चीन र भारतबाट उत्सर्जित प्रदुषकको परिमाण त बढेको छ नै, दक्षिण भारतको मनसुन प्रणालीले गर्दा यो वायुमण्डलको माथिल्लो तहसम्म पनि पुगिरहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यही प्रदुषणको असरले दक्षिण एशियाको मनसुनी चक्रलाई समेत प्रभाव पारिरहेको छ। कोइला र पेट्रोलियम पदार्थजन्य इन्धन लगायत केही हदसम्म जैविक पदार्थ बाल्दा निस्कने प्रदुषकहरूले सुर्यको किरणबाट ताप सोस्छन् जसले गर्दा भूमन्डलीय उष्णीकरण बढ्न जान्छ।

नोभेम्बर महिनामा क्लाइमेट डाइनामिक्स् नामक एक जर्नलमा प्रकाशित शोधपत्रको निश्कर्ष छ कि प्रदुषक वायुकणहरूले क्षेत्रीय मनसुनी वर्षा र यसको चक्रमा दर्हो प्रभाव पार्ने गर्छन्। हिमालीतलको जटील र भिरालो भूबनोटले अरबी सागरभन्दा परको अरबी मरुभूमीबाट आउने मनसुनी वायुले ल्याउने प्रदुषकको बाक्लो तह बनाउन सघाउ पुर्याउने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यिनै वायुकणको सञ्चितीले मनसुन वर्षा चाँडै सुरु हुन थालेको छ ।
अध्ययनका यी निश्कर्ष जलवायु परिवर्तनको लागि मात्र नभइ एशियामा मनसुनको पुर्वानुमान गर्न पनि महत्त्वपूर्ण हुनसक्छन् । मेरिल्याण्ड विश्वविद्यालय, भूविज्ञान अन्तरसंकाय केन्द्रका वैज्ञानिक विलियम लाउ नेतृत्त्वको टोलीले सन् २००८ को भारतको असामान्य मनसुनको अध्ययन गरेको थियो। शोधपत्रका अनुसार त्यस वर्ष “अरबी सागर तथा उत्तर भारतीय आकाशमा धुलोका कणहरू अत्याधिक पाइयो, भारत भर लगभग सामान्य वर्षा भयो, तर उत्तरी भारतको हिमालीतलमा अतिवृष्टी हुनुका साथै विध्वंशकारी बाढी आयो, र मध्य र दक्षिण भारतमा लामो खडेरी पर्यो ।”

वैज्ञानिकहरूले नासाको नमूना प्रयोग गरेर ‘वृहत मनसुन चक्रमा प्रदुषक वायुकणहरूले कसरी महत्त्वपूर्ण भूमिका खेल्छन्’ भन्ने प्रदर्शन गरेका हुन्। यसले गर्दा पृथ्वीमण्डलभन्दा माथि, वायुमण्डलको दोस्रो तह, समतापमण्डलमा (स्ट्र्याटोस्फेअर)को उत्तरी र दक्षिणी भागको तापमानमा ठूलो भिन्नता आयो, मनसुनको भारी वर्षा उत्तरतिर सर्यो र मनसुन एक देखि पाँच दिनसम्म अघि सर्यो ।

समतापमण्डलीय प्रदुषण (Stratospheric pollution)
यसैबीच अन्य वैज्ञानिकहरूले प्रदुषणकारी वायुकणहरू समतापमण्डलको १८ किलोमिटरसम्मको उचाइमा पुगेको पनि पत्ता लगाएका छन्। समतापमण्डल पृथ्वीमण्डलभन्दा ठीक माथिको तह हो जसमा वायुमण्डलमा हुने ओजोनको सबैभन्दा बढी हिस्सा रहने गर्दछ । सन् २००६ मा प्रक्षेपण गरिएको फ्रेन्च–अमरिकी संयुक्त भूउपग्रह, CALIPSO, ले वायुमण्डलमा हुने गरेको एक अनौठो प्रक्रियाको अवलोकन गर्यो जुन प्रक्रियाले वायुकण मिश्रित हावालाई हिमालभन्दा माथि १५–१८ किलोमिटरको उचाइमा वायुमण्डलको माथिल्लो तह (समतापमण्डल, ०–१६ किलोमिटर) र तल्लो तह (पृथ्वीमण्डल, १६–५० किलोमिटर)लाई छुट्याइ सीमाघेरा बनाउने तहसम्म पुर्याउँछ । यस क्षेत्रलाई एशियन ट्रोपोपज एरोसोल लेयर (ATAL) अर्थात् एशियाली पृथ्वीमण्डलको साँधमा रहेको वायुकणको तह भनिन्छ ।
तातो हावा र प्रदुषण हिमालयमाथि गैरहेको छ भन्ने कुरा पहिलोपटक वैज्ञानिक लाउ नेतृत्त्वको टोलीले सन् २००६ मा अघि सारेको थियो। मार्चदेखि मे महिनासम्मको मनसुनपूर्वको समयमा उत्तरी भारतको धुवाँ र पश्चिम चीन, अफ्गानिस्तान र पाकिस्तानका मरुभूमिको धुलो गङ्गा नदी घाँटीको हिमालीतलमा जम्मा हुने कुरा लाउले बताएका थियो । वायुकणहरुले ताप शोस्ने हुँदा वरिपरिको हावा तात्छ र तातो हावा हिमालयभन्दा माथि, १०–१५ किलोमिटरसम्मको उचाइसम्म, पुग्छ । यसरी तातो हावा माथि जाँदा तलको सतह खाली भइ चाप कम हुने हुँदा यहाँ हिन्द महासागरको वायुको वेग आउन थाल्छ जसले गर्दा मनसुन सुरु हुन्छ ।
लाउको अध्ययनसँगसँगै, सन् २००९ मा नासाको ल्याङ्ले रिसर्च सेन्टर, भर्जिनियाको जँ पल भर्निअर नेतृत्वको टोलीले पृथ्वी सतहभन्दा १३ देखि १८ किलोमिटरको उचाइमा भूमध्यसागर देखि उत्तरी भारत र पश्चिम चीनसम्म फैलिएको वायुकणको बाक्लो तह फेला पारेको थियो ।
सन् २०१५ मा, भेर्निअरको टोलीले वायुकणको परिमाण सन् १९९६मा भूपउपग्रह अवलोकनमा पहिलोचोटी देखिएको भन्दा तीन गुणाले बढी पाएको थियो । चिनीया, स्वीश र स्वीडिश वैज्ञानिकहरू रहेको उनको टोलीको अध्ययन प्रतिवेदन जर्नल अफ जियोफिजिकल रिसर्चमा प्रकाशित भएको थियो ।
नासा टोलीले भारतको न्याशनल एरोनटिकल रिसर्च ल्याबोरट्री, तिरुपतिसँग मिलेर भारत र साउदी अरबको आकाशमा तीन वर्षसम्म उडाइएका ३० बलुनबाट सङ्कलित तथ्याङ्क प्रयोग गरि भूपउपग्रहबाट प्राप्त उक्त तथ्याङ्कको पुष्टी गरेको छ।

यस अध्ययनमा सँलग्न बनारस हिन्दु विश्वविद्यालयका अभय सिंह भन्छन्, यसबाट आएका नतिजाले एशियाली आकाशको १५ देखि १८ किलोमिटर उचाइको तहमा विगत केही वर्षमा वायुकणहरूको तीव्र वृद्धि भएको पुष्टी गर्दछ । “यसले उत्तरी भारत र पश्चिम चीनको प्रदुषणले गर्दा ATAL (वायुकणको तह जमेको) भैरहेको हुनसक्ने पुष्टी गर्छ, उदाहरणको लागि उर्जा प्लाण्टहरूबाट निस्किएको सल्फर डाइअक्साइड सजिलै समतापमण्डलको तल्लो तहमा पुगी वायुकणको तह बनाउन सक्छ । आफ्नो प्रारम्भिक प्रतिवेदनको व्याख्या गर्दै भर्निअर भन्छन्, “मनसुनमा आउने ठुला आँधीबेरीले हावालाई जमीनबाट उठाएर माथिसम्म पुर्याउन सक्ने हुँदा यससँगै प्रदुषकहरू पनि माथिल्लो उचाइमा पुग्न सक्छन् ।”
उनले थपे, “मेरो विचारमा प्रदुषित हावालाई माथिल्लो वायुमण्डलमा लाने मुख्य साधन मनसुनको आँधीबेहेरी हो जसले तिब्बती पठारको मात्र नभइ उत्तरी भारत र पश्चिमी चीनको प्रदुषणलाई समेत आकाशमा लान्छ ।”

भुमण्डलीय प्रभाव
यसैबीच, सन् २०१६को अगष्ट महिनामा चीनमा आयोजित तिब्बती पठारमा जमीन सतह अन्तर्क्रिया सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यशालामा प्रस्तुत गरिएको लाउको पछिल्लो अध्ययनले थप नतिजाहरू देखाएका छन् । लाउले भने, “सतहमा देखिने प्रदुषकबाट बन्ने वायुकणको प्रभाव स्थानीय स्वास्थ्य र वातावरण र स्थानीय जलवायु परिवर्तनमा मात्र पर्ने नभइ, भूमण्डलीय जलवायु परिवर्तनमा पनि पर्ने गर्छ ’cause विकीरणहरूको माध्यमले यस्तो प्रभाव विश्वभरि नै फैलन सक्छ । यस्ता विकीरणहरूको प्रभाव खासगरि पृथ्वीमण्डलको माथिल्लो भाग र समतापमण्डलको तल्लो भागमा पर्छ ।”
यसले के सिद्ध गर्छ भने प्रदुषणको प्रभाव स्थानीय तहमा मात्र सिमित रहँदैन । यसले मनसुनको चक्रमा मात्र प्रभाव पार्दैन कि भूमण्डलीय उष्णीकरण पनि बढाउँछ ।त्यति उचाइमा पुगिसकेपछि प्रदुषकहरू वायुमण्डलमा संसारभर फैलन सक्छन् र हामीलाई परावैजनी कीरणबाट बचाउने ओजोन तह पनि नष्ट गर्न सक्छन् । यसले छालाको क्यान्सर र मोतिबिन्दु गराउन सक्छ । साथै मानिसहरूमा रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँछ र वालीनाली उत्पादनमा कमी आउँछ। वैज्ञानिकहरू प्रदुषक वायुकणहरू उच्च तहमा पुग्दा हुनसक्ने अन्य असरहरूको खोजी गर्दैछन् । उनीहरूलाई लाग्छ यसले बादल बन्ने प्रक्रिया र मौसम पद्धतिमा पनि असर पुग्छ ।

टि भि पद्म दील्लीका विकाससँग सम्बन्धित विज्ञान नीति तथा खोजमा विशेष रुची भएका विज्ञान पत्रकार हुन्

2 comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.