चीन–पाकिस्तान आर्थिक कोरिडोरको अत्यमा अवस्थित सहरी बन्दरगाह पानीको चरम संकटबाट गुजि्ररहेको छ। जसका कारण ग्वदार सहरी बन्दरगाहको अन्तर्राष्ट्रिय ब्यापार केन्द्र बन्ने सपनामा तुषारापात हुनसक्ने देखिन्छ।पाकिस्तानको सुख्खा प्रान्त वलोचिस्तानगत तीन वर्षदेखि परेको खडेरीका कारण ग्वादर बन्दरगाहमा पिउने पानीको चरम अभाव भएको छ। ४६ अर्ब अमेरिकी डलरको लगानीमा अरेवीयन सागरको यस गहिरो पानीको बन्दरगाहलाई पश्चिमी चीनको कास्गर सहरसँग जोडने महत्वकांक्षी योजनाअर्न्तगत चीन–पाकिस्तान आर्थिक कोरिडोरको (सीपीइसी) अन्त्यमा अवस्थित बन्दरगाहको सहर ग्वादर अन्तर्राष्ट्रिय ब्यापार केन्द्र बन्नेमा अधिकारीहरु आसावादी छन्।तर ग्वादर सहरमा बढ्दो खानेपानीको संकटबाट गुजि्ररहेको छ, जहाँ एक लाख मानिसहरुको स्वच्छ खानेपानीमा सहज पहुँच छैन। यहाँका बासिन्दाले ११५ देखि १४० अमेरिकी डलर तिरेर प्रति ट्यांकरको पानी किन्नुपर्छ। अथवा ८० किमी टाढाबाट ढुवानी भइआउने सरकारी अनुदान पर्खिनुपर्ने बाध्यता छ। केही मानिसहरु खानेपानीको आवश्यकता समुन्द्रको पानी उमालेर पूरा गरिरहेका छन्।विगत ६ वर्षमा ग्वदार र वलोचिस्तान प्रान्तका भूभागहरुले पानीको अभाव भोगेको यो दोस्रो पटक हो।

पानीमा लगानी

आर्थिक तथा ब्यापारिक सम्भावना बोकेको यस बन्दरगाह र आसपासका क्षेत्रमा पछिल्लो समय लगानी बढ्दो छ। जसका कारण पानीको स्रोतमाथि चाप बढेको छ। चीन–पाकिस्तान आर्थिक कोरिडोरमा सञ्चालित विभिन्न परियोजनाहरुको कारण यस सहरको जनसंख्या बढ्दो छ। सरकारले तत्काल कुनै कदम नचाले समस्या झन् विकराल बन्ने देखिन्छ। रणनीतिक दृष्टिले महत्वपूर्ण मानिएको पाकिस्तानको ग्वदार बन्दरगाहको दुई हजार एकड जमिनको सम्झौतामा गत नोभेम्बर महिनामा चीनको सरकारी स्वामित्वको एक कम्पनीले हस्ताक्षर गरी सञ्चालनको जिम्मा लिएको छ। यस बन्दरगाहलाई स्वतन्त्र ब्यापारिक क्षेत्रको रुपमा विकास गरिँदैछ।विदेशी लगानीकर्ता तथा घरेलु कम्पनी दुवैले खानेपानी आफैँले ल्याउनुपर्ने ग्वादर बन्दरगाहका एक अधिकारीले बताए। ‘हामी बोतलका मिनरल वाटरमा आश्रित छौं, तर पानी अभावले गर्दा यहाँका गरिब बासिन्दाहरु भने गम्भिर समस्यामा परेका छन,’ ती अधिकारीले टिप्पणी गरे।

मानवीय संकट

 ग्वदारकी महिला सांसद नसीमाइहसान शाहले पानी अभावले महिला, बालबालिका तथा गरिब जनता थप मारमा पारेको बताइन्।’पानीको घरेलु आवश्यकता पूरा गर्न महिला तथा बालबालिकाले कोसौं दूरबाट भाडामा पानी ओसार्नुपरेको छ,’ द थर्डपोल डटनेटसँग उनले भनिन्।कपडा धुनमात्रै पनि उनीहरु पानीको मुहान खोज्दै भौतारिनु परेको उनको भनाइ छ। ‘मेडम हामीलाई केही चाहिँदैन। पानीमात्रै ल्याइदिनुस्,’ ग्वादरकी महिलाको भनाइ उद्धृत गर्दै उनले भनिन्। पानीको अभावसँगै त्यहाँका बासिन्दाले गरिबी र अन्य सामाजिक समस्या बिर्सेजस्तो देखिन्छ। ‘पानी मानवीय जीवनको आधारभूत आवश्यकता हो, त्यसैले यस क्षेत्रका बासिन्दालाई पानीको यथोचित ब्यवस्था गर्न आवश्यक कदम तुरुन्त चाल्न हामी सरकारसमक्ष अनुरोध गर्छौं,’ शाहले भनिन्।

ग्वादर आसपासका स्थानमा पानीको एकमात्र स्रोत अकारा कौर बाँध यस क्षेत्रमा लामो समयसम्म परेको खडेरीका कारण सुक्नै लागेको बन्दरगाहका एक बासिन्दाले टेलिफोनबाट दथर्डपोल डटनेटलाई बताए। १९९० मा स्थापित यस बँाधले सहरको बढ्दो जनसंख्या तथा जलासयमा जम्मा हुँदै गरेको लेदो र बालुवाका कारणले स्थानीय बासिन्दालाई पानी उपलब्ध गराउन सकेको छैन।  संसद शाहले निर्माणधीन दुई जलासयको बाँधको काम तिव्ररुपमा अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने बताइन्। ‘संसारले ग्वदारलाई चीन–पाकीस्तानको आर्थिक कोरिडोरको खर्बौ अमेरिकी डलर लगानीको परियोजना स्थल भनेर चिन्छ। तर कसैलाई पनि यहाँका जनताले भोग्नुपरेको पानीको समस्या’bout थाहा छैन,’ उनले भनिन्।यस आर्थिक कोरिडोरअर्न्तगत एक खर्बभन्दा बढी अमेरीकी डलरको लगानीमा बन्दै गरेको भूमिगत सहरी रेलमार्ग परियोजनाको उनले विरोधसमेत गरिन्। ‘यो परियोजनाको आधा रकम ग्वदारको खानेपानी आपूर्ति ब्यवस्था गर्न खर्च गरे उचित मानिन्थ्यो,’ उनले भनिन्, ‘यदी यस विषयमा तुरुन्तै कुनै ठोस कदम नचाले यहाँ मानवीय संकटको अवस्था सिर्जना हुन्छ।’

सुस्त सरकार

 आर्थिक कोरिडोर परियोजनाको नेतृत्व गरिरहेका पाकिस्तानका केन्द्रीय सरकारका विकास, सुधार तथा योजनामन्त्री अहसानइकवालले मन्त्रालयले पानी संकटको गाम्भिर्यता बुझेको रयसको समाधानको लागि अविलम्ब कदम चालिने बताएका थिए। ‘पानी समस्या समाधान गर्ने हेतुले केन्द्रीय सरकारले ग्वदारमा समुन्द्रको पानी शुद्ध गर्ने संयन्त्रको स्थापना गर्न लागेको छ,’ मन्त्री इकवालले प्रष्ट पारे। ‘ग्वदार हाम्रा लागि निक्कै महत्वपूर्ण छ। लगानीकर्ताको लागिमात्र हैन, विकासका मुख्य साझेदार यहाँका जनताको पनि सेवा सुविधाको सुनिश्चितता गर्नेछौं,’ इकवालले थपे।

ग्वदार विकास प्राधीकरणका प्रमुख इन्जिनियर रफिकवलोचका अनुसार सरकारले खानेपानी ट्यांकरमा उपलब्ध गराउँदै आएको र समुन्द्रको निर्मलिकृत पानी अन्य प्रायोजनको लागि भएको बताए। सरकारले जलासयको बाँधबाट सहरसम्म खाने पानी ल्याउन ६८ किमी लामो पाइपलाइनको ब्यवस्था गरिरहेको र यस परियोजनाको सुपरिवेक्षण स्वयं मन्त्री इकवालले गर्ने जानकारी पानी इन्जीनयर वलोचले दिए।

वलोचिस्तान लामो समयदेखि विद्रोहीहरुको पकड क्षेत्रको रुपमा रहँदै आएको छ। विद्रोहीहरुले पनि पानीका परियोजनाहरुमा आक्रमण गरी क्षति पुर्‍याउनाले समस्या अझ गम्भीर बनेको छ। ग्वदार क्षेत्रमा खानेपानी आपूर्तिका लागि १३ मिलियन अमेरिकी डलरको लगानीमा प्रान्तीय सरकारले सावर र शादी कौर बँाध परियोजनाहरु सन् २००७ मा सुरु गरेको थियो। हतियाधारी विद्रोहीहरुले सन २०१४ मा परियोजनाका कर्मचारी  तथा निर्माण ब्यवसायीलाई अपहरण गरेपछि काम बीचमै रोकियो।’यी दुई बाँधको काम एक महिनाअघि मात्र पुनः सुरु भएको छ। आर्थिक कोरिडोर योजनाअर्न्तगत पहिलो चरणको रुपमा यो परियोजना २०१८ भित्र सकिने लक्ष्य लिइएको छ,’ वलोचले परियोजनका कामदारको सुरक्षाको लागि विशेष सैनिक जवान खटाइएको जानकारी दिँदै भने। ‘यस्तो संकट अवस्था आउनुमा आतंकवाद साथै लामो समयको खडेरी जिम्वेवार छ,’ वलोचले थपे।

संकटको जड

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को वलोचिस्तान कार्यक्रमका ब्यवस्थापक फैज करार भने ग्वदार  क्षेत्रको पानीको समस्याको जरो भनेको भर्खरैको खडेरीभन्दा धेरै तलसम्म गाडिएका छ। ‘वलोचिस्तानमा खडेरी नियमितरुममा परेको हामीले देख्दै आएका हौं। केन्द्रीय तथा प्रान्तीय सरकार कसैले पनि पानीको समस्याको विषयमा दीर्घकालीन तथा दीगो योजना ल्याउनेतिर ध्यानै दिएनन्,’ करारले समस्या औंल्याए।

यो सुख्खा क्षेत्र हो। यहाँको समस्या समाधानका  लागि राम्रो योजना र पुर्वाधार संरचनाहरु महत्वपूर्ण छन्। ‘भूमिगत जलको सम्भावन नरहेकाले ग्वदार पूर्णतया वर्षामा संकलन तथा भण्डारण गरिएको पानीमा भर पर्छ,’ वर्षाको पानी संकलन गर्न थप बाँध तथा समुन्द्रको पानी शुद्धीकरण गरिने संयन्त्र थप गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने।  उनले २०० किमी टाढा रहेको मिरानी बँाध परियोजनाबाट ग्वदारमा पानी पठाउन सकिने सम्भावना रहेको बताए।

पानी विशेषज्ञ डा. परवेज अमिरले ग्वदारको पानी समस्या पहिल्यैदेखि नै रहँदै आएको बताए। केन्द्रीय तथा प्रान्तीय सरकारले यसलाई समाधान गर्न नसकोको तथ्यलाई उनी स्वीकार छन्। ‘वर्षाको पानी संकलन तथा भण्डारणका लागि साना तथा ठूला बाँध परियोजनाको आवश्यकता छ। यसलाई आतंकवादीहरुबाट बचाउन सख्न सुरक्षा ब्यवस्था अपनाउनुपर्छ,’ उनले भने। सरकारी लापरबाही र जलबायू परिर्वतनको अलावा उनले आफ्नो ब्यवसायिक फाइदाको लागि ट्यांकर माफियाहरुले पानीको समस्या झन् बढाएको आरोप लगाए।

 

 

3 comments

  1. Pingback: The Stream, February 10: Pakistan Port City Hit By Water Shortages | Circle of Blue WaterNews

  2. Pingback: The Stream, February 10: Pakistan Port City Hit By Water Shortages | H2minusO Blog

  3. Pingback: The Stream, February 10: Pakistan Port City Hit By Water Shortages - Mebrat - Clean | Renewable Energy - Mebrat

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.