिन्छौं । केही समय पछि हामी आफ्नो क्यामेरा लिन जान्छौँ । हिउँ चितुवाको फोटो कैद भएको छ भने हामी दङ्ग पर्छौँ नत्र आफैंलाई हौसला दिएर फर्किन्छौं ।

सन् २०१६ देखि हामीले क्यामेरा जडान गर्न एउटा ग्रिड प्रणालीको प्रयोग गर्न थाल्यौँ । हरेक ग्रिडमा ५ वर्ग किमी का ‘सेल’ (कोठाहरू) हुन्छन् । यो क्षेत्रमा अहिले २६ ग्रिडहरू छन् र हरेक ग्रिडमा हामीले २ वटा क्यामेरा ट्रापहरू जडान गरेका छौँ : एउटा फोटोको लागि र अर्को भिडियो को लागि । यी क्यामेराहरू एक अर्काको विपरित दिशामा राखिएको हुन्छ ताकी उनीहरूको (हिउँ चितुवाहरूको) पूरै शरिरको चित्र क्यामेरामा कैद गर्न सकियोस् । जडान गरिसके पछि हामी घर फर्किनछौँ र केही हप्ता पछि फेरि फर्किनछौँ सूचना सङ्कलनका लागि । यसरी नै हो साधारण तया सूचना सङ्कलन गरिने ।तर अहिलेसम्म हामीले खालि १३ वटा ग्रिडहरूमा मात्रै क्यामेरा ट्राप जडान गर्न सकेका छौँ । एउटै ग्रिडमा क्यामेरा जडान गर्न पनि हप्तौ लाग्छ । हामीले २ वटा स्टेसनहरू स्थापना गरेका छौँ : ५,३०० र ५,४०० मिटरको उचाईमा । यी स्टेसनहरूमा काम गर्न सबै भन्दा गाह्रो हुने गर्छ किन भने यी क्षेत्रहरू महिनौ सम्म पनि हिउँमा पुरिएर रहन्छन् ।

नागरिक वैज्ञानिक भएर काम गर्न पाउँदाको तपाईँको अनुभव कस्तो छ ? औपचारिक प्राज्ञिक डिग्री भएकाहरूसँग काम गर्दा कस्तो हुँदो रहेछ ? तपाईँलाई कहिले काहीँ आफूले पनि औपचारिक शिक्षा पाएको भए अझै राम्रो गर्थेँ जस्तो लाग्दैन ?

मैले विद्यालय शिक्षा पनि सकेको छैन त्यसैले फिल्डमा काम गर्ने जीव शास्त्रीका रुपमा काम गर्नु मेरो कल्पनाको विषय भन्दा टाढा थियो । तर म जति गहिराइमा प्रवेश गर्दै गएँ त्यति नै वन्यजन्तुलाई नजिकबाट बुझ्दै गएँ । सबै भन्दा गाह्रो काम चाहिँ क्यामेरा ट्रापबाट प्राप्त सूचनाको विश्लेषण गर्नु हो । मसँग त्यसो गर्ने क्षमता छैन । म फिल्डमा गरिने काममा खटिन सक्छु तर सूचनाको विश्लेषण म गर्न सक्दिनँ । तर यो सामूहिक प्रयास हो । म आफ्नो काम रमाएर गर्छु र वन्यजन्तुका लागि काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।

तपाईँको अनुसन्धान कार्यमा सबै भन्दा खुसीका र निराशाका कस्ता कस्ता क्षणहरू आए ?

कहिले काहीँ भाग्यले तपाईँलाई साथ दिन्छ । सन् २०१४ मा ४,२०० मि उचाइमा रहेको एक स्थानमा म हिउँ चितुवाका लागि क्यामेरा ट्राप जडान गर्दै थिएँ । मैले एउटा अतिरिक्त क्यामेरा लगेको थिएँ र त्यो पनि मैले जडान गरेँ। पछि मैले त्यो अतिरिक्त क्यामेरा भेटेँ । त्यो क्यामेरामा मैले केही फरक तस्विर पाएँ ।

त्यो तस्विर त पालास बिरालोको पो रहेछ । यो प्रजातिको बिरालो हिमालय क्षेत्रमा हराइसकेको  मानिन्थ्यो खास गरेर हाम्रो भेगमा। धरै समय अगाडि सन् १७७६ मा जर्मनेली प्रकृति शास्त्री पिटर साइमन पालासले मध्य एसियामा पहिलो पटक यी बिरालाहरू भेटेका थिए । त्यसैले यिनको नाम पालास राखिएको हो । यसको नेपाली नाम थिएन त्यसैले संरक्षणमा काम गर्ने साथीहरुले  यसको नाम तासी बिरालो राखिदिए (तिब्बती भाषामा तासीको अर्थ सौभाग्य हो) । त्यो बिरालोको नाम राख्न पाउँदा भाग्यमानी र गौरवान्वित महसुस गरेको छु ।

निश्चय पनि थुप्रै नरमाइला क्षणहरू पनि हुन्छन् । हामीले अहिलेसम्म तीनवटा क्यामेरा  हराइसकेका छौँ । हप्तौँसम्म योजना बनाएर अनि दिनहुँ हिँडेर जडान गरिएका क्यामेरा  सुरक्षित रहून् भनेर प्रार्थना हामीले गर्ने गरेका छौँ । क्यामेरा जडान गरेको ठाउँमा फिर्ता गएर हेर्दा क्यामेरा भेटिएन भने संसारै हराएको जस्तो महसुस हुन्छ । यो निकै नै पिडादायी हुन्छ । साधारण मानिसलाई यी क्यामेराको केही काम छैन तर पनि उनीहरूले क्यामेरा चोर्छन् । मलाई थाहा छैन किन यसो गर्छन् उनीहरू ।

अर्को समस्या भनेको हिउँ चितुवाको वासस्थानको विकटता हो। सन् २०१७ को नोभेम्बर महिनामा हामीले ५,३०० र ५,४०० मि को उचाई मा रहेका क्षेत्रहरूमा क्यामेरा जडान गरेका थियौँ । पछि ती क्षेत्रहरू पनि हिउँले ढाकिए । मार्च महिनामा ती क्यामेराहरू खोज्ने प्रयास गरेँ तर मैले पाइनँ । सायद मेमोरी कार्ड भरिइसकेको होला र ब्याटरी पनि सक्किसकेको होला । हिमालहरू काम गर्नका लागि कठिन क्षेत्र हुन् । त्यहाँको भू बनोट र ठाडा भिरहरू चुनौतिपुर्ण हुन्छन् । त्यहाँ काम गर्न प्रतिबद्धता र धैर्य चाहिन्छ ।

उच्च हिमालहरूमा बसोवास गर्ने वन्य जन्तुको संरक्षण गर्न के गरिनु पर्छ ?

लोपोन्मुख प्रजातिहरूको संरक्षण गर्नु महत्वपूर्ण छ तर यसो गर्नु चुनौतिपूर्ण छ । उदाहरणका लागि हिउँ चितुवाहरू उच्च कोटीका हिंस्रक जनावर हुन् । उनीहरूले हिमालयन ब्लू सीप (नाउर) जस्ता जनावरलाई मारेर खान्छन् । नाउर आफ्नो आहारका लागि घाँसमा निर्भर हुन्छ । उच्च हिमालयमा पनि पारिस्थितिक प्रणालीहरू हुन्छन् जसमा हरेक प्रजातिले महत्वपूर्ण भूमिका निभाइरहेका हुन्छन् । यदि हिउँ चितुवाको सङ्ख्या घट बढ भएको छ भने यसलाई पारिस्थितिक प्रणालीमा असन्तुलन आएको सङ्केतका रुपमा बुझ्नु पर्छ । भावी पुस्ताले पनि त यी सुन्दर प्रजातिलाई देख्न पाउनुपर्यो । त्यसैले हामीले उनीहरूलाई संरक्षित राख्नु पर्छ ।

सबै भन्दा महत्वपूर्ण कुरा भनेको हामीले यी प्रजातिहरूलाई महत्व दिनुपर्दछ । हामीले पहिले उनीहरूको महत्व बुझ्नुपर्दछ । त्यसपछि यदि हामी तिनीहरूको संरक्षण गर्न चाहन्छौं भने तिनीहरूको आनीबानी र तिनीहरूले सामना गर्नु परेका खतराहरूको ’boutमा गहिरो रूपमा बुझ्नु जरुरी छ । यसो गर्न वैज्ञानिक अनुसन्धान बाट मात्र सम्भव छ । हिउँ चितुवाका ’boutमा हामीलाई जति धेरै थाहा हुन्छ त्यति नै हामी उनीहरूलाई के चाहिएको हो राम्ररी बुझ्न सक्छौँ र उनीहरूलाई बाँच्न मद्दत गर्ने कदमहरू चाल्न सक्छौँ ।

यो सामग्री मोङ्गाबे इण्डिया र द थर्ड पोलको सहकार्यमा तयार पारिएको हो ।

 

One comment

  1. Leslie N. Taylor |

    There is one place in this show that there is a full frontal of their faces and it is just a gorgeous photo. I would love to see if I could find one if it were possible. The Snow Leopard is a beautiful cat.

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.