गृष्मयामभरि हिमाली लेकहरूमा बस्ने भारतीय राज्य जम्मू–काश्मिरका घुमन्ते आदिवासी गोठालाहरू अक्सर कठीन प्राकृतिक विपद्को मारमा पर्छन् । यस्ता विपदवाट उनीहरू जति पीडित हुन्छन् त्यति नै बाहिरी दुनिँयाबाट उपेक्षित पनि । ’cause चरम मौसमी प्रभावका कारण बाढी र पहिरोजस्ता घटना घट्दा धेरैजसो ध्यान सहरमै केन्द्रित हुन्छ र समाचार संप्रेषण पनि सहरी क्षेत्रबाटै हुन्छ ।
जम्मू–काश्मीरमा बक्करवाल र गुज्जार, र लदाखमा चाङ्पा आदिवासीहरू बस्छन् । उनीहरू उच्च हिमाली क्षेत्रमा भेडा, बाख्रा र वस्तुभाउ चराउँछन् । सन् २०११ को जनगणना अनुसार, गुज्जार र बक्करवालहरूको जनसंख्या करिब १५ लाख छ, जुन पूरै राज्यको जनसंख्या १ करोड २५ लाखको १.२ प्रतिशत हो । उनीहरू काश्मीरी र डोग्रापछि जम्मू–काश्मीरका तेस्रो ठुलो सम्प्रदाय हुन् । पाँच लाख हाराहारीको संख्यामा रहेका बक्करवालहरू राज्यका विभिन्न हिमाली चरन क्षेत्रहरूमा चहार्छन् भने, दश लाख गुज्जारमध्ये धेरैजसो हिमाली क्षेत्रमा बसी पशुपालन र  कृषिमा निर्भर रहन्छन् ।
गोठालाहरू भन्छन्, चरम मौसमी घटनाहरूको बढोत्तरी, घट्दा चरनक्षेत्रहरू र दुई दशक यता चलिरहेको सशस्त्र द्वन्द्वले उनीहरूमा ठुलो आघात पुगेको छ । ‘‘बाढी, पहिरो र अतिवृष्टिले हाम्रा मानिसहरू र पशुहरू पहिलेभन्दा धेरै मर्न थालेकाले हामीलाई सरकारबाट सुरक्षाको लागि सहयोग चाहियो,’’ जम्मू–काश्मीर बक्करवालहरूका नेता चौधरी अब्दुल अजिजले thethirdpole.net लाई बताउनुभयो ।

आफ्ना भेडाबाख्रा सहित हिमाली चरनक्षेत्रमा गृष्मयाम बिताउँदै गुज्जर र बक्करवाल आदिवासीहरू (तस्वीरः अथार पर्वाइज)

आफ्ना भेडाबाख्रा सहित हिमाली चरनक्षेत्रमा गृष्मयाम बिताउँदै गुज्जर र बक्करवाल आदिवासीहरू (तस्वीरः अथार पर्वाइज)

फोनबाट मौसमको जानकारी
उदाहरणको लागि, उहाँले भन्नुभयो, सरकारको मौसम विभागले घुमन्तेहरूलाई कुनै खास क्षेत्रमा प्रकोपको सम्भावना भएमा समयमा खबर गर्न सक्छ । ‘‘हामी माथि लेकतिर चढ्दा तलको समुदायसँग कुनै संचार सम्पर्क हुँदैन । हामीले सरकारलाई सँगै यात्रा गर्ने हरेक परिवारका सदस्यहरूलाई एक विशेष फोनको व्यवस्था गर्न सल्लाह दिएका थियौँ । तर सरकारले यस’bout विचार गरिसकेकै छैन,’’ चौधरीले भन्नुभयो ।
‘‘हामीसँग असिना–हुरी, आँधीवेहरी र मुसलधारे वर्षाजस्ता चरम मौसमी प्रकोपहरूबाट आफू बच्न र आफ्ना परिवार तथा जनावर बचाउन कुनै पालहरू छैनन् । वर्षा र असिना–हुरीपछि अक्सर हाम्रा परिवार र वस्तुभाउ विरामी पर्छन् ।’’
उहाँका अनुसार, घुमन्ते गोठालाहरूले खहरे बाढी र आँधीवेहरीका कारण हरेक वर्ष सयौँ भेडाबाख्राहरू गुमाउँछन् । पोहोर साल अप्रत्यासित रुपमा बाढी आउँदा काश्मीरका कुल्गाम र लार क्षेत्रका करिब ३० परिवारले आफ्नो भेडाबाख्राको सिङ्गै बथान गुमाए, उहाँले भन्नुभयो । अर्को एक परिवार आफ्ना ७० भेडासहित पहिरोमा पुरिए, उहाँले थप्न्नुभयो । सन् २०१४मा एक घुमन्ते परिवारले नदीमार्गमा बाढीमा आफ्ना १५० भेडा गुमाए भने पहलगाममा तीनओटा परिवारलाई बाढीले बगायो, चौधरीले भन्नुभयो ।

फिरन्ते नेता चौधरी अब्दुल अजिज । (तस्वीरः अथार पर्वाइज)

फिरन्ते नेता चौधरी अब्दुल अजिज । (तस्वीरः अथार पर्वाइज)

लदाखको चाङ्थाङ् क्षेत्रका चाङ्पा आदिवासी फिरन्ते गोठालाहरूले सन् २०१३मा भएको अप्रत्यासित भारी हिमपातमा आफ्ना २४,६२४ पश्मीना बाख्राहरू गुमाए । यी बाख्राका ऊनबाट बुनिने पश्मीना शलहरू संसारभर प्रसिद्ध भएकाले मात्र यो घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रशारित भएको थियो । समाचारको प्रभावस्वरुप सरकारी निकायले लदाखका फिरन्ते गोठालाहरूलाई घाँस, आधुनिक टेन्टहरू, खाना पकाउने ग्याँस तथा सौर्य वत्तीजस्ता सुविधा प्रदान गर्यो । गत अप्रिलमा यस वर्षको बसाईँ सराई सुरु हुँदै गर्दा, आदिवासी शोध तथा साँस्कृतिक प्रतिष्ठान (टि.आर.सि.एफ.) का सचिव, जावैद राहीले भन्नुभयो, ‘‘गत हिउँदमा भएको भारी हिमपात तथा वर्षाको कारण जमैया गली, गोरा बट्ट, नानासार, रोपाडी धाह्राल पास र मुगल रोड लगायतका मुख्य बसाईँ सराई मार्गहरू नराम्ररी विग्रेका कारण तत्काल मर्मत गर्नुपर्ने आवश्यकता रहेको छ ।’’
राहीले भन्नुभयो, जम्मू–काश्मीरका सबै  घुमन्ते गोठालाहरूलाई सुविधा प्रदान गर्नुका अलावा सरकारले उनीलाई आफ्ना वस्तुभाउको वीमा गर्न सघाउनुपर्छ ता कि कुनै प्रकोपमा परि तिनीहरूले वस्तुभाउ गुमाएमा यसको क्षतिपूर्ती प्राप्त गर्न सकून् ।
‘‘सरकारले यसरी नै बेवास्ता गर्दै जाने हो भने, हालसालैका वर्षहरूमा मौसमी प्रकोप, सशस्त्र द्वन्द्व, वन्यजन्तुको आक्रमण र घट्दो चरनक्षेत्रजस्ता समस्याहरू झेलिरहेका फिरन्तेहरूको जीवनशैली र सँस्कृति इतिहास बन्नसक्छ,’’ रहीले www.thethirdpole.net लाई बताउनुभयो ।‘‘सयौँ फिरन्ते परिवारहरू आफ्नो फिरन्ते जीवन त्याग्न बाध्य भई कुल्लीको काम गरिरहेका छन् भने, कतिपय मागेर जीवनयापन गर्न बाध्य छन् ।’’ रजोरीका एक घुमन्ते आदिवासी रहमत अली भन्नुहुन्छ, पछिल्ला केही दशकहरूमा चरन क्षेत्रमा व्यापक ह्रास आएको छ । उहाँका अनुसार, पहिले पहिले फिरन्ते परिवारहरूसँग ५०० भन्दा बढी वस्तु हुन्थे भने अहिले १५० को औसतमा झरेको छ ’cause गोठालाहरूले चराउने चरन पाउन छाडेका छन् ।
‘‘आजकाल विभिन्न क्षेत्रमा चरन क्षेत्रहरू मान्छेले आफ्नो नाउँमा गरेका छन्; त्यहाँ हामीले आफ्ना जनावरहरू चरायौँ भने हामीलाई पैसा तिराउँछन् । आजकाल चरन क्षेत्रहरू वन्यजन्तु विभाग,  वन विभाग, सुरक्षा निकाय र जमीनदारहरूको अधीनमा छन्,’’ अलीले thethirdpole.net लाई बताउनुभयो ।
आशाको किरण
राज्यको गृष्मयाम राजधानी श्रीनगरको मौसम विभागका निर्देशक सानुम लोटसले भन्नुहुन्छ, फिरन्तेहरू भेडाबाख्रा चराउन हिमाली क्षेत्रको माथि–माथिसम्म पुग्ने गरेकाले त्यहाँसम्म मोबाइल फोन र रेडियोको सिग्नल पुग्न सक्दैन । ‘‘यसले गर्दा उनीहरूलाई फोन वा रेडियोबाट मौसमको जानकारी लिन असम्भव हुन्छ,’’ उहाँले  बताउनुभयो ।
उहाँले फिरन्तेहरूलाई चरम मौसमी प्रकोपहरूको ’boutमा सचेत गराउन डिजिटल स्याटेलाइट फोन टर्मिनल (डि.एस.पि.टि.) सेवा प्रयोग गरिनुपर्ने बताउनुभयो । भारतको राष्ट्रिय दुरसंचार सेवा प्रदायक, भारत संचार निगम लिमिटेडले केही दुर्गम क्षेत्रमा डि.एस.पि.टि. सेवा सञ्चालन गर्न थालिसकेको छ । यसले स्याटेलाइट सिग्नलको आधारमा काम गर्छ, तर यो मोबाइल फोनजस्तो खल्तीमा लिएर हिँड्न मिल्दैन । ‘‘डि.एस.पि.टि गोठाला हिँड्ने बाटोमा जडान गरिने छ, र उनीहरूले अगाडि जाने कि नजाने भनी निर्णय गर्नुअघि बाटामा राखिएका यी फोनहरूबाट फोन गरी मौसम’bout जानकारी लिन सक्छन्,’’ काश्मीर दुरसंचारका नायब महानिर्देशक, जि.एम. मुफ्तीले द थर्डपोल डट नेटलाई बताउनुभयो ।

हिमाली चरनक्षेत्रमा कोठाहरूले गुज्जरहरूको लागि वासको काम गर्छन् । (तस्वीरः अथार पर्वाइज)

हिमाली चरनक्षेत्रमा कोठाहरूले गुज्जरहरूको लागि वासको काम गर्छन् । (तस्वीरः अथार पर्वाइज)

आदिवासी मामला राज्य मन्त्री, अजय नन्दाका अनुसार, मुख्य मन्त्री मेहबुबा मुफ्तीको नेतृत्वमा रहेको मन्त्रालयले माथिल्ला हिमाली क्षेत्रहरूमा समेत फिरन्तेहरूले यस्ता मौसमको जानकारी पाउने कुरा सुनिश्चित गर्नेछ । उहाँले भन्नुभयो, ‘‘हामी फिरन्ते गोठालाहरूलाई आँधीवेहरी र खहरेबाढीजस्ता चरम मौसमी विपद्ले गर्दा हुने क्षतिको पूर्ती गर्न वीमा सुविधा दिनुपर्ने मागको ’boutमा पनि विचार गर्नेछौँ । ’’
सशस्त्र द्वन्द्वको मार
मौसमी प्रकोपहरूको पूर्वजानकारी आएपनि, सशस्त्र द्वन्द्वले गाँजिएको क्षेत्रमा भएकाले चरण क्षेत्रमा प्रवेश गर्न अर्को पनि समस्या छ जसको समाधान  निकाल्न अझै गार्हो छ । चौधरीका अनुसार, जम्मू–काश्मीरमा सन् १९८९मा सशस्त्र द्वन्द्व सुरु भएयता, अख्नुरको चाम जोडियन (जम्मू) देखि पूँच र रजोरीसम्मको ठुलो क्षेत्रमा सुरक्षा बलले तारबार लगाएको छ । ‘‘यो हाम्रो सबैभन्दा राम्रो चरन क्षेत्र थियो । आजकाल हामी अन्य  जातीहरूले कब्जा गरेको चरन क्षेत्रमा भेडा चराउन बाध्य छौँ र हामीले त्यहाँ भेडा चराउँदा उनीहरूले हामीलाई पैसा तिराउँछन्, ’’ चौधरीले  बताउनुभयो ।उहाँले लदाख क्षेत्रमा ड्रास, बटालिक, कार्गील र टाइगर हिलका फराकिला चरन क्षेत्रहरू सन् १९९९को कार्गील युद्धदेखि नै गोठालाहरूको लागि निषेधित क्षेत्र रहिआएको पनि बताउनुभयो ।
‘‘कहिलेकाहीँ हामी सेनाका अधिकृतहरूलाई विश्वासमा लिएर हाम्रा भेडा त्यहाँ चराउन दिन मनाउछौँ । यसरी प्रवेश दिँदा उनीहरूले हाम्रा भेडा र कुकुरहरूको समेत सुरक्षा जाँच गर्छन् ।’’ उहाँका अनुसार, पहिले कतिचोटी त विद्रोही लडाकुहरू आएर उनीहरूसँगै खान्थे, अनि युवा केटाहरूलाई मिलिसियामा भर्ती गरेर लैजान्थे र केही खाइलाग्दा भेडा पनि लैजान्थे । चौधरीले भन्नुभयो, पछि सेना आएर मिलिसियाहरूलाई खाना खुवाएको आरोपमा उनीहरूलाई कुटपिट गर्थे । ‘‘कहिलेकाहीँ सेनाले पनि हाम्रा केही राम्रा भेडाहरू लैजान्थे,’’ चौधरीले भन्नुभयो ।
‘‘एक दिन हामी दक्षिण काश्मीरको लाम–त्रालको जंगलमा हुँदा विद्रोही र सेनाबीच भिडन्त भयो । हामी नजिकै थियौँ; विद्रोहीहरू त भागे, तर गुग्रा नाम गरेको हाम्रो एकजना केटा गोली लागेर मर्यो । दुर्भाग्यवश, उसलाई विद्रोही घोषणा गरियो । अहिले उसको श्रीमती र छोरी मागेर गुजारा गर्छन् ।’’
टि.आर.सि.एफ.को एक विज्ञप्तिमा उल्लेख छ, ‘‘हामीले हाम्रो प्रतिष्ठानको तर्फबाट रक्षा मन्त्रालयलाई थुप्रै पत्रहरू लेख्दै फिरन्ते गोठालाहरूलाई खासगरि पूँच, बरामुल्ला, कुप्वारा, बन्दीपोरा, लदाख र कार्गील क्षेत्रमा अवस्थित धोक्स् सीमामा जानबाट लगाइएका सबै बन्देजहरू हटाउन अनुरोध गरेका छौँ ।’’ तर यस प्रयासले अवस्था सुध्रिएको देखिँदैन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.