खुम्चिदा हिमनदीहरु साथै मुहानमै पानी उद्योगहरुको स्थापनाले गर्दा छिमेकी देशहरुमा पर्ने प्रभावका वावजुद पनि तिब्बती सरकार त्यस क्षेत्रकै अमुल्य श्रोतको रुपमा रहेको पानी माथी आधिपत्य कायम गर्न चाहन्छ ।तिब्वत सरकारले यस पारिस्थितिकीय दृष्टिकोणले कमजोर क्षेत्रमा वोतल पानी उद्योगको ब्यापक विस्तार गर्ने उदेश्यले यसै हप्ता १० वर्षीय योजना सार्वजनिक गरेको छ । योजनाको लक्ष्य सन २०२० सम्ममा ५० लाख घन मीटर वोतलवन्द पानी उत्पादन क्षमता पुरयाउने लक्ष्य लिएको छ । चीनीयाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सन् २०१४ मा तिब्वतले १लाख ५३ हजार घनमिटर वोतलवन्द पानी उत्पादन गरेको थियो । यसरी हेर्दा नयाँ योजनाको लक्ष्य धेरै ठूलो देखिन्छ ।

तिब्वतमा पानी यथेष्ट मात्रामा उपलब्ध छ । यसले गर्दा चीनको अन्य भागमा भन्दा यहाँ पानी सस्तो पनि छ । हिमनदीको मुहानमै उत्पादन हुने वोतलवन्द पानी स्वच्छ तथा उच्च गुणस्तरको मानिन्छ । यस अवधारणाले गर्दा तिब्बती क्षेत्रमा पानी उत्पादक कम्पनीहरुको भीड लागेको छ । चीनको समग्र पानी उद्योगको तुलनामा तिब्वतमा उत्पादन हुने वोलतवन्द पानीको अंश धेरै सानो छ । तर देशमा फस्टाउँदो पानी उद्योगमा यस्ता उच्च गुणस्तरको मानिने पानी उत्पादनलाई आर्थिक वृद्धीको नयाँ क्षेत्रकोरुमा लिन थालिएको छ ।

हिमनदीको पानीको ब्यवसायीक उत्पादन तथा विक्री वितरणले तिब्वतको नाजुक अवस्थामा रहेको वातावरण झन् जोखिममा पर्ने छ, चीनको जल जोखिम सम्वन्धी भखरै प्रकासित एक प्रतिवेदन (Bottled Water in China – Boom or Bust?) मा उल्लेख छ ।एसिया माहादेशकै पानीको मुलको रुपमा परिचित किङ्गघाई– तिब्बतीय उच्चस्थली यस महादेशको मुख्य नदीहरुको मुहान हो जुन चीनका भुभाग लगायत एसियाका अन्य क्षेत्रहरुमा बसोवास गर्ने मानिसहरुको जीवनको श्रोत पनि हो ।

गत दुई दशकमा चीन संसारकै सवैभन्दा वढी वोतलवन्द पानी उपभोग गर्ने तथा एक मुख्य उत्पादकको रुपमा अघि आएको छ । तर विश्वको प्रति ब्यक्ति उपभोगको औषत आँकडा भन्दा १९ प्रतिशत कम रहेको चीनमा ब्यवसायीक पानी उत्पादनको बजार अझ फस्टाउने आँकलन गरिएको छ । चीनको उपभोक्ताहरुको क्षमता हङ्गकङ्गको हालको स्तरमा पुग्ने हो भने पनि चीनको वजार हालको भन्दा ४ गुनाले वढ्ने छ । सन् २०१२ मा चीनले ५ करोड ५६ लाख घनमिटर परिमाणको सिलवन्द पानी उत्पादन गरेको थियो ।

राष्ट्रपति सि जिनपिङ्ग को “पारिस्थितीक सभ्यताको” निर्माण गर्ने इच्छा वमोजीम चीनले वन तथा प्राकृतिक क्षेत्रहरुको संरक्षण सम्वन्धी नीतिहरुमा जोड दिएको छ । जलवायु परिर्वतनलाई सम्वोधन गर्न चीनले जनाएको प्रतिवद्धताहरु मध्ये हिमनदीहरुको संरक्षण पनि एक रहेको छ ।उल्लेखित नीतिहरुसँग तिब्बती क्षेत्रमा भएको शिलवन्दी पानी उत्पादन उद्योगको विकासको समानता कसरी हुन सक्छ ? पिउने पानीको ब्यवसायीक उत्पादन क्षमता वढ्दा चीन तथा चीन उद्गम भएका नदीहरुको तल्लो क्षेत्रमा रहेका देशहरुमा कस्तो प्रभाव पर्छ ? यस्ता कुराहरुमा ध्यान पुरयाउने  पर्ने हुन्छ । अध्ययनहरुले के देखाएको छ भने किङ्गघाई– तिब्बतीय पठारका हिमनदीहरु गत ३ दशकमा १५ प्रतिशत खुम्चिएका छन् । जोखिमको उच्चतालाई मध्यनजर गर्दै सरकार तथा लगनीकर्ताहरुले उनिहरुको पानी उत्पादनको ब्यवसायीक रणनीतिमाथि पुर्नविचार गर्नु पर्ने देखिन्छ ।

एसियाली पानीको मुल,पानी ब्यवसायको केन्द्र

पिउने पानीको प्रदुषणको विषयमा विश्वब्यापी रुपमा वढिरहेको चासोका कारण शिलबन्द पानीको माग वढ्दो छ । यसैले पानी उत्पादन ब्यवसायीहरु स्वच्छ पानीको खोजिमा किङ्गघाई– तिब्बतीय पठार जस्ता नदीको उद्गम भएको क्षेत्रमा पुग्नु कुनै आश्चर्यको विषय होइन । यो क्षेत्रमा चीनको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पर्नुका साथै यो भूभाग मुख्य अन्तरदेशिय नदीहरुको मुहान पनि हो । उत्तरी र दक्षिणी ध्रुव बाहेकका सवै भन्दा वढि स्वच्छ पानीको संग्रह रहेकोले यस क्षेत्रलाई “तेश्रो ध्रुव” पनि भन्ने गरिन्छ । किङ्गघाई– तिब्बतीय उच्चसमस्थली ब्यवसायीक पानी उत्पादनको मुल केन्द्रको रुपमा विकास भइ सकेको छ । सन २०१४ सम्ममा सरकारले स्वशासित तिब्बती क्षेत्रमा ब्यवसायीक पानी उत्पादनको लागि २८ वटा कम्पनीहरुलाई अनुमती प्रदान गरिसकेको छ । वोतलवन्द ब्यवसायीक पानीको उत्पादन जीन्जीयाङ्ग, किङ्गघाई र युनान जस्ता तिब्वतका छिमेकी प्रदेशहरुमा पनि वढदो छ जाहाँ सिधै हिमनदीहरुवाट वोतलमा पानी भरेर विक्री वितरण पनी गर्दै आएको पाइएको छ ।

गेलाइक्स्यु ग्यालेक्सि पानी कम्पनी (Gelaixue Galaxy Water) त्यस्तो कम्पनी मध्ये पर्दछ जसले हिमनदीको मुहानवाट सिधै वोलतमा भरेर पानी ब्यवसाय गर्दै आएको छ । कम्पनीको आधिकारीक वेभसाइटका अनुसार, यसले उत्पादन गर्ने सम्पूर्ण शिलवन्द पानीका वोतल तथा जारहरु उच्च कोटीको हिमनदी (नम्वर १ हिमनदी )को मुहान वाट सिधै प्याक गरिएको हुन्छ । वेभसाइटको जानकारी अनुसार त्यो हिमनदी जिनजियाङ्ग प्रन्तमा पर्ने तियानसान हिमालमा ४४८० मीटर अग्लो स्थानमा अवस्थित छ ।

यस पानी उत्पादक कम्पनी र यसको साझेदार तियानसान ग्लेसियोलोजिकल स्टेसन अफ चाइनिज एकाडेमी अफ साइन्सेस ले पानी उत्पादनको प्रकृया तथा यसको वातावरणीय प्रभावको वारेमा थप विवरण भने उपलब्ध गराएको छैन । स्पष्टरुपमा देखिएको के भने हिमनदीहरु तिव्ररुपमा पग्लिदै गइरहेका छन् जसको दर ४ देखी ८ मीटर प्रति वर्ष रहेको छ ।

चीनियाँहरुले कोमोलोङ्गमा भन्ने गरेको संसारको सर्वोच्च शिखर सगरमाथा अवस्थीत हिमश्रृखलामा रहेका हिमनदीहरुबाट पनि कम्पनीहरुले पानीको ब्यवसायीक उत्पादन गरिरहेका छन् । कोमोलोङ्गमा ग्लेसियर वाटर कम्पनीले कोमोलोङ्गमा आधार शिविर वाट ८० किलोमिटरको दुरीमा रहेको कोमोलोङ्गमा राष्ट्रिय निकुञ्ज बाट पानी वोलतमा भर्ने गर्छ । पामिर एन्सियन्ट ग्लेसीयर वाटर कम्पनीले ताजकीस्तानको छेउमा अवस्थीत पामीर श्रृखलामा रहेको अटा पर्वतको फेदीमा रहेका पानीको मुल वाट पानी प्याकेजीङ्ग गर्ने गर्दछ ।

कर छुट सहितका वित्तिय सुविधा

तिब्बती क्षेत्रको स्वच्छ पानीको श्रोतको फाइदा उठाउने उदेश्यले ब्यपारीहरुको भिडभाड हुन लागे पनि यो त सुरुवात मात्र हो । श्रोत साधनले सम्पन्न धनी औषधी उत्पादकहरु, कन्फेक्सनरीहरु साथै पेट्रोलियम उत्पादक कम्पनी र जैविक प्रविधि लगायतका कम्पनीहरुले यस मौकाको फाइदा उठाउन चाहिरहेका छन ।

पैरवीको रुपमा आयोजना गरिएको “तिब्वतको स्वच्छ पानी विश्व संग वाँडनु पर्छ ” भन्ने शीर्षकको कार्यक्रम अन्र्तगत स्वशासित क्षेत्र सरकारले सन् २०१४को नोभेम्वर महिनामा विभिन्न लगानीकर्ताहरु सँग २.६ अर्व युआन (४०९ मीलियन अमेरीकी डलर) बरावरको सम्झौतामा हस्ताक्षर गरेको थियो । यस्ता सम्झौता गरिएका कम्पनीहरुमा सरकारी स्वामीत्वको पेट्रोलियम पदार्थ उत्पादक कम्पनी सिनोपेक, ब्राइट फुड ग्रुप, चाइना नेसनल गोल्ड ग्रुप र हुवेइ प्रान्तमा अवस्थित संसारको सवैभन्दा ठूलो जलविद्युत केन्द्रको निर्माणकर्ता थ्रि र्गोजेज ग्रुप लगाएतका छन ।

गत वर्ष प्रादेशिक सरकारले यस्ता उद्योगहरुको प्रर्वद्धन गर्नको लागि एक विशेष निकायको गठन गरि २५० मीलीयन युआन अर्थात ३९ मीलीयन अमेरिकी डलरको विकास कोषको स्थापना गरेको थियो । ब्यवसायीक पानी उत्पादक कम्पनीहरुले अहिले नगन्य कर, अयकार छुट तथा कम ब्याजदरमा ऋण जस्ता वित्तिय सुविधाहरु उपभोग गरिरहेका छन् ।

यसरी स्थानीय तथा केन्द्रीय सरकारको सहयोग पाएर पानी उत्पादक कम्पनीहरुको तीव्रतर विकास भएको छ । सन् २०१५को सुरु देखिनै सिनोपेक समूहले तिब्वतमा रहेका आफ्ना २३ हजार पेट्रोल स्टेसन साथै विभिन्न स्टोरहरुवाट चीन भरीनै वोतलवन्द पानीको ब्यापार गर्दे आएको छ । सरकारी तथ्याङ्क अनुसार २०१४ को अन्तसम्ममा तिब्वत स्वशासित क्षेत्रमा स्थापना भएका पानी उद्योगहरुको क्षमता ३० लाख घन मीटर पुगेको थियो जुन लक्ष्य गरिएको ५० लाख घन मीटरको आधा भन्दा वढी हो । तिब्बती सरकारका अनुसार सन् २०१३ को तुलनामा २०१४मा वोतलवन्द पानीको विक्री दोब्वरले वढेर ८३० मीलीयन युआन पुगेको थियो ।

वतावरणीय जोखिम

सरकारले सामाजिक स्थायित्व, वातावरण र सुरक्षा सहितका तीन विषयलाई विकास योजनाहरुको आधार स्तम्भको रुपमा जोड दिए पनि वातावरणीय नीति नियमहरुको विपरीत यस्ता पानी उद्योगहरु तिव्ररुपले विस्तार हुदै गएका छन । चीन साँच्चै नै नदीको मुहान आसपास अवस्थित संरक्षित क्षेत्रहरुमा रहेका श्रोतहरुको दुरुपयोग माथि प्रतिवन्ध लगाउन तथा पानीको श्रोतलाई संरक्षण गर्न प्रतिवद्ध हो भने वोतलवन्द पानी उत्पादनको वातावरणीय प्रभाव एकदमै जोखिमपूर्ण रहेको छ भने नियमन कार्य एकदमै कठिन । किङ्गघाइ –तिब्बती उच्चस्थली चीनको मात्र नभएर दक्षिण पूर्वी तथा दक्षिणी एसियालाई अत्यावश्यक पानीको महत्वपूर्ण स्रोत हो । यसै क्षेत्र वाट एसियाका १० मुख्य नदीहरुको सुरुवात हुन्छ ।

यी नदीहरुमा चीनको पानीको मुख्य मुहान तथा आर्थिक कारोवारको क्षेत्र याङ्गचे र येलो रिभर साथै सीमापार बग्ने नदीहरु लनकाङ्ग ( माथिल्लो मेकोङ्ग), नु (साल्वीन), तथा यारर्लुङ्ग जाङ्गवो (व्रम्हपुत्र) हरु पर्दछन । यस्ता पानीका मुहानहरु अल्पकालीन विकासको लागि भन्दा दिर्घकालीन समृद्धिको हितमा प्रयोग हुनु पर्छ । चिनीयाँ नेतृत्वले जलवायु, पानी तथा उर्जा सुरक्षा आवश्यकता र पानी स्रोतको संरक्षणको आवश्यकता बीचको कठिन सन्तुलनलाई पहिचान गरेका छन् । तरपनि स्थानीय नीति नियमहरु नमिलेका जस्ता देखिन्छन् ।

जलवायु परिवर्तको प्रभावको हिसावमा यो क्षेत्र सवैभन्दा जोखिममा परेको छ । चीनीया विज्ञान प्रतिष्ठानले तिब्बती क्षेत्रमा रहेका हिमनदीहरु गत ३० वर्षमा १५ प्रतिशले खुम्चीएको जनाएको छ । अल्पकालका लागि पग्लिदो हिमनदी भनेको वोतलवन्द पानी उत्पादनको लागि वढ्दो संभावना हो तर दिर्धकालमा यसले नदीहरु सुक्ने र तल्लो क्षेत्रका भुभागहरुका लागि डरलाग्दो परिणाम निम्त्याउँछ ।

एसियाकै पानीको मुहानको रुपमा रहेका उल्लेखित हिमनदी तथा नदीहरु चीनमा अवस्थीत रहेकोले चीनको विकासको प्रभाव पुरै एसिया क्षेत्रको पानी सुरक्षासँग जोडिएको छ । सिमापार वग्ने नदीहरुबाट थप १२४ गीगावाट विद्युत उत्पादन गर्ने चीनको महत्वकांक्षी योजनाको धेरैको चासोको विषय वनेको छ । चाइना वाटर रिस्कको पछिल्लो प्रतिवेदन (Towards a Water & Energy Secure China: Tough Choice Ahead in Power Expansion with Limited Water Resources)मा चीनले उर्जा उत्पादनको वृद्धि सँग सम्बन्धित गम्भीर जोखिमहरुको सामना गर्नु परेको उल्लेख छ । एकातिर कोइलाबाट चल्ने उर्जा उत्पादन केन्द्रहरुले हिमनदी पग्लीने दरमा वृद्धि ल्याउँछ भने अर्कोतीर नविकरणीय हरित उर्जाको रुपमा सिमापार बग्ने नदीहरुमा जलविद्युत केन्द्रको निर्माण गर्दा भू राजनैतिक तनाव वढ्ने संभावना रहन्छ । यदि ब्यवसायीक पानी उत्पादन जथाभावी हुने हो भने यसले नयाँ वातावरणीय समस्या निम्त्याउँछ ।

चीनीयाँ तथ्याङ्क विभागका अनुसार सन् २०१२ मा तिब्बती क्षेत्रमा भएको ब्यवसायीक पानी उत्पादनको अंश चीनमा वार्षिकरुपमा हुने करिव ५ करोड ६० लाख घन मीटर पानी उत्पादनको ०.२ प्रतिशत मात्र थियो । तर बोतलवन्द पानी उद्योगले के कस्ता पर्यावरणीय प्रभावहरु परेका छन् भन्ने तथ्याङ्क भने उपलब्ध छैन । वातावरणीय प्रभाव मुल्याङ्कनको अभ्यास छैन र धेरैजसो कम्पनीहरुले पानीको स्रोत संरक्षण, प्रदुषण नियन्त्रण तथा पानीको उपयोग साथै स्थानीय जनताको लागि हुने लाभको वारेमा विस्तृत विवरण सहितको प्रतिवेदन प्रकाशित गरेका छैनन् ।

तिब्वत ५१०० जस्ता विवरण नवुझाउने कम्पनीहरु के दावी गर्छन भने नदी तथा हिमनदीहरुबाट उनिहरुले निकालेको पानीको परिमाणले नदीहरुको पानी सक्किने हैन । सरकारले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण तथा अनुकुलनको लागि यस क्षेत्रको संरक्षणमा करोडौँ युआन खर्च गर्दै आएको छ र संरक्षीत क्षेत्रमा रहेका हिमनदीहरु खुम्चीने क्रम जारी छ । यस्तो अवस्थामा यस क्षेत्रवाट पानीको ब्यवसायीक उत्पादन गर्नु कत्तिको नीतिसंगत छ भन्ने प्रश्न उठ्छ । उच्चस्थानमा रहेका हिमनदीको मुहानमै मिनरल वाटर उत्पादन गर्न महँगो पनि पर्न जान्छ किनकी नयाँ प्रविधि तथा उत्पादित पानीका वोतलहरुलाई बजार सम्म ल्याउन यातायातको थप खर्च लाग्छ । यातायतले गर्दा हुने कार्वन उत्सर्जनलाई भुल्न हुदैन । तिब्वतको स्थानीय सरकारले पनि पनीका वोतलहरुको निर्यातलाई प्रर्वद्धन गर्ने बताएको छ । चीनले पानी सुरक्षा प्रत्याभुतीको लागि लिएको यो वाटो सहि छ त ? चिनको उत्तरपूर्वी राज्य जिनिन सरकारले पनि मिनरल वाटरको निर्यातमा जोड दिदै आएको छ । याहाँको चाङ्गवैसान (सदा सेतो हिमाल) मिनरल वाटर कम्पनीको उत्पादन क्षमता ५ करोड घन मीटर पुग्ने लक्ष्य छ जसमा १० प्रतिशत निर्यात गरिने छ ।

घट्दो माग ?

तिब्वतको निलो सुनको उपनामले चर्चित त्यहाँको पानीको स्रोतको फाइदा उठाउन मिनरल वाटर कम्पनीहरु तिब्वत पुग्न हतारमा छन् तर केहि पहिल्यै स्थापीत कम्पनीहरु भने बल्ल तल्ल चलेका छन् । सन २०१५को जूलाइ २८ मा चीनमा मिनरल वाटरको सवैभन्दा ठूलो बजार ओगट्ने तिब्वत ५१०० को सेयर हंङ्गकङ्क सेयर वजारमा १२.७ प्रतिसतले गिरावट आयो । यो गिरावट चीनीयाँ रेल्वे संस्थानले आफना यात्रु लाइ निःशुल्क वितरण गर्दै आएको मिनरल वाटरको सेवा वन्द गरेको कारण देखिएको थियो ।

तिब्वत ५१०० ले ५१०० मीटरको उचाइमा रहेको तिब्बती हिमनदी वाट मिनरल वाटर उत्पादन गर्दे आएको छ र यो कम्पनी चीनमा हिमनदीको पानी विक्री वितरण गर्ने पहिलो कम्पनीहरु मध्येको एक हो । सन २०११ देखी जुन २०१५ सम्म यस कम्पनीले चिनीयाँ रेल्वे संस्थानलाई २० करोड लिटर मिनरल वाटर आपूर्ति गरेको थियो । रेल्वे संस्थानले तिब्वत ५१०० संगको संझौता २०१५ जुन देखी नविकरण गर्न सकेन । चीनको रेल्वे क्षेत्रमा भएको भ्रष्टाचार रोक्न यो कदम चालिएको वताइए पनि यसले मिनरल वाटरको मागमा ठूलो गिरावट आएको छ । प्राय जसो तिव्र गतिका रेल सेवाहरुमा निःशुल्क मिनरल वाटर वोतलको सट्टामा खाने पानी सुविधाहरु जडान गरिएको सांघाइ रेल्वेका प्रवत्ताले सञ्चारमाध्यमलाई वताए ।

तिब्वत ५१०० रेल्वे सेवा सँगको सम्झौता २०१३ मा उनिहरुको कुल अम्दानीको १३ प्रतिशत मात्र भएको जनाए पनी सम्झौता नविकरण नहुनाले कम्पनीले ठूलै घाटा ब्योर्होनु परेका छ । रेल्वे संस्थान कम्पनीको सबैभन्दा ठूलो एकल ग्राहक थियो । सन् २००८ देखि २०१० को बीचमा रेल्वे सेवाहरुमा वेचिने १० मध्ये ९ बोतल मिनरल वाटर तिब्वत ५१०० कम्पनीको हुने गर्दथ्यो । यो घटना तेश्रो ध्रुवीय क्षेत्रमा वन्ने नयाँ मिनरल वाटर कम्पनीहरुको लागि चेतावनी हुन सक्छ । सर्वजनीक स्थानहरुमा सार्वजनीक खानेपानीका धाराहरको जडान अनिवार्य भए पछि मिनरल वाटरको मागमा अझ गिरावट आउने सम्भावना देखिएको छ । चाइना वाटर रिस्क र चाइना डायलगले सन २०१५को मार्चमा प्रकाशित गरेको (China’s Long March to Safe Drinking Water) संयुक्त प्रतिवेदनमा उल्लेख भए अनुसार १२ औ पञ्चवर्षीय योजना ( २०११–२०१५ ) अवधिमा चीनले सहरी तथा ग्रमीण भेगमा खानेपानी सुविधा उपलब्ध गराउनको लागि ७ अर्व युआन लगानि गरेको थियो । यो लगानि आगामी योजनाहरुमा अझ वढ्ने देखिएको छ किनकी “पानी प्रदुषण निवारण तथा नियन्त्रण कार्ययोजना” मा राज्य परिषद्ले सरकारको सर्वजनीक पानीको गुणस्तर सुनिस्चितता गर्ने प्रतिवद्धता दोहोरयाएको छ ।

सार्वजनीक खानेपानी प्रणालि पूर्णरुपमा सञ्चालनमा नआउन्जेल मिनरल वाटर खानेपानीको विकल्पको रुपमा प्रयोग हुन सक्छ त? उच्च स्थानमा रहेका हिमनदीको पानी वोतलमा भरेर घर घर पुरयाउन कत्तीको सम्वभव छ ? यस क्रममा पर्यावरणीय मूल्य कति चुकाउनु पर्ने हो ? यस्ता प्रश्नको ’boutमा एसियाकै पानीको मुल रहेको क्षेत्रमा लगानी गर्नु पहिले लगानीकर्ताहरुले गम्भीर भएर सोच्ने वेला भएको छ ।

यो लेख चाइना वाटर रिस्क को प्रतिवेदन “वोटल्ड वाटर इन चाइना – वुम ओर वस्ट”को विस्तारित रुप हो जसको आधार चाइना वाटर रिस्कका होङ्गगीक्याओ लिउको गहन अनुसन्धानमा आधारीत छ । यो प्रतिवेदनमा चीनमा द्रुततर रुपमा विस्तार भएको ब्यवसायीक पानी उत्पादन उद्योगहरुको भौतिक तथा नियमन जोखिमको ’boutमा गहिरो अनुसन्धान गरिएको छ ।

 

3 comments

  1. Pingback: Tíbet se derrite - eju.tv

  2. Pingback: How did Indian rivers fare in 2015? – Ecologise

  3. Pingback: Xinjiang ban on glacier tourism ignores the bigger problem | The Third Pole

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.