उत्तरपूर्वी भारतका बासिन्दा वन फडानी, प्रदूषण, चोरी सिकारी र पर्यटनका असरसँग लडिरहेका छन्। सस्तो वायुसेवा र प्याकेज टुरले सन् १९९० देखि यस क्षेत्रमा पर्यटकको बाढी नै ल्यायो तर त्यसले कञ्चनजंघा नेसनल पार्क र त्यहाँका जीव तथा वनस्पतिमा नराम्रो प्रभाव पा¥यो । विगत १५ वर्षदेखि युक्सोमका समुदायले रूख कटान, प्रदूषण र चोरी सिकारीको समस्या भोग्दै आएका छन् । यसले तिनीहरूको सांग्रिलालाई असर गरिरहेको छ ।

कञ्चनजंघा नेसनल पार्कको उत्तरपूर्वी सीमाबाट म आधिकारिक प्रवेशद्वार रहेको दक्षिणपश्चिम रातोङ उपत्यकास्थित युक्सोम गएको थिएँ । युक्सोम विश्वको तेस्रो अग्लो हिमशिखर पवित्र कञ्चनजंघा (आठ हजार पाँच सय ८६ मिटर) को काखमा छ । एक हजार सात सय ८० मिटरको उचाइमा रहेको यस क्षेत्रले ठूला पात भएका ओक, ब्रिच, मापल, चेस्टनट, मंनोलिया, गुराँस, सिल्भर फिर, अस र अल्डेरका रूखहरूको जंगललाई संरक्षण दिइरहेको छ ।

लेप्चा भाषामा युक्सोमको अर्थ तीनजना विद्वान् लामाको भेटघाट स्थान भन्ने हुन्छ । यी लामाले सिक्किमका पहिलो बौद्ध राजा चोङग्यालको छनोट गरे भन्ने जनश्रुति छ । युक्सोम सिक्किमको पुरानो राजधानी हो । यस गाउँमा १७औं शताब्दीको भग्नावशेषका साथै महान् रिम्पोचे अर्थात पद्मसम्भवको आशीर्वाद प्राप्त पुराना बौद्ध गुम्बा पनि छन् ।

करिब दुई शताब्दीसम्म युक्सोमका बासिन्दा लेप्चा र लिम्बू (घुमन्ते सिकारी र किसान), भुटिया (व्यापारिक समुदाय), क्षेत्री र बाहुन (कृषक) का साथै गुरुङ र मगर (पशुपालक) बौद्ध धर्ममा प्रवेश गरेका थिए । उनीहरू अलैंची र तरकारी खेती गर्दैै, पशु पाल्दै र तान्त्रिक बौद्ध धर्म मान्दै विशाल हिमालयको काखमा बस्दै आएका थिए ।

कञ्चनजंघाको शाब्दिक अर्थ भगवान्को सम्पत्तिको पाँच खानी भन्ने हुन्छ । यस्तो खानी युक्सोमको वरिपरि कहीं गाडिएको विश्वास गरिन्छ । यस हिमालले नेय पेमाथाङ जाने गुप्त बाटो पनि लुकाएको विश्वास गरिन्छ । यस बाटो’bout २१औं शताब्दीको उपयुक्त समयमा उपयुक्त व्यक्तिलाई बताइने जनविश्वास छ ।

भारतले सिक्किम आफूमा गाभेको दुई वर्षपछि सन् १९७५ मा सिक्किम सरकारले आठ सय ५० वर्गकिलोमिटर क्षेत्रफलको नेसनल पार्क’bout जानकारी दियो । पार्कको करिब ९० प्रतिशत भूभाग तीन हजार मिटरभन्दा माथिको उचाइमा पर्छ । यसमध्ये ३४ प्रतिशत भूभाग हिमाल र हिमनदीले ओगटेको छ । यो पार्क लोपोन्मुख हिउँचितुवा, लजालु रातो पान्डा र सर्वाधिक खोजीको कस्तुरी मृगको वासस्थान हो । हिमाली क्षेत्रमा पाइने थारका साथै विभिन्न शाकाहारी र मांसाहारी जीव यस पार्कमा छन् ।

युक्सोममा पहिलो पर्यटकीय लज सन् १९८० मा बन्यो । सन् १९८५ पछि त्यहाँ जाने पर्यटकको संख्या अंकगणितीय हिसाबले बढ्दै गयो । सन् १९९० मा दुई हजार पर्यटकले भ्रमण गरेकोमा सन् २००५ मा सो संख्या चार हजार पाँच सय पुग्यो ।

नेसनल पार्कको प्रवेशद्वारको साथै युक्सोम जोङ्ग्री, थाङ्ग्री, गोइचा ला र कञ्चनजंघा आधार शिविर पुग्ने पैदल मार्गको आरम्भ विन्दु पनि हो। सन् १९९४ मा पदयात्रा नियमावली खुकुलो बनाएपछि कञ्चनजंघा आधार शिविर पुग्ने सजिलो बाटो भएकाले नेपाल र भारतका ट्रेकिङ कम्पनीले विदेशी पदयात्री, कुक र भरियालाई त्यहाँ पठाउन थाले ।

पर्यटकलाई खाना बनाउन, नुहाउने तातोपानी र जाडो भगाउन आगो बाल्न रूख काट्न थालियो । बिस्तारै फोहोरको पहाड थुप्रिँदै गयो । साबुन र तेलले पानीको मुहान र हिमनदी प्रदूषित बन्दै गए । कडा नीतिनियमको अभावमा वनस्पतिको चोरी र चोरी शिकारी बढ्यो अनि नेसनल पार्क खतरामा पर्दै गयो ।

केही अतिक्रमणको विरोध र धेरै युक्सोमको वातावरणप्रतिको चासोका कारण स्थानीय समुदायले सन् १९९७ मा कञ्चनजंघा संरक्षण समिति (कसंस) गठन गरे । यस समितिमा स्थानीय समुदायका सदस्य र प्राकृतिक तथा सांस्कृतिक संसाधन संरक्षणमा सक्रिय पर्यटन व्यवसायी छन् । सिक्किमको वन विभागले यसको समन्वय गरेको छ ।

कसंसले तत्काल चाल्नुपर्ने सम्बोधन गर्नुपर्ने निम्न पक्षको पहिचान गरेको छ— याक र भेडाको अत्यधिक चरन, राथोङ हिमनदीमा हिमाइद्वारा गरिएको विनाश, नेसनल पार्कमा फोहोर व्यवस्थापन, पार्कभित्रको थसोका गाउँ पुनस्र्थापना र पर्यटनबाट स्थानीयलाई बढीभन्दा बढी लाभको सुनिश्चितता ।

‘मैले तीन वर्षमा धेरै कुरा सिकें । एकातिर मानिस युक्सोमको प्राकृतिक सुन्दरताबाट प्रभावित भई यहाँ आइरहेका छन् भने अर्कोतिर प्राकृतिक संरक्षणलाई पर्यटनसँग जोड्ने काम दुईतर्फ धार भएको तरबारजस्तै भएको अनुभव गरेका छौं । राम्रोसँग प्रयोग भएन भने प्रयोगकर्तालाई नोक्सानी पु¥याउन सक्छ । अहिले हाम्रो गाउँका ८० प्रतिशत घरधुरी कुनै न कुनै प्रकारले पर्यटनसँग जोडिएका छन् । मलाई थाहा छ, वनविनाशले पहिरो, बाढीजस्ता प्राकृतिक प्रकोप निम्त्याउँछ । यसबाट हाम्रा मानिसले दुःख पाउँछन् । हामीले जैविक विविधता र बढ्दो पर्यटन उद्योगलाई जोगाउन सकेनौं भने हामीसँग केही हुनेछैन, यति कुरा मैले बुझें’, कसंसका प्रमुख कार्यकारी तथा कोषाध्यक्ष छिरिङ उदेनले भने ।

सन् १९९५ मा पहिलोपटक युक्सोमका मानिसको जीवनमा जलवायु परिवर्तनको असरले प्रवेश पायो । यससम्बन्धी समाचार थियो— राथोङ हिमनदी साँघुरिन थाल्यो र दुधपोखरी हिमालमा हिउँ घट्दै गएको स्थानीय व्यक्तिले देखे ।

यसैबीच अधिकांश भारतीय सस्ता विमान सेवा र प्याकेज टुरमा रमाइरहेका थिए । सन् १९९९ पछि धेरै भारतीय पर्यटक कञ्चनजंघाको मनमोहक दृश्य हेर्न ताछिदिङ गुम्बा जाने बाटोमा पर्ने युक्सोमनजिकको पेलिङजस्ता स्थानमा पुग्न थाले । पर्यटन व्यवसाय युक्सोम र उदेनको स्पस्ट अनि तत्कालीन खतराका रूपमा देखियो ।

कसंसको पहिलो कदम पदयात्रामा पर्यावरणको व्यवस्थापन गर्न सिकाउन भरियाका लागि हाते किताब निकाल्ने थियो । यो हाते किताब भरिया र सहायकका लागि नेपाली, हिन्दी र स्थानीय भाषामा प्रकाशन भएको थियो । यसमा संरक्षणको महत्त्व, फोहोर व्यवस्थापनदेखि चरा पहिचान गर्ने विधि र महत्त्वपूर्ण जीव तथा वनस्पतिको जानकारी समेटिएको थियो । यो पुस्तिका भरिया समुदायमा लोकप्रिय भयो ।

समितिले याक र भेडाको स्थायी बासस्थान हटाउनुका साथै एचएमआईसँग मिलेर कञ्चनजंघा नेसनल पार्कमा दाउराको प्रयोगमा रोक लगायो । उसले ३० वर्षअगाडिदेखि थुप्रिएको फोहोर हटायो, ट्रेनिङ कोर्समा सहभागी र कोर्सको संख्या निकै घटायो अनि युक्सोममा प्रशिक्षार्र्थीलाई वातावरणीय अनुशिक्षण अनिवार्य बनायो । यस कदमले दाउराका लागि उच्चपहाडी झारपात र रूखको कटान, जडीबुटीमा अत्यधिक चरन र पार्कमा फोहोर फाल्न अन्त्य भयो ।

मैले सन् २०१२ को मेमा कञ्चनजंघा नेसनल पार्क भ्रमण गर्दा कसंसकी रिसेप्सनिस्ट डोमा छिरिङ लेप्चाले स्वयंसेवकका रूपमा पदयात्रीको फोहोरसम्बन्धी फर्म भरिरहेको पाएँ ।

प्रवेशद्वारमा ठूला आठवटा फोहोर फाल्ने भाँडा राखिएका थिए । नजिकै छुट्टाउने र पुनः प्रयोग गर्न सकिने फोहोर राखिएको थियो । उदेनले मलाई फोहोर पुनःप्रयोग केन्द्र देखाए । ‘कोषको कमीले क्षमताको राम्रो प्रयोग गर्न सकेका छैनौं तर हामीले दुईजना कर्मचारी फोहोर छुट्टाउने, पुनः प्रयोग गर्ने र कागज बनाउने काममा लगाएका छौं’, उनले भने। यहाँ प्रभावित हुन कठिन थिएन किनकि काम गर्ने जाँगर भएका राम्रा केही मानिसको सहयोगमा कसंसले  १५ वर्षमा व्यावहारिक र कडा सोचका साथ दिगो पर्यटन कार्यक्रम चलाइरहेको थियो ।

‘कञ्चनजंघा हाम्रा मुख्य देवता हुन् । यो स्थानको ठूलो दैवी महत्त्व छ । यहाँ जन्मन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु । हिमालको पवित्रता कायम गर्न सकेकोमा खुसी छु । मेरो परिवार र युक्सोमका सबैलाई थाहा छ, भगवान्कै कारण यो सजिलो छ । सबैजना मिलेर हामीले सोचेको भन्दा राम्रो गरिरहेका छौं’, मधुर मुस्कानका साथ उदेनले आफ्नो भनाइ टुंग्याए ।

सन् २०११ को भूकम्पपछि पनि प्रत्येक दिन पर्यटक आइरहेका छन् । जोङ्ग्री पदयात्रा मार्गलाई १६ भागमा विभाजन गरी एक सय ८४ किलोमिटर लामो विश्वस्तरीय पदयात्रा मार्ग बनाउने काम भइरहेको छ । तर, युक्सोमको क्षमता विकास नगरेसम्म भारतीय पर्यटकको विद्यमान बाढीले त्यो अद्वितीय सम्पदामा नोक्सानी पु¥याउनेछ । अहिले नै गान्तोक दार्जिलिङजस्तै पर्वतीय झुप्रे बस्तीजस्तो भइसकेको छ ।

युक्सोममा अन्तिम दिन म सिक्किमको सबैभन्दा पुरानो गुम्बा हुङ्री गुम्बा जाने क्रममा नेसनल पार्कको सीमानजिकै मैले एउटा खोलामा आफ्नो तिर्खा मेटें र बोतलमा पानी भरें । अब पृथ्वीमा यस्ता ठाउँ केहीमात्र छन् जहाँ प्राकृतिक शुद्ध पानी सित्तैमा पाइन्छ ।

0 comments

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.