बाह्र देशमा फैलिएको हिम शृङ्खलामा बस्ने गरेको लजालु जनावर हिउँ चितुवा चोरी सिकारी र यस क्षेत्रमा हुने द्वन्द्वका कारण सङ्कटमा परेको छ, तर यसको वासस्थान भएका देशहरू सहकार्य गर्दैछन् यसलाई बचाउन ।

कुनाकलाई सर्कसमा काम गराउनै लागिएको थियो जब उसलाई वनरक्षकहरूले बचाएका थिए । उसलाई इसिक कुल ताल नजिकको हिउँ चितुवा पुन:स्थापना केन्द्रमा ल्याइँदा ऊ एउटा डमरु मात्र थियो, अहिले ऊ बुढो भएको छ सानदार रूपमा ।

अल्कू एउटा अर्की हिउँ चितुवा हुन् त्यही पुन: स्थापना केन्द्रमा बस्ने । ऊ पनि डमरु अवस्थामा नै थिई जब सिकारीहरूले थापेको जालमा परि ऊ घाइते भएकी थिई । उसलाई जर्मनीमा रहेको वातावरण र जैविक संरक्षण संघ ‘नाबु’ सँग आबद्ध वन रक्षकहरूले बचाएका थिए ।

कालुत्स्कामा रहेको आश्रयस्थलमा रहेको तेस्रो हिउँ चितुवा सात वर्षको भएको छ र ऊ यही केन्द्रको चार घेरा भित्र जन्मिएको थियो ।

‘स्नो लेपर्ड’ नाम दिइएको यो केन्द्र संसारकै सबैभन्दा ठूलो हिउँ चितुवा आश्रय स्थल हो । यसको स्थापना नाबु र किर्गिज सरकारको सहकार्यमा सन् २००२ मा गरिएको थियो ।

केन्द्रमा रहेकाहिउँ चितुवाहरू तिएन सान शृङ्खलामा पर्ने एक पहाडको तल-माथि गर्न पाउँछन् । उनीहरू वास्तविक जङ्गलको नजिक पुग्ने भनेको नै यति मात्र हो ।

‘म यहाँ सन् २००९ देखि काम गर्दैछु र यी जनावरहरू प्रति मेरो विशेष लगाव छ,’ हिउँ चितुवा आश्रयस्थलको गस्ती गर्ने वन रक्षकहरूको टोली ‘ग्रुपा बार्स’ का एक सदस्य म्याक्सले बताए ।

यो केन्द्रले हिउँ चितुवा मात्र नभएर घाइते भएका लामो खुट्टा भएको ‘बजार्ड’ (एक प्रकारको सिकारी चरा) जस्ता चराचुरुङ्गीलाई पनि उनीहरू उड्न सक्ने नहुन्जेल आश्रय दिने र छोडिने गरिएको छ । तर यहाँका चितुवाहरू भने फेरि जङ्गलमा छोड्न सकिन्न । उनीहरूमा सिकार गर्ने शिपको विकास कहिल्यै हुन पाएन ।

हिउँ चितुवाहरू निकै नै गोप्य जीवन बिताउँछन् । उनीहरूलाई जङ्गलमा देख्न पनि गाह्रो हुन्छ । त्यसैले अहिलेसम्म ठ्याक्कै कति हिउँ चितुवा संसार भरका जङ्गलहरूमा छन् भन्ने कुनै यकिन तथ्याङ्क छैन । करिब ३,९०० देखि ६,३०० हिउँ चितुवा एउटा ठूलो क्षेत्र (मध्य र दक्षिण एसियाको करिब १० लाख ८० हजार वर्ग कि मी) मा बसोवास गरिरहेको अनुमान गर्ने गरिएको छ । यो अनुमान पनि १२ देशहरूबाट प्राप्त जानकारीका आधारमा तयार पारिएको हो ।

‘यो अनुमान मात्रै हो ’cause उनीहरूको सङ्ख्या गन्ने पूर्ण वैज्ञानिक तरिका भनेको क्यामेरा ‘ट्रयाप’ विछ्याएर तस्विर कैद गरेर र उनीहरूको दिसाको माध्यमबाट आनुवंशिक गुणको विश्लेषण गरेर हो,’ हिम चितुवा ट्रस्टका विज्ञान तथा संरक्षण निर्देशक चारुदत्त मिश्र भन्छन् । ‘तपाईँले अहिलेसम्म हिउँ चितुवा गरिएका अध्ययनहरू हेर्नु भयो भने देख्नु हुनेछ कि हिउँ चितुवाको बसोवास रहि आएको क्षेत्रको २ प्रतिशत पनि समेट्न सकिएको छैन । हामीलाई थाहा छैन उनीहरू कति छन् र उनीहरूको के भइरहेको छ ।’

यसो भनिरहँदा, यो मायावी जनावरको संरक्षण किन गर्ने त ? भन्ने प्रश्न उठ्न सक्छ । उनीहरूको संख्या र स्वास्थ्यले उनीहरू बस्ने गरेको उच्च पर्वतीय क्षेत्रको पारिस्थितिक पद्धतिकै (इकोसिस्टम) अवस्थाको ’bout धेरै कुरा बताउँछ । यस क्षेत्रमा एसियाकै २० ठूला नदीहरूको श्रोत रहेको छ र ती नदीहरूमा १ अर्ब ४० करोड मानिस आश्रित छन् ।

हिउँ चितुवालाई बचाउने अन्तराष्ट्रिय अभियानले चौतर्फी खतराको सामना गरिरहँदा उच्च सरकारी पदाधिकारी, वैज्ञानिकहरू र व्यापारिक क्षेत्रका नेताहरू गत महिना किर्गिजस्तानमा विश्वव्यापी हिउँ चितुवा र पारिस्थितिक पद्धति बचाऊ कार्यक्रम (जीएसएलइपी) अन्तर्गत आयोजना गरिएको हिउँ चितुवा मञ्चमा भेला भएका थिए । कार्यक्रमको उद्देश्य थियो : हिउँ चितुवा को संरक्षणमा देखा परेका खतरा र चुनौतीहरूलाई सम्बोधन गर्नु ।

‘हिउँ चितुवा किर्गिजस्तानको पर्वतीय पारिस्थितिक पद्धतिको सुस्पस्ट प्रतीक हो र यो ज्यादै सन्तुष्टिदायक कुरो हो कि विश्व समुदाय उनीहरू माथि आइ परेको खतराको विषयमा चिन्तित छ,’ किर्गिजस्तानका राष्ट्रपति अलमाजबेक अतामबाएभले सम्मेलनलाइ सम्बोधन गर्दै भने ।

‘हामीले विभिन्न देशहरूबीच अन्तरक्रिया गर्ने आधारशिला तयार पारेका छौँ र वातावरण र वित्त क्षेत्रमा काम गर्ने संस्थाहरूसँग सम्पर्क स्थापित गरेका छौँ ।’

अतामबाएभले हिउँ चितुवा पाइने १२ देशहरूमा अब देखि अप्रिल २४ अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाइने घोषणा पनि गरे, तर अहिले यो दिवस अर्कै मिति (अक्टोबर २३)मा मनाइने गरिएको छ ।

हिउँ चितुवाहरूले थुप्रै र ठूला खतराहरूको सामना गरिरहेका छन् । ती मध्ये जल वायु परिवर्तन, मानिसहरूले आफ्ना घर पालुवा जनावर मार्दा साध्ने प्रतिशोध, हिउँचितुवाको छाला र अङ्गहरूका लागि गरिने सिकार, खानीका कारण उनीहरूको वासस्थानमा हुने दोहन र जलविद्युत आयोजनाहरू जस्ता पूर्वाधारको निर्माण केही प्रमुख खतरा हुन् ।

सन् २०१०देखि हिउँ चितुवाको अवैध सिकारमा उल्लेखनीय वृद्धि देखिएको छ । वन्यजन्तुको विश्वव्यापी व्यापारमाथि निगरानी राख्ने एक गैर सरकारी संस्था ‘ट्राफिक’ का अनुसार वर्षेनी संसार भर ४५० हिउँ चितुवा मारिन्छन् । अन्तरदेशीय संरक्षणका कुरामा हुने कठिनाइ र संरक्षणका लागि अपर्याप्त कोषका कारण यो समस्या झन् विकराल बन्दै छ ।

‘हामीले गत ५ वर्षमा ४ करोड २० लाख डलर उठायौँ, अझै १५ करोड उठाउन बाँकी छ; यो गर्नु निकै गाह्रो काम हो, ’ विश्वव्यापी बाघ पहल परिषद्का प्रमुख कार्यकारी अधिकृत केशव बर्मा भन्छन् ।

जीएसएलइपी बैठकमा हिउँ चितुवा पाइने चीन, भारत, पाकिस्तान, भुटान, नेपाल, मङ्गोलिया, अफगानिस्तान र किर्गिजस्तान लगायतका २० देशहरूले जारी गरेको संयुक्त घोषणा पत्रमा सहकार्यलाई अझै बलियो बनाउने र अझ प्रतिबद्ध भएर हिम चितुवा र यसको वासस्थानलाई बचाउने कुरा उल्लेख गरिएको छ । यसो गर्नुको मूल उद्देश्य सन् २०१३ को बिस्केक सम्झौता अनुसार सन् २०२० सम्म २० क्षेत्रहरूमा हिउँ चितुवा लाई बचाउन वैज्ञानिक निगरानी बढाउन श्रोत-साधन जुटाउनु र राजनीतिक इच्छा शक्ति सुद्रिढ गर्नु हो ।

बैठकमा समुदायमा आधारित संरक्षण, एसिया भरका हिम चितुवा र तिनीहरूको वासस्थानको सर्वेक्षण र वासस्थानको व्यवस्थापन कार्यहरूको परियोजनाहरूको तालिका सन् २०१८ सम्म कार्यान्वयन जस्ता मुद्दा प्रमुख रुपमा उठेका थिए ।

देश विशेषले के गर्दै छन् ?

किर्गिस्तानमा चीन पछिको दोस्रो ठूलो हिउँ चितुवा वासस्थान भए पनि, किर्गिजस्तान विश्वव्यापी रूपमा यस जनावरको संरक्षणको केन्द्र विन्दुका बनेको छ । नेपाल भने वातावरण सुहाउँदो हिम चितुवा वासस्थान व्यवस्थापन योजना लागू गर्ने पहिलो देश हो ।

‘(नपालको) योजना अहिले हामीसँग उपलब्ध सबैभन्दा राम्रो विज्ञानमा आधारित छ,’ हिम चितुवा कोषका भारत र किर्गिजस्तान हेर्ने वरिष्ठ वैज्ञानिक यश भिर भटनागर भन्छन् ।

‘त्यहाँ रेडियो कलर लगाइसकेका ३-४ हिम चितुवाहरू छन् र उनीहरूको वासस्थानको ८० प्रतिशत संरक्षित क्षेत्र भित्र पर्दछ । यी क्षेत्रहरूमा सहभागितामा आधारित संरक्षणको लामो इतिहास रहि आएको छ ।’

रेडियो कलरबाट प्राप्त सूचनालाई हिम चितुवाले एउटा देशबाट अर्को देशमा जान कुन बाटो प्रयोग गर्छ भनेर हेर्ने नेपालको योजना छ ।

पाकिस्तान भने मानव-वन्यजन्तु द्वन्द्व घटाउन लागि परेको छ । बाल्टिस्तान संरक्षण र विकास संस्था (बिडब्लूसीडीओ) ले आफ्नो आयोजना क्षेत्रमा ५० वटा छेक बार लगाएको छ जसका कारण हिम चितुवाहरू राति मानव वस्तीमा पस्न सक्दैनन् । यसै कारण यो आयोजनाले संयुक्त राष्ट्र संघको विकास कार्यक्रमको यस वर्षको ‘इकुवेटर’ पुरस्कार जितेको हो ।

‘पुरस्कारको १५ वर्ष लामो इतिहासमा पहिलो पटक पाकिस्तानमा रहेको संस्थालाई प्रदान गर्न लागिएको छ,’ अमेरिकाको कनेक्टिकट राज्य स्थित ट्रनिटी कलेजका सह प्राध्यापक सफकत हुसेन भन्छन् ।

‘सन् १९९९ मा बीडब्लूसीडीओले बाल्टिस्तानमा रहेको एउटा गाउँमा समुदायमा आधारित पशुधन बीमा योजना सुरु गरेको थियो । अहिले बाल्टिस्तानमा यस्ता १७ आयोजनाहरू सञ्चालनमा छन् ।’

आफ्नो देशको जैविक विविधता र वनको संरक्षणमा नाम कमाएको भुटानले भुटान कोषको माध्यमबाट संरक्षणमा दिगो लगानीको नमुना प्रस्तुत गरेको छ । हिम चितुवाको वासस्थानको संरक्षणका लागि पनि यस्तै प्रकारको कोष अझै वृहत्तर क्षेत्रीय स्तरमा स्थापना गरेर अघि बढ्ने छलफल पनि अघि बढेको छ ।

भारतले भने समुदायमा आधारित संरक्षणमा ध्यान केन्द्रित गरेको छ । हेमी सिप्तीमा स्थानीयहरू वैज्ञानिकहरूसित क्यामेरा ट्र्याप बिछाउन सिक्दैछन् । उनीहरू वैज्ञानिकहरूलाई ठूलो क्षेत्रमा हिउँ चितुवामाथि निगरानी गर्न मद्दत पनि गर्दै छन् ।

यसै गरि हिउँ चितुवा को ६० प्रतिशत वासस्थान रहेको चीनले संरक्षणलाई बलियो समर्थन जनाउँदै आएको छ र उसले केही हिउँ चितुवा वासस्थान पनि पहिचान गरिसकेको छ । तर वासस्थान ठूलो क्षेत्रमा फैलिएका कारण चीनले आफ्नै व्यवस्थापन र संरक्षण योजना तयार गर्न सकेको छैन ।

‘चीनको चुनौती को हो भने उनीहरूको क्षेत्र धेरै ठूलो छ । उनीहरू भनिरहेका छन् कि उनीहरूले सर्भेक्षणहरूमा लगानी गर्नु पर्ने हुन्छ वास्तविकता कस्तो छ भनेर हेर्न,’ मिश्र भन्छन् ।

चीनमा सबैभन्दा ठूलो हिउँ चितुवा वासस्थान छ र सबै भन्दा ठूलो समस्या पनि यहीँ नै छ, चीनमा रहेका एक सोधकर्ताले दि थर्डपोल डट नेटलाई बताए ।

‘चिनियाँ सरकार बाहेक अरू कुनै पनि संरक्षणमा काम गर्ने संस्थाले राष्ट्रिय सर्भेक्षण र निगरानी गर्न पाउँदैन । हामीले सरकारलाई के गर्न सकिन्छ भनेर देखाउन केही नमुना आयोजनाहरू प्रस्तुत गर्दैछौँ,’ उनले नाम नखुलाउने सर्तमा भने ।

‘हिउँ चितुवा हरूसम्मै पुग्ने पैसा निकै कम छ र यो नै जीएसएलइपीले सामना गर्नु परेको सबै भन्दा ठूलो समस्या हो । तर सुखद समाचार के छ भने चीनले परिस्थितिक पद्धति संरक्षणलाई राष्ट्रिय नीतिमा समावेश गरेको छ । उसले आउने वर्षहरूमा यस क्षेत्रमा बढी लगानी गर्ने देखिन्छ । अबको ५ वर्षमा के हुन्छ हामीले देख्नेछौँ ।’

विश्व संरक्षण समाजको ल्हासा कार्यालयकी आयोजना सहायक जियाओजिङ बियानका अनुसार धेरै जसो अवैधानिक रूपमा किन बेच हुने हिउँ चितुवा का अङ्गहरू चीन र रुस पुग्ने गर्दछन् । त्यस मध्ये पनि चीनमा रहेका उरुमची (सिनजियाङ), लिन्जिया (निङ्जिया) सिनिङ र गोलमुड (गान्सु)मा त्यस्ता वस्तुहरू धेरै जाने गरेका छन् ।

चोरी सिकारी त छदै छ, भुस्याहा कुकुरहरू पनि हिउँ चितुवाका लागि खतरा साबित भएका छन् ।

भुस्याहा कुकुर र हिउँ चितुवा कहिले काहीँ एकै ठाउँमा हुन सक्छन् र उस्तै आहार भएको कारण उनीहरूबीच ठूलै झगडा हुने गर्दछ ।

जियाओजिङ बियानका अनुसार अर्को सकारात्मक कुरा के हो भने धर्मले पनि चीनमा हिउँ चितुवा को संरक्षणमा भूमिका खेल्न सक्छ । हिउँ चितुवा को धेरै जसो वासस्थान रहेको क्षेत्रमा तिब्बती बौद्ध धर्म मान्नेहरू र मुसलमान समुदायका मानिसहरूको समुदाय बस्ने गर्दछन् । यस्ता ठाउँहरूमा जनावरहरू बचाउनु पर्छ भनेर जनतालाई शिक्षित गराउन पनि सजिलो हुने गरेको पाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.