गत बैशाख २६ गते चीनको दक्षिणपूर्वी प्रदेश फुजियानको ताइनिङ काउन्टीमा निर्माणाधिन एक जलविद्युत आयोजनाको बाँध निर्माणस्थलमा माथिबाट लेदो र ढुङ्गासहितको पहिरो आउँदा चौँतीस कामदारको ज्यान गयो । भारी वर्षाले पहिरो गएको बताइएको छ ।

चीनियाँ समाचार सँस्था जिन्वाका अनुसार, माथिबाट १०,००० घनमिटर ढुङ्गा र माटोको लेदो खस्दा प्राय कामदार बगरको आफ्नो क्याम्पमा सुतिरहेका थिए । विशेष उपकरण र एक्स्काभेटरहरु प्रयोग गरि कुकुर समेत प्रयोग गरि ६०० उद्धारकर्ताहरुले हराएका मानिसहरु खोजेका थिए । चीनका राष्ट्रपति जी जिनपिङ्ले हराएका मानिसलाइ जोगाउन अधिकतम प्रयास गर्न आव्हान गरेका थिए ।

यस्ता प्रकोपहरू अक्सर भैरहन्छन् र यिनले चीन र भारतका जलविद्युत आयोजनासँग सम्बन्धित पहिरोहरूका उच्च दरको प्रकाश पार्छन्, इष्ट एङ्लीया विश्वविद्यालयका प्राज्ञ तथा विश्वका अगुवा पहिरो विशेषज्ञ मध्ये एक, डेभ पेट्लेले घटना लगत्तै आफ्नो ब्लगमा लेखेका थिए ।

जी जिनपिङ्ले स्थानीय अनुगमन सुद्दृढ गर्न र दोहोरो प्रकोप रोकथाम गर्न लुप्त जोखिमहरूको सुरक्षा जाँच गर्न आव्हान गरेका छन् । तर पेट्ले भन्छन्, “यस्तो कुरा पहिले पनि धेरै गरिएको हो, तर प्रभावकारी भएन । दुर्भाग्यवश, पहिरोको प्रवृत्ति जारी नै छ ।”

पेट्लेले लामो समयदेखि, चीन र हिमालय क्षेत्रको अस्थीर पर्वतीय क्षेत्रमा ठुला बाँध निर्माणको बढ्दो प्रवृत्तिले निम्त्याउने जोखिमको ’boutमा सावधानी गर्दै आएका छन् ।

dam accidents china india

उनले बाँध र जलभण्डारसँग सम्बन्धित पहिरोहरूबाट भएको विश्वव्यापी क्षतिको अभिलेख राखेका छन् । सन् २००३ देखि २०१२ सम्ममा ३७ ओटा घटनामा ५०० मानिसको मृत्यु भएको थियो । लगभग सबै घटना पूर्वी तथा दक्षिण एसियामा भएका थिए, खासगरि चीन र भारतमा ।

पहिले–पहिले बाँधहरू पहिरोको जोखिम कम हुने उपल्लो क्षेत्रमा बनाइन्थ्यो । तर अहिले आएर हिमालयका भिराला उपत्यकामा बनाइन्छ । आगामी दुई दशकमा, चीन, नेपाल, भुटान र उत्तरी भारतमा पर्ने यो भेग नै ठुला स्केलका बाँध निर्माणको केन्द्र बन्ने प्रक्षेपण गरिएको छ ।

यस क्षेत्रका देशहरूले योजनामा रहेका सबै परियोजनाहरू निर्माण गरे भने हिमालय क्षेत्र संसारकै उच्च बाँध घनत्व भएको क्षेत्र हुनेछ ।

यो क्षेत्र पहिरो र भूकम्पीय दृष्टिकोणले पनि संसारकै सबैभन्दा जोखिमयुक्त क्षेत्र हो ; हिमालय पर्वत आफैँ नै भारतीय र युरोसियन प्लेटहरू ठोक्किएर बनेको थियो र यसको उचाई अझै बढ्दैछ । नेपालमा पोहोर साल गएको विध्वंशकारी भूकम्प यस क्षेत्रका मानिस र भौतिक पूर्वाधारहरूले सामना गर्न सक्ने जोखिमको पछिल्लो चेतावनी थियो ।

हिमालय क्षेत्रका जोखिमहरूको व्याख्या गर्दै आफ्नो कार्यपत्रमा पेट्ले लेख्छन्ः ‘‘बाँध निर्माण स्थलमा र वरिपरि पहिरोको जोखिम घटाउन उपयुक्त कदम नचालिएमा यस्ता परियोजनासँग सम्बन्धित पहिरोहरूले मानवीय र आर्थिक क्षति गरि नै रहन्छन् । सम्बन्धित क्षेत्रहरूमा जलवायुको कारणले मौसममा हुने परिवर्तन खासगरि अतिवृष्टिले पनि पहिरोको प्रवृत्ति परिवर्तन गर्नेछ । परियोजनाको अवधिभरमा यीमध्ये केही क्षेत्रहरूमा भूकम्पसमेत जान सक्नेछ जसले पहिरोका घटनाहरूमा अझै वृद्धि हुनेछ ।’’

(Source: Dave Petley)

(Source: Dave Petley)

इतिहासको पाठ

पेट्ले लेख्छन्, सन् १९६३मा उत्तरी इटालीको डोलोमाइट्स्मा रहेको भेजन्ट सरोवरको बाँधमा गएको पहिरो नै बाँधसँग सम्बन्धित इतिहासकै सबैभन्दा भयानक प्रकोप थियो । यसमा परि २५०० जनाले ज्यान गुमाएका थिए र एउटा पूरै बस्ती ढुङ्गै ढुङ्गाको बाँझो बगरमा परिणत भएको थियो ।

त्यसपछिका दिनमा बाँध निर्माण कम्पनीहरूले यस्तो भयानक दुर्घटना रोक्न सफल भएका छन् ; यद्यपि पहिरोले भने पिरोल्न छोडेको छैन ।

परियोजना सञ्चालकहरूले खासगरि परियोजनाको प्रारम्भिक चरणमा प्राचीन पहिरा वा सम्भाव्य नयाँ पहिरा पहिचान गर्न नसक्दा निर्माण अवधिमा विभिन्न पहिरोजन्य दुर्घटना घट्न गइ बाँध निर्माण अवधि र लागत बढ्न जान्छ ।

landslides-and-large-dams-12-1024

संसारकै लामो, २,३३५ मिटर लामो चीनको थ्री गोर्जेज बाँध विध्वंशको अर्को प्रमुख स्रोत बनेको छ । बाँध निर्माणको प्रारम्भिक चरणमा, सन् २००३ को जुलाइमा गएको जियानजिङ्पिङ् पहिरोले २४ जनाको ज्यान लिएको थियो । त्यसपछि, सरोवरको जल सतह बढेको हुनाले यसका किनारमा सयौँ अन्य पहिरोहरू गएका छन् जसका कारण थप १ लाख मानिसलाई पुनर्वास गराउन परेको थियो । बाँध निर्माण गर्न कूल १४ लाख मानिसलाई अन्यत्र सारिएको थियो ।

यस्ता घटना धेरैजस्तो मनसुन महिनाका भारी वर्षाको समयमा हुने गर्छन् । हालैका हप्ताहरूमा, चीनको दक्षिण–पूर्वी क्षेत्रमा भारी असिना पानी आएको थियो र यो अझै जटिल हुने अपेक्षा गरिएको छ । गत महिना चीनले याङ्त्जे नदीमा यस वर्ष सन् १९९० पछिको सबैभन्दा ठुलो बाढी आउने सम्भावना रहेको बताएको थियो । १९९०को बाढीमा यहाँ ४,००० मानिसले ज्यान गुमाएका थिए । अधिकारीहरूले प्रबल एल निनो मौसमी प्रवृत्तिले गर्दा यस वर्ष वाढीको सम्भावना बढेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.