तिव्वतमा उत्खनन् गरीरहेको खनिजपदार्थको मूल्य र मात्राको विश्लेषण गर्दै यसको वातावरणीय र सामाजीक प्रभाव निकै धेरै रहेको बताएका छन्। उनले विश्व वातावरणमा तिब्वती पठारको महत्व र खनीज उत्खननले क्षेत्रीय नदी रे तल्लोवहाव क्षेत्रमा रहेका देशहरुमा परीरहेको प्रभावका ’boutमा दि थर्ड पोल  सँग गरेको कराकानी।

दि थर्ड पोल ः तिब्वती पठार किन विशेष महत्वको छ ?

गाब्रियल लफितः के मैले अर्को प्रश्नसहित फरक कोणबाट जवाफ दिन सक्छु ? खनिज तेलको औधोगिक उत्सर्जनले जलवायुमा प्रभाव पार्छ भन्ने सोच आउन किन शताव्दीऔं लाग्यो ? राष्ट््रसंघीय वैज्ञानीक निकाय इन्टर गर्भन्मेन्टल प्यानल अन क्लाईमेट चेन्ज (आईपिसिसि) का प्रतिवेदनहरु आइसकेपछि पनि, यहाँं धेरै मानिस छन जो  इन्धनका्े बढी मात्रामा खपत भएका कारण पृथ्वीको जलवायुमा प्रभाव पार्न सक्नेमा शंका गर्छन । संयुक्त राष्ट्रसंघले सन् १९८८ मा आईपिसिसि बनायो, जुनबेला सबै क्षेत्रिय जलवायु प्रणालीहरुको अन्तरसम्वन्ध र कार्बन डाइअक्साइड जस्ता हरीतगृह ग्यास  बढीरहेको वैज्ञानिकरुपमा प्रमाणित भएको थियो । भmण्डै पस्चिम युरोपको आकारको पठारलाई उनीहरुले आफ्नो घुमन्ते जीवनशैलीबाट हजारौ वर्ष व्यवस्थित गरिरहेका थिए । तारबार रहित ठुलो पठारमा जंगली र घरपालुवा जनावर स्वतन्त्ररुपमा घुलमिल हुन्थे, सबैका लागि ठाउँ थियो । शिकार गर्नु राम्रो होइन भन्ने बौद्ध लामाको नियमित प्रवचन अलावा अरु केही नगरेपनि जैविक विविधता थियो ।आफ्नो भुमी खनिजका लागि धनी छ भन्ने तिब्बतीहरुलाई थाहा थियो, तर जगत जननीलाई बाधा नपुरयाइ बुद्धिमत्तापूर्ण उत्खनन गर्थे । उच्च पठार विभिन्न नदीहरुको उदगम स्थल हो र त्यहाबाट बगेका नदीले तल्लो तटमा बसोवबास र्गने ठुलो जनसंख्यालाइ  पानी पुर्याइरहेको तिव्वतीहरुलाइ थाहा थियो ।

खासमा भन्ने हो भने केही नगरी ’emले वातावरणीय सेवा पुर्याइरहेका थिए, अत्याधिक चरन हुन नदिन ’em वस्तुभाउसँंगै घुमन्ते जीवन बिताउथे । वातावरणसँंग घुलमिल हुने, अनिस्चित कष्टकर जीवन जीउने कला, चरन व्यवस्थापनमा लचकताका साथै जोखिम व्यवस्थापन गर्न सक्ने शीपले तिब्बती पठारलाई मानिसको बसोबास योग्य बनाएको थियो । दैनिक जीवनको अनुभवबाट उनीहरुले जलवायु पृथ्वीको घुमाईमा आधारित हुने विज्ञान बुझेका थिए ।

दि थर्ड पोल ः वास्तवमा, तिब्बती पठारको फैलावट हेर्दा केही खानीले ठूलो प्रभाव पार्ने देखिदैन नी होइन?

गाब्रियल लफितः तिब्वतीले जोगाएर राखेको सबै वातावरणीय पक्ष खतरामा छन् । जथाभावी जमीनको प्रयोग गरी आवश्यकताभन्दा बढी पूँजी निर्माण, प्रविधीको प्रयोग र प्राकृतिक स्रोत दोहनका लागि श्रमिक आवास निर्माण, ठूलोसंख्यामा वस्तुभाउ उत्पादन वा पर्यटक आर्कषित गर्दा ठूलो क्षेत्र उजाड बनेको छ । तिब्वती पठारमा खनिज उत्खनन्मा लगानी बढीरहेको छ यसले ठूलो संख्यामा पुर्वाधार निर्माण बढाएको छ । नाफाको कुरा गर्दा, तिब्बतमा आठकरोड टन तामा र दुईहजार टन सुन निकाल्न सकिने खानी रहेको चिनिया भौगर्भिक टोलीको भनाई छ । यसले तिब्वतलाई झण्डै विश्वको सबैभन्दा ठूलो तामा उत्पादक चिलीको हाराहारीमा उभ्याउछ, सरकारी लागनीमा बनेका सडक, रेल, सञ्चार, जलविद्युत, पाइपलाईन र शहरी पुर्वाधारबाट फाइदा लिइरहेको चीनले दशकौसम्म तिब्बती खानी उत्खन गर्ने योजना बनाएको छ ।

तामाको बिक्रीबाट चीनको सरकारी खनीज उत्खनन कम्पनीले ६ सय १७ अर्ब राजश्व उठाउनेछ, उत्खननका लागि राजश्वको आधा पनि खर्च लाग्ने छैन र सुनबाट थप एकसय ६ अर्ब राजश्व उठनेछ ।फलस्वरुप तिब्वतको कायापलट हुनेछ । तामा÷सुन खानीमा चाँंदी, सिसा, जिंक र मोलिबडेनम पनि रहेको हुन्छ, ति सबै वस्तुको माग छ र एकैपटक निकालिने छन् । यसैबीच कम श्रम मूल्य, स्थानिय बाँधबाट निकालिएको अत्याधिक जलविद्युत, सहज वातावरण कानुन र ताजा तिव्बती कच्चा पदार्थका कारण विश्वका उद्योगहरु चीनको सामुन्द्रिक तटबाट भीत्री भागमा स्थानन्तरण हुनेछन्् । विश्वका ठुला कम्पनीmलाई आर्कषित गर्दै चो¨क्विन र चेन्दु उत्पादन क्षेत्रको रुपमा उदाउने छन् । यो तपाईको नयाँं स्मार्टफोन वा ट्याब्लेट तिब्वती लिथियमबाट चल्न थाल्नुभन्दा पहिले हुनेछ ।

दि थर्ड पोल ः तपाई ठूला खानीको कुरा गर्दै हुनुहुन्छ, तर, तिव्बतमा खानी उत्खनन पुरानो कथा होइन र ?

गाब्रियल लफितः तिब्वतमा खानी उत्खनन नयाँं कुरा होइन, तर  अघील्ला दुई दशकमा उत्खननको तिब्रता, स्तर र त्यसमा भएको लगानी धेरै  बढेको छ।  प्रायः स्थानिय सरकारको लगानीको खानीज कम्पनीले जानकारी नै नदिई माछा र चराको प्रजननस्थल भत्काएर नदिको भीत्रीभाग र चरन क्षेत्रबाट सुन निकाल्थे । तिब्वतीहरुले संरक्षण गरेको स्थानबाट सुन निकालिदाँ ’em दशकौंसम्म मुकदर्शन थिए, विरोध गर्न सक्दैनथे, विरोध गरे चीन विरोधीको तक्मा लगाइन्थ्यो । यसको अर्थ ’emलाई गैरसरकारी संस्था बनाउन वा सार्वजनिकरुपमा बोल्न बन्देज थियो । तिब्बतीहरुले चाहे पनि तिब्वतमा संगठित वातावरणीय अभियान थिएन । ’cause यो राजनीतिकरुपमा सम्भव थिएन । अहिले पनि तिब्बतीको लागि अरुले बोल्नु पर्ने अवस्था छ । धेरै तिब्वती वातावरणवादी कारागारमा छन् ।

दि थर्ड पोलः तिब्वतभन्दा तल बस्ने मानिसहरुलाई खानी उत्खननले प्रभाव पार्छ ?

गाब्रियल लफितः भौगोलिकरुपमा तिब्बत युवा भुमी हो । त्यहाँ कमजोर पथ्थर छन्, भुकम्पको जोखिम छ र भुक्षयले नदि अवरुद्ध भइ त्यसपछि आकस्मिक बाढी आउने बढी संभावना हुन्छ। पृथ्वीको तल्लो सतहमा हुने पथ्थरको पत्र तिब्वतमा माथि नै छ र त्यसमा आर्सेनिक जस्तो तत्व पाइन्छ जुन बंगलादेशमा इनारको पानीमा भेटिन्छ ।  तिब्वतका नदिमा विषक्त धातु प्राकृतिकरुपमै पाइन्छ, त्यस्तै खानीबाट निस्कने फोहर नदिमा मिसिन्छ र सधैका लागि तल्लोभागमा पुग्छ ।  वातावरणीय कानुनको उलंघनका घटना प्रसस्त भएका कारण नयाँ उत्खननकर्ताले फोहरको सुरक्षित व्यवस्थापन गर्लान भन्नेमा तीव्वतीहरु विश्वस्थ छैनन् । दशकौं अगाडिको फोहर त्यसै फालिएको छ । हिमाल चिरेर नदि बगेका छन्, मनसुनको बादल हिमाल पारी पुग्छ र मानिसले सधै हिमाल पार गर्दै आएका छन् । ी तिब्वतका खानी उत्खनन कारण दक्षिण एशिया धेरै किसिमले प्रभावित हुनेछ।, चरनमा प्रतिवन्ध नीतिले धेरै ठाँउ उजाड बन्नेछ, स्थानीयको प्रतिरोध नभएपछि धेरै उत्खननकर्ता त्यहाँ आउने छन् ।

भारतले आफुलाई पाकिस्तान र बंगलादेशको माथिल्लो वहाव क्षेत्र मान्छ तर भारत तिव्बतको तल्लो बहावमा छ र तिब्वतमा बन्ने जलविद्युत बाँधबाट भारत सचेत हुनै पर्छ । भारतले तल्लोवहाव क्षेत्रमा भएको असहजता भर्खर बुझिरहेको छ, र अझ हिमालपारीबाट आउने नदिबाट जलविद्युत निकाल्ने महत्वकांक्षा बोकेको छ ।

दि थर्ड पोल ः खानी उत्खननले तिव्बतलाई बर्बाद पारिसकेको छ ?

गाब्रियल लफितः अहिलेसम्म त्यस्तो भनीहाल्ने अवस्था छैन्, तर त्यो दिशामा दु्रतगतीमा काम भइरहेको छ ।साना खानी वातावरणको हिसावले धेरै विनाशकारी थिए, तर तिनको प्रभाव निकै कम थियो । नयाँ ठूला खानी उत्खनन शेतोङमोन, ग्यामा र योलुङमा सुरु हुने क्रममा छन्, जसले राज्यको स्वामित्वका कम्पनीलाई धेरै सम्पत्ति जोडिदिनेछन् । ’emमा वस्तु मूल्य श्रृंखला अन्र्तगत कार र कम्प्युटर निर्माण गरी तिब्बतलाई विश्व अर्थतन्त्रसँग जोडने सामर्थ छ, ति निर्यात हुनेछन् र विश्व समुदायले यसलाई खरिद गर्ने छन् । नयाँं खानी दीर्घकालीन ठूलो फाइदाका लागि स्थापना भएका हुन, तिनले आप्रवासीको नयाँं हुललाई आर्कषित गर्नेछन् र यसले जमिनको उपभोगलाई अझ बढाउने छ ।तिब्वतको भुभागले जमीनको गहन प्रयोग सहन गर्न सक्दैन । तिब्वती पठारले अधिक चरनका कारण विनाश सुरु हुनुभन्दा अगाडि नै ठाँउ फेर्ने घुमन्ते चरन जस्तो जमिनको विस्तारीत उपभोगलाई मात्र सहजै ग्रहण गर्न सक्छ ।

लामो कठाग्रिने हिउदका कारण विनाश एकपटक सुरुभएपछि सबै रैथाने वनस्पति नस्ट हुन्छन र त्यसलाई रोक्न निकै कठिन हुनेछ । बढदै गइरहेको विनाश, घुमन्तेलाई ’emको चरनबाट बहिस्कृत गर्ने, अस्थायी चरन प्रतिवन्धको बिरोध हुन नसक्नु, जमिनको स्वामित्व र खाद्य सुरक्षाको समाप्ति सबैले जमिनलाई बन्जर बनाउने छन्, चरन क्षेत्र मरुभुमी बन्नेछ, गहन खेतीको प्रयास शहर, खानी र राजमार्ग वरिपरीको क्षेत्रमा मात्र केन्द्रित हुनेछ । यो चुनौती तिब्बतको लागि मात्र होइन, यो तिब्वतबाट बगेर आएको पानी खाने एशियाका एक अर्ब मानिसलाइ समेत हो ।

4 comments

  1. Pingback: The Third Pole: Mining in Tibet Threatens Asia's Rivers - China Digital Times (CDT)

  2. Pingback: The Dispossession of Tibet’s Nomads » CounterPunch: Tells the Facts, Names the Names

  3. Pingback: Life’s Higher Purpose |

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.