पछिल्ला वर्षहरूमा अमेरिका र चीनले जलवायु परिवर्तनमा महत्त्वपूर्ण साझेदारी गर्दै आएको भएपनि हालसालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सि जिनपिङ्को भेटमा जलवायु परिवर्तनको विषयलाई पाखा लगाउँदै व्यापारराष्ट्रिय सुरक्षाको विषयमा मात्र छलफल भयो ।

भूमिका साटासाट

पछिल्ला वर्षहरूमा दुवै देशको जलवायु परिवर्तनसम्बन्धी अडानमा परिवर्तन आएको देखिन्छ । ट्रम्पले यो विषयलाई कम महत्त्व दिन थालेपछि चिनीयाहरूले ट्रम्प प्रशासनलाई जलवायु परिवर्तनको मामलामा दबाब दिन पश्चिमी राष्ट्रहरूलाई आग्रह गर्न थालेका छन् । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाको जलवायु नीतिहरू खारेज गर्न थालेका छन् । अघिल्लो महिना उनले वातावरण संरक्षण विभागलाई ओबामाको स्वच्छ उर्जा योजना पुनर्लेखन गर्न, कोइलाबाट सञ्चालित हुने नयाँ विद्युत गृहहरूको लागि उत्सर्जन मापदण्ड पुनर्लेखन गर्न र मिथेन उत्सर्जन मापदण्ड खारेज गर्न कार्यकारी आदेश दिए । त्यसैगरि कार्बनको सामाजिक मूल्य हिसाब गर्न, संघीय जमीनमा कोइला खानी सञ्चालनमा विद्यमान प्रतिबन्ध फुकुवा गर्न र राष्ट्रिय नीतिको अन्य क्षेत्रमा पनि जलवायु परिवर्तनलाई ध्यान नदिन निर्देशन दिए ।

अर्कोतिर चीनले भने विश्वभरको जलवायु परिवर्तनसग लड्ने आफ्नो प्रयासमा नयाँ साझेदारहरू खोजिरहेको छ । राष्ट्रपति सीले पेरिस सम्झौताको पक्षमा उभिँदै कुनै पनि हालतमा यो सम्झौतामा विचलन आउन नहुने ट्रम्प प्रशासनलाई घुमाउरो भाषामा चेतावनी दिएका छन् । चिनिया अधिकारीहरूले राष्ट्रपति ट्रम्पको भर्त्सना गर्न र अमेरिकीहरूलाई रिपब्लिक पार्टीको जलवायु कुटनीतिमा उनीहरूको ऐतिहासिक नेतृत्त्व’bout सम्झाउन आम संचार माध्यमको प्रयोग गरिरहेका छन् ।

यो भूमिकाको परिवर्तन बुझ्न र यस’bout बोल्न पत्रकार र राजनीतिक टिप्पणीकारहरूले पनि छुटाएका छैनन् । ‘ट्रम्पले जलवायु परिवर्नसम्बन्धी नीतिहरू खारेज गर्न थालेपछि चीनले यसको नेतृत्त्व लिन थालेको हो,’ हालै न्यू योर्क टाइम्सले लेखेको थियो । त्यसैगरि सिएनएनले प्रश्न उठायो, ‘के चीनले जलवायु परिवर्तनसम्बन्धी अमेरिकाले गर्न छोडेका कुराहरू गर्न सक्ला?’ चिनियाहरूका अनुसार यसको उत्तर ‘हुँदैन’ । ट्रम्प प्रशासनको रवैयालाई ‘स्वार्थी’ भन्दै एक चिनिया सरकारी पत्रिकाले हालसालै भनेको छ, ‘ जतिसूकै प्रयास गरेपनि वाशिङ्टनले लिन इन्कार गरेका सबै जिम्मेवारी बेजिङले लिन सक्दैन ।’

कथनी र करनी

यी वक्तव्यहरू, एक हिसाबले, आफूबाट हुनसक्ने अपेक्षा कम गर्न बेजिङ्ले नम्र र घुमाउरो भाषामा गरेको विषयान्तरको प्रयास पनि हो । यद्यपि चीनले जलवायुको विषयमा भूमण्डलीय नेतृत्त्व लिन आनाकानी गर्नुले यी दुई प्रकारको नेतृत्त्वको भिन्नता देखाउँछः कुरामा मात्रै नेतृत्त्व गर्ने कुटनीतिक नेतृत्त्व र गरेर देखाउने वास्तविक नेतृत्त्व

ओबामाले आफ्नो दुई वर्षे कार्यकालमा होशियारीपूर्वक विकास गरेको जलवायुको कुटनीतिक नेतृत्त्व ट्रम्प प्रशासनले पूरै छोडिसकेको छ । ओबामा प्रशासनले जलवायु परिवर्तनसँग जुध्ने विश्वव्यापी अभियानलाई टेवा दिन चीन र अन्य देशसँग मिलेर काम गरेको थियो भने नयाँ सरकारले आफ्नै देशमा जलवायु परिवर्तन रोक्नका लागि भएका विभिन्न स्थानीय प्रयासहरूलाई समेत रोक्न कुटनीतिक लगायत सबै प्रयास गर्ने सङ्कल्प गरेको छ । हालसालैको कार्यकारी आदेशले ट्रम्प प्रशासनले अमेरिकाको जलवायुसम्बन्धी वास्तविक नेतृत्त्व पनि छोड्न चाहेको देखाएको छ ।

यद्यपि अमेरिका एक विशाल पानी जहाज जस्तो हो जुन विस्तारै आफ्नै गति र दिशामा अघि बढ्छ । यसको गति र दिशा सजिलै परिवर्तन गर्न सकिँदैन । विशिष्ट संघीय व्यवस्थाको कारण देशभित्रैका कतिपय विषयमा समेत राष्ट्रपतिको सिमित शक्ति हुन्छ जुन धेरै मानिसलाई थाहा छैन ।

जस्तै, ट्रम्पले केन्द्रमा ओबामाले लागू गर्न खोजेको सवारी साधन इन्धन मापदण्ड खारेज गर्दैगर्दा पश्चिम तटीय राज्य क्यालिफोर्नियाले भने सवारी साधनले फाल्ने धुँवासम्बन्धी देशकै सबैभन्दा कडा मापदण्ड लागू गरेको छ । त्यसैगरि कार्बनको लागि संघीय तहमा सीमा कायम हुने तत्काल कुनै आशा नभए पनि हरित गृहको उत्सर्जन घटाउने बजार–आधारित कार्यक्रम, रिजनल ग्रिनहाउस इनिशियटिभ, पूर्वोत्तरका नौ राज्यमा विस्तार भएको छ । अमेरिकाका पचास राज्यमध्ये सैँतीसओटाको कुनै न कुनै किसिमको पुर्ननविकरणीय उर्जा वा पोर्टफोलियो स्ट्याण्डर्ड छ

यी राजनीतिक र कानूनी वास्तविकताका अतिरिक्त भूमण्डलीय आर्थिक प्रवृत्तीले अमेरिकामा स्वच्छ उर्जाको लागि सहयोग नै पुर्याउँछन् । उर्जा क्षेत्रमा उपलब्ध नयाँ रोजगारीका अवसरमध्ये अधिकांश त नविकरणीय उर्जा उत्पादनमै रहेको छ । वास्तवमा तेल, कोइला र ग्यास उद्योगमा यान्त्रीकरण बढेकाले यी तीन उद्योगले प्रदान गर्ने कूल रोजगारीभन्दा सौर्य उर्जाले बढी मानिसलाई रोजगारी दिन्छ । यस्तो प्रवृत्तीलाई स्वीकार नगरेर राष्ट्रपति ट्रम्पले यसको विकासमा अवरोध सिर्जना गरे पनि राष्ट्रपति ओबामाले साइन्स पत्रिकामा लेखे बमोजिम अहिलेको अवस्थामा कुनै पनि राष्ट्रपतिले स्वच्छ उर्जाको गतिलाई रोक्न सक्दैन ।

चीनले गफ मात्रै नगरेर जलवायुको नेतृत्त्वमा अगुवाइ लिँदै संसारभर नविकरणीय उर्जाको विस्तारमा सघाउ पुर्याइरहेको छ । यो वर्ष चीनले राष्ट्रिय कार्बन बजारको स्थापना गर्दैछ । संसारकै ठुलो यो कार्बन बजारमा वर्षभरिमा तीन देखि पाँच अर्ब टनसम्म कार्बनको कारोबार हुनेछ । त्यसैगरि सन् २०२० सम्ममा चीनले नविकरणीय उर्जामा अमेरिकी डलर ३६१ अर्ब (झण्डै नेरु ३ नील ६१ खर्ब) लगानी गर्ने योजना बनाएको छ । चीनमा एक दलीय व्यवस्था भएकाले यस्ता नीतिहरूमा राजनीतिक कारणले तलमाथि हुने सम्भावना हुँदैन ।

जलवायु नेतृत्त्वमा भएका यस्ता कामले चीन अमेरिकाभन्दा सात भाग कम प्रति व्यक्ति आय भएको मध्यमआयस्तरको विकाशशील देश हो भन्ने कुरा झुटो सावित गर्छन् । ‘अझै लामो समयसम्म चीन संसारको सबैभन्दा ठुलो विकाशशील राष्ट्र रहनेछ,’ हालसालै राज्य प्रायोजित एक सम्पादकीयमा लेखिएको थियो । ‘पश्चिमी शक्ति केन्द्रहरूको लागि यसले आफ्नै विकासको दायरा खुम्च्याउने अपेक्षा गर्न सकिँदैन? ‘

यो भनाइमा अलिकति चलाखीपूर्ण अभिव्यक्ति त छ तर वास्तविकताको गुदी पनि यसैमा छ । नविकरणीय उर्जामा ठुलो लगानी गरिरहे पनि चीनले अझै पनि कोइलामा लगानी गरी निर्यात गर्दै आइरहेको छ । आगामी पाँच वर्षभित्रमा कोइलाबाट निकालिने विजुलीको मात्रा १९ प्रतिशतले बढ्ने आशा गरिएको छ र सन् २०२० सम्ममा राष्ट्रिय उर्जा उपभोगमा नविकरणीय उर्जाको हिस्सा १५ प्रतिशतको मात्रै रहनेछ ।सरकारसँग वायु सफा गर्ने योजना त छ तर आज चीनमा संसारकै सबैभन्दा प्रदुषित हावा छ । चीनमा पाँच मध्ये एकजनाको मृत्यु प्रदुषित हावाको कारणले हुने गरेको बताइएको छ । यस्तो पृष्ठभूमिमा चीनले नेतृत्त्व लिन सक्ला त ? पछाडीबाट नेतृत्त्व गर्नु चीनको लागि पूरै नयाँ क्षेत्र हुनेछ र हालसम्म नरम अन्तर्राष्ट्रिय कुटनीतिको अभ्यास गरिरहेको चीनको लागि यो शैली विरोधाषपूर्ण पनि हुनसक्छ ।

चीनको द्विविधा नै त्यही होः द्रुत गतिमा दिगो विकास जारी राख्दा राख्दै जलवायु नेतृत्त्वमा देखिएको शुन्यताको पनि पूर्ती गर्नुपर्ने आवश्यकता । यो तनावले चीनको जलवायु नेतृत्त्वको क्षमतालाई सीमित गरिदिन्छ । ‘जलवायुको कुरा गर्दा चीन अन्य देशलाई सँगै मिलाएर लान सक्ने देश होइन,’ बेजिङमा रहेको ग्रिनपिसकी एक वरिष्ठ सदस्य लाउरी मिलिभिर्टाले भनिन् ।

सत्य त के हो भने, अमेरिका पछि हटेपछि बनेको नेतृत्त्वको खाडल कुनै पनि देश वा देशहरूको समूहले भर्न सक्दैन । चीनले आफैँले व्यवहारिक रुपमा काम गर्न सक्ने क्षेत्रमा मात्र नेतृत्त्व लिन्छ – उदाहरणको लागि नविकरणीय उर्जामा लगानी ।

भलै राष्ट्रपतिद्वय ट्रम्प र सी ले फ्लोरिडाको पाम बीचमा भएको छलफलमा जलवायु परिवर्तनको कुरा गरेनन् होला तर समुद्री सतह बढ्दै गएको आजको युगमा दुवै देशका तटहरूमा समुद्री छालहरूले हान्दै गर्दा देशभित्रका निकायहरू, गैरसरकारी समूहहरू तथा नयाँ–नयाँ व्यवसायहरूले सुद्दृढ जलवायु भविष्यको लागि अगाडि बढ्ने नै छन् । कुरा यति मात्र हो कि अमेरिकाको नेतृत्त्व कुनै अग्रगामी प्रशासनको हातमा नपुगुन्जेल यो विकेन्द्रित नेतृत्त्व टिक्न सक्नु पर्यो ।

एन्जेल सु,यल विश्विध्यालयको वन तथा वातावरण विद्यालयमा शोध वैज्ञानिक तथा लेक्चरर हुनुहुन्छ । उहाँ वातावरण कानून तथा नीतिका लागि येल केन्द्रमा रहेको वातावरण प्रदर्शन मापन कार्यक्रमको निर्देशन गर्नुहुन्छ ।

कार्लीन रोजेनगार्टेन यलमा डाटा–ड्रिभेन शोधकर्ता हुनुहुन्छ ।

यो लेख पहिलोचोटि chinadialogue मा प्रकाशित भएको हो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.