चीनले सन् २०१७ देखि लागू हुने गरि वन्यजन्तु संरक्षण कानुन संशोधन गरेको छ । गत जुलाइ महिनाको २ तारिखमा पारित उक्त कानुनले बाघलाई आरक्षित वन्यजन्तुभन्दा पनि उपभोग्य वस्तुको रुपमा स्थापित गरिदिने, अभियन्ताहरूले बताएका छन् ।

विश्वभरिका जंगलमा बाघको संख्या घटिरहेका बेला चीनले यसको उपभोग्य माग बढाउने नभइ रोक्नेतर्फ ध्यान दिनुपर्नेमा नयाँ ऐनले उल्टो दिशातर्फ लगेको उनीहरूको भनाइ छ । सन् १९८९मा लागू भएको वन्यजन्तु संरक्षण ऐन चिनिया संसद, राष्ट्रिय जनकाँग्रेसले तीन वर्ष लगाएर संशोधन गरेको हो । यो अवधिभर बाघजस्ता खतराको सूचीमा रहेका वन्यजन्तुको व्यवसायिक प्रजनन् गरेर तीनका अङ्गहरूको किनबेच गर्ने कि नगर्ने भन्ने विषयमा सधैँ धेरै विवाद रहँदै आएको छ ।

चिनिया सरकारको लागि बाघको व्यवसायिक प्रजनन र व्यापारमा प्रतिबन्ध लगाइ यसको आरक्षणमा काम गर्ने यो राम्रो मौका थियो । तर संशोधित ऐन विपरित तथा खतरनाक दिशातर्फ जाँदैछ ।

वन्यजन्तु संरक्षण कानुनको परिच्छेद ३ ले बाघलगायतका संरक्षित प्रजातीहरूको व्यवसायिक प्रजनन्, किनबेच, प्रदर्शन, र अन्य विशेष प्रयोजनको लागि यस्ता जनावरको अङ्ग वा उत्पादनको उपभोग्य प्रयोगको अनुमति दिने अधिकार प्रादेशिक सरकारलाई दिएको छ । हालसम्म यो काम केन्द्रीय सरकारी निकायहरूले गर्दै आएका थिए ।

व्यवसायिक प्रजनन् गरिएका बाघको छाला व्यापार गर्ने लाइसेन्ससमेत प्रदान गर्ने यो प्रक्रियालाई इ.आइ.ए.ले बाघका अङ्गहरूको अवैध तस्करीलाई वैधानिकता प्रदान गर्ने संयन्त्र भनी आलोचना गरेको छ । यस्तो व्यापार अनुगमन गर्ने स्रोतसाधन आफूसँग नभएको केन्द्रीय सरकारी निकायले स्वीकारेको छ । संशोधित वन्यजन्तु कानुनले बाघका अङ्गहरूको घरेलु व्यापार थप अपारदर्शी बनाउने छ ।

कतिपय प्रादेशिक सरकारहरूले राज्य परिषदले बाघको हड्डीको प्रयोगमा लगाएको प्रतिबन्धलाई बेवास्ता गर्दै मदिरा उत्पादनमा बाघका अङ्ग प्रयोग गर्न दिने तयारी गर्न थालेको, इ.आइ.ए.को अनुसन्धानले देखाएको छ ।

संशोधित कानुनमा व्यवसायिक रुपमा पालिएका संरक्षित वन्यजन्तुको उपयोग र किनबेचमा फास्ट–ट्रयाकको प्रावधान रहेको छ । सो प्रावधानमा बाघ पर्छ कि पर्दैन अहिले नै प्रष्ट छैन, तर यदि पर्ने हो भने ऐनको दफा २८ अनुसार घरपालुवा बाघलाई उच्च तहको संरक्षण प्राप्त हुनेछैन; ‘‘विशेष लेबल’’ लगाएर वार्षिक निश्चित कोटाका जिउँदा बाघ, यीनका अङ्ग र उत्पादन सजिलै बेच्न सकिन्छ । चीनमा हस्ती हाडको व्यापारको लागि यस्तै एउटा प्रणाली छ, जसले हस्ती हाडको तस्करीलाई संरक्षण प्रदान गरेको भनी अध्ययनहरूले देखाएका छन् ।

लोपोन्मुख प्रजातीहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी अभिसन्धी (साइटीस)का पक्ष राष्ट्रहरूले सन् २००७मा ‘‘व्यापारको लागि बाघ पालिनु हुँदैन’’ भन्ने निर्णय गर्यो । वन्यजन्तु ऐन संशोधनमा बाघ पालनको विरोध गरेका कतिपय वरिष्ठ चिनिया सांसदहरूले यो साइटीस निर्णयको समर्थन गरेका थिए । कानुन व्यवसायी, जीवशास्त्री, अभियन्ता र धेरै सर्वसाधारणसहित चिनिया नागरिक समाजका सदस्यहरूले पनि आरक्षणभन्दा व्यपारलाई महत्व दिने वन्यजन्तु संरक्षण कानुनको दर्हो विरोध गरेका छन् ।

यद्यपि, घरपालुवा बाघको हड्डी प्रयोगको खुलेर समर्थन गर्नेहरू अझै पनि प्रशस्त छन् । वन्यजन्तु संरक्षण कानुन संशोधनको निष्कर्श प्रकाश पार्न आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जनकाँग्रेसका एक अधिकारीले भने, ‘‘खानको लागि बाघ पाल्नु हुँदैन, तर पालेका बाघ मरेपछि यसको हड्डी प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने ’bout समाजले छलफल गर्नुपर्छ ।’’ उपभोक्ताहरूले भने घरपालुवा बाघको सट्टा जङ्गली बाघको उत्पादन रुचाउने सर्वेक्षणहरूले देखाएका छन् । यसले गर्दा यस्तो प्रावधान भयानक हुनेछ ’cause कुनै पनि जङ्गली बाघ कुनैपनि स्थानमा सुरक्षित रहने छैनन् ।

सन् १९८९को वन्यजन्तु संरक्षण कानुन र औषधीको लागि बाघको हड्डी प्रयोग गर्न प्रतिबन्ध लगाउने सन् १९९३को राज्य परिषद आदेश अन्तर्गत चीनमा हालसम्म बाघले उच्चतम तहको संरक्षण पाउँदै आएको थियो । तर सन् २००५ देखियता केही सरकारी अधिकृत, व्यवसायिक बाघ पालक र पारम्परिक औषधी उद्योगका केही प्रतिनिधिहरूले ५००० भन्दा बढि सङ्ख्यामा रहेका घरपालुवा बाघको व्यापारको लागि सक्रिय रुपमा आवाज उठाउँदै आएका छन् ।
tiger skin with official permit

सन् २००७ देखि चीनको राज्य वन प्रशासनले सन् १९८९कै कानुन अन्तर्गत औपचारिक अनुमति लिएर सुविधासम्पन्न गलैँचाको लागि घरपालुवा बाघको छाला बेच्न लाइसेन्स प्रणाली सुरु गरेको छ । व्यवसायिक बाघ प्रजननका समर्थकहरू घरपालुवा बाघको अङ्ग व्यापार वैधानिक बनाउँदा जङ्गली बाघको माग घट्ने तर्क गर्छन् । तर बाघको छाला व्यापार वैधानिकीकरणको यो प्रयोगले नतिजा उल्टो देखाएको छ ।

वैधानिक व्यपारले वन्यजन्तु शिकार, व्यापार र तस्करीको आपराधिक सञ्जालमा कुनै कमी ल्याएको छैन । जङ्गली बाघको अङ्ग रुचाइएकाले हो वा मूल्यको कारणले हो माग झन् बढेको छ जसले गर्दा जङ्गली बाघ, चितुवा र हिमचितुवाको समेत चोरीशिकारी बढेको छ ।

विश्वभरिका जङ्गलमा हाल ४,००० भन्दा कम बाघ रहेका छन् । यो गत १०० वर्षमा ९६ प्रतिशतले कम हो । यदि यीनलाई चीन र एसियाका अन्य देशका जङ्गलमा पुनः फैलाउने हो भने चीनले आशलाग्दो काम गरेको अन्य देशका उत्कृष्ट अभ्यासहरू पालना गर्नुपर्छ । बाघपालन र व्यपार नगरिने र यसको संरक्षणमा द¥हो प्रतिवद्धता भएका भारत र नेपालमा बाघको संङ्ख्या विस्तारै स्थीर हुँदै गैरहेको पाइएको छ ।

तर चोरीशिकारी जारी नै रहेकाले सन्तुष्ट हुने ठाउँ भने छैन । कतिपय देश शून्य चोरीशिकारीको लक्ष्यतर्फ अघि बढ्दै जाँदा, चीन र बाघ पालन गरिने अन्य देशहरूले ‘शून्य माग’ तर्फ काम गर्नुपर्छ । यसको मतलब उपभोक्ता, बाघ प्रजनन् उद्योग र यसको अङ्ग प्रशोधन उद्योगलाई अबदेखि बाघको कुनै पनि अङ्ग राष्ट्रिय वा अन्तर्राष्ट्रिय बजारमा किनबेच हुनेछैन भन्ने प्रष्ट सन्देश दिनु हो ।

संशोधित ऐनले बाघलाई थप जोखिममा पारेको छ । यो समयमा चिनिया सरकारले आफ्ना अन्तर्राष्ट्रिय प्रतिवद्धताहरूप्रति ढाड फर्काइ बाघ संरक्षणमा अन्य देशहरूले गरेको प्रयासलाई समेत असर पार्ने काम नगरी बाघ संरक्षणमा नेतृत्व लिनुपर्छ । इ.आइ.ए. चीन सरकारलाई घरपालुवा हुन् वा जङ्गली सबै बाघका सबै अङ्ग तथा उत्पादनको राष्ट्रिय वा अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाउन आवश्यक सबै कदम चाल्न आव्हान गर्दछ ।

विक्की ली वातावरणीय अनुसन्धान निकाय (इ.आइ.ए.)का व्यापार तथा नीति विश्लेषक हुन् । यो लेख पहिलो चोटि chinadialogue.net मा प्रकाशित भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.