पानी जमेर हिउँ अथवा बरफको रुपमा रहेको पृथ्वीको सतहलाई क्रायोस्फियर भनिन्छ । क्रायोस्फियरमा देखिने परिवर्तन नै जलवायु परिवर्तनको सबैभन्दा छिटो देखिने र प्रष्ट सूचक हुन् । तर चीनमा भएको एक नयाँ अध्ययनले हिमनदीहरू’bout हाम्रो बुझाइ अझै अस्पष्ट रहेको देखाएको छ ।

हाइड्रोलोजी एण्ड वाटर रिसोर्स इन्स्टिच्युट र चिङ्गुवा विश्वविद्यालयको रिमोट सेन्सीङ ल्याबका विशेष शोधकर्ता लङ दीले ब्रम्हपुत्र नदीको मुहानका हिमनदीहरूमा भैरहेको परिवर्तनलाई नयाँ विधिले विश्लेषण गरि ‘वाटर रिसोर्सेस रिसर्च‘ मा एक कार्यपत्र प्रकाशित गरेका छन् । कार्यपत्रले यी हिमनदीहरूमा औसतमा २.४ घन किलोमिटर बरफ प्रति वर्ष क्षय भएको उल्लेख गरेको छ । यो परिमाण वैज्ञानिकहरूले पहिले अनुमान गरेभन्दा तीन गुणा कम हो । ‘हिमनदीहरू खुम्चिँदैछन् भन्ने कुरामा त कुनै शङ्का छैन, तर जुन दरमा खुम्चिँदैछन् भनी अनुमान गरिएको थियो त्यो वास्तविकता भन्दा धेरै थियो,’ लङ दीले भने ।

हिमनदीहरूको पूनर्मूल्याङ्कन

हिमनदीहरूको अध्ययनमा प्रयोग भएका हाइड्रोलोजीका पुराना मोडलहरूमा धेरै कमजोरी रहेको लङ दीले चाइना डायलगलाई बताए । यस्ता मोडलहरूले पानीले ढाकिएका क्षेत्रमा हुने हाइड्रोलोजीका प्रक्रियाहरूलाई सही ढङ्गले उतार्न सकेपनि बरफ र हिउँले ढाकिएको क्षेत्र अर्थात् क्रायोस्फियरमा प्रक्रिया अलिक जटिल हुन्छ ’cause यहाँ हिमनदीहरू, हिउँ वा बरफ र यसको पग्लाइ विभिन्न तरिकाले अन्तर्सम्बन्धित हुन्छन् र यसको हिसाब फरक तरिकाले निकाल्नुपर्छ । त्यसैगरि हिमनदीहरूले ओगट्ने क्षेत्र विशाल हुन्छ तर सेन्सिङ डाटाले साना साना खण्डहरूको मात्र तथ्याङ्क दिन्छ ।

पुरानो मोडलको कमजोरी सुधार्दै लङ दी र उनको टोलीले भूउपग्रहको डाटा प्रयोग गर्ने दुइ चरणको क्यालिब्रेशन प्रक्रियाको विकास गरे । उनीहरूले ग्र्याभिटी रिकभरी एण्ड क्लाइमेट एक्सपेरिमेण्ट – GRACE (Gravity Recovery And Climate Experiment) भनिने भूउपग्रहको तथ्याङ्क र अप्टिकल तथा माइक्रोवेभ सेन्सिङ डाटा मिश्रण गरेर बरफ र हिउँको गुणस्तर, यसले ढाकेको क्षेत्रफल र गहिराइको हिसाब निकाले । हिमनदीको बहावक्षेत्रबाट बग्ने पानीसम्बन्धी डाटासमेत समावेश गरेपछि उनीहरूले हिमनदीको आकार, हिमसङ्कलन र पग्लाइका मिहिन तथ्याङ्क केलाउन हाइड्रोलोजीका मोडलहरू क्यालिब्रेट गरे । यसले बरफ र हिउँको मात्रामा आएको घटबढ थप मिहिन ढङ्गले विश्लेषण गरी अभिलेख गर्न सहयोग पुर्यायो ।

 

ब्रम्हपुत्र नदीको स्रोतबाट विभिन्न विधि अपनाइ प्राप्त गरिएको हिमनदी परिवर्तनको प्रवृत्ती । पहेँलो र निलो रेखाहरूले पहिलेको विधि अपनाइ लिइएको प्रवृत्ती देखाउँछ जसले नयाँ विधिबाट प्राप्त तथ्याङ्कभन्दा तीन गुणा बढीले हिमनदी क्षय भैरहेको देखाउँछ । स्रोतः Chen, X., D. Long, Y. Hong, C. Zeng, and D. Yan (2017), Improved modelling of snow and glacier melting by a progressive two-stage calibration strategy with GRACE and multisource data, Water Resources Research

खासगरि, ग्रेस भूउपग्रहको प्रयोगले अध्ययनको लागि उपलब्ध डाटाको गुणस्तरमा सुधार ल्यायो । हिमनदीमा भएको हिउँको मात्रा घट्दा यसको गुरुत्वाकर्षण बल पनि घट्ने गर्छ । यो गुरुत्वाकर्षणबलमा आउने गिरावटलाई भूउपग्रहले मापन गर्छ जसले गर्दा हिमनदीमा भएको हिउँ र बरफको मात्रामा भएको घटबढ अझै मिहिन ढङ्गले हिसाब गर्न सकिन्छ ।

चिन्ताजनक विषय

यस अध्ययनमा समावेश गरिएको ब्रम्हपुत्रको स्रोत चिङ्घाइ–तिब्बती पठार अन्तर्राष्ट्रिय रुपमै महत्त्वपूर्ण पानीको स्रोत हो । येल्लो नदी र याङ्सी जस्ता चीनतर्फ बग्ने थुप्रै नदीहरूको स्रोत पनि यही क्षेत्र हो । त्यसैगरि मेकङ्, साल्वीन र ब्रम्हपुत्रको स्रोत पनि यही हो जुन नदीहरू म्यान्मार, बङ्लादेश, लाओस, थाइल्याण्ड, क्याम्बोडिया र भियतनाम हुँदै बग्छन् र झण्डै एक अर्ब मानिसलाई पानी प्रदान गर्छन् ।

यो अध्ययनले हिमनदीहरूमा वार्षिक २.४ घनकिलोमिटर बरफ क्षय भैरहेको उजागर गरेको छ जसको मतलब अध्ययन गरिएको क्षेत्रमा सन् २००३ देखि सन् २०१४ सम्ममा २८.८ अर्ब घन मिटर बरफ घटेको छ ।

यो परिमाण पहिले अनुमान गरिएको भन्दा एक–तिहाइ मात्रै भएतापनि चिन्ताजनक नै हो । उदाहरणको लागि, संसारकै ठुलो जलाशय थ्री गोर्जेज ड्याममा २२.२ अर्ब घन मिटर पानी संचित छ । यसको मतलब सन् २००३ यता हिमनदीहरूबाट थ्री गोर्जेज जलाशयमा अट्ने बराबर पानीको संचिती घटिसकेको छ ।

फेङ हाओ चाइना डायलगका शोधकर्ता हुन् । यो लेख पहिलोचोटि चाइना डायलगमा प्रकाशित भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.